भीम गौतम
शुक्रवार, आश्विन २६, २०७५
3786

विद्युत् ट्रान्सफर्मर विदेशमा निर्यात गर्दै आएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले पावर ट्रान्सफर्मर उत्पादन सुरु गरेको छ । हालसम्म भारत, चीनलगायतका मुलुकबाट पावर ट्रान्सफर्मर आयात भइरहे पनि अब निकले नेपालमै उत्पादन सुरु गरेको हो । २६ वर्षअघि स्थापना भएको निक नेपाल र थाइल्यान्डका संयुक्त लगानीको कम्पनी हो ।विद्युत् ट्रान्सफर्मर विदेशमा निर्यात गर्दै आएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले पावर ट्रान्सफर्मर उत्पादन सुरु गरेको छ ।
हालसम्म भारत, चीनलगायतका मुलुकबाट पावर ट्रान्सफर्मर आयात भइरहे पनि अब निकले नेपालमै उत्पादन सुरु गरेको हो । २६ वर्षअघि स्थापना भएको निक नेपाल र थाइल्यान्डका संयुक्त लगानीको कम्पनी हो ।१० एमभीएका ४० पावर ट्रान्सफर्मर उत्पादन गरी बिक्री भइसकेको जानकारी दिँदै नेपाल इकरातका प्रबन्ध निर्देशक कुशकुमार जोशीले कम्पनीले वार्षिक २ सय वटासम्म यस्ता उपकरण उत्पादन गर्ने क्षमता रहेको बताए । उनका अनुसार एउटा पावर ट्रान्सफर्मरको करिब डेढ करोड रुपैयाँ पर्छ । नेपालले हाल वार्षिक रूपमा ३ अर्ब रूपैयाँ बराबरको २ सय पावर ट्रान्सफर्मर आयात गर्दै आएको छ । इकरातले तेल नभएको, नजल्ने र नपड्कने तथा भवनभित्रनै जडान गर्न सकिने बढी सुरक्षित ड्राइ टाइपको ट्रान्सफर्मर समेत उत्पादनका लागि स्पेनको आईएमईएफवाई कम्पनीसँग सहकार्य गर्न लागेको प्रबन्ध निर्देशक जोशीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा विदेशमा विशेषगरी सुपर मार्केट र भवनहरूमा ड्राइ टाइपको ट्रान्सफर्मर राख्ने गरेको र नेपालमा समेत त्यो क्रम सुरु भएकोले सहकार्य गरी नेपालको आवश्यकता स्वदेशी उत्पादनमै पूरा गर्न लागेको जानकारी दिए । यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गर्नुपर्ने भएकोले यसको प्रकृया अघि बढेको कम्पनीले जनाएको छ । वार्षिक २ हजार थान ट्रान्सफरमर उत्पादन गर्दै आएको कम्पनीले हाल २ हजार थान उत्पादन गर्दै आएको छ भने यसलाई विस्तार गरी ६ हजार पु¥याउन लागिएको कम्पनीले जानकारी दियो । स्वदेशी उत्पादन प्रयोगका लागि सार्वजनिक खरिद ऐनमा रहेको केही समस्याको कारण नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समयमा जलविद्युत् आयोजना, सामुदायिक विद्युतीकरण, टेलिकम, स्कुल, सिमेन्ट, डण्डी उद्योग, हाउजिङ र अस्पतालमा ट्रान्सफर्मरको माग बढेको जोशीले जानकारी दिए । “विदेशबाट ट्रान्सफर्मर ल्याउँदा लाग्ने समय, डलरको भाऊ लगायतको कारण महँगो छ तर नेपालमा पहिला राष्ट्रिय वोलपत्र आह्वान गरेर नेपाली मुद्रामा हाल्ने नआएमा मात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्ने भएपनि ढिलो हुने भन्दै एकैपटक अन्तर्राष्ट्रिय टेन्डर गरिन्छ,” उनले भने, “प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले स्वदेशी उत्पादनलाई जोड दिने, व्यापार घाटा कम गर्ने भन्नुहुन्छ तर व्यवहारमा त्यो देखिएको छैन ।”पहिला भुटानमा विद्युतीकरणको कार्य सम्पन्न भएसम्मको अवधिमा वार्षिक रूपमा  विभिन्न क्षमताको ४ हजार ट्रान्सफरमर भुटानमा निर्यात गरेको कम्पनीले हाल भने वार्षिक २०० थान ट्रान्सफरमर निर्यात गर्दै आएको छ । कम्पनीले भोल्टेज ड्रपको समस्यालाई दृष्टिगत गरी स्टेफलाइजर समेत उत्पादन गर्दै आएको जनाएको छ ।