कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६

गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका सांसद लेखबहादुर थापा र रामशरण बस्नेतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको चार करोड रुपैयाँको योजना छनोट गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत गोरखा क्षेत्र नम्बर १ को प्रदेश ‘क’ का सांसद लेखबहादुर थापाले १ लाखदेखि २५ लाख रुपैयाँसम्मका २५ वटा योजनामा बजेट विनियोजन गरेका छन् ।

122
केशव समर्पण
मंगलबार, मंसिर ३, २०७६

मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–६ बाङराङमा हाइड्रोमार्फत् बिजुली उत्पादन गरी स्थानीयलाई विद्युत् सेवा उपलब्ध गराइएको छ । नौ किलोवाट क्षमताको पिको हाइड्रो पावरबाट गाउँमा बिजुली पुगेपछि बाङराङका करिब सय घर परिवारमा खुसीयाली छाएको छ । स्थानीय क्षेत्रमा रहेको डिङना खोलाबाट निकालिएको विद्युत परियोजनाको राक्सिराङ गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष सिंगलाल प्रजाले उद्घाटन गरेका हुन् ।

154
कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६

राष्ट्रिय प्रणालीमा ६० मेगावाट विद्युत् थप भएको छ । रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेपछि राष्ट्रिय प्रणालीमा ६० मेगावाट विद्युत् थप भएको हो ।

237
रासस
सोमवार, मंसिर २, २०७६

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले तीन करोड ५० लाख रुपैयाँको लागतमा यस वर्ष १७ वटा डिप ट्युबवेल जडान गरी विभिन्न स्थानमा सिँचाइ सुविधा पु-याएको छ ।

110
रासस
सोमवार, मंसिर २, २०७६

गत चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको र सोमबार औपचारिकरूपमा उद्घाटनको कार्यक्रम तय गरिएको जानकारी दिए ।

96
कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

116
रासस
सोमवार, मंसिर २, २०७६

एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् । नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विकास निर्माणका योजना कार्यान्वयनमा ल्याइन लागेको हो ।

173
भीम गौतम
सोमवार, मंसिर २, २०७६

२०६५ सालमा पहिलोपटक तत्कालीन जलस्रोत मन्त्रालयले विद्युत् विधेयक तयार गरेको थियो । विधेयक तयार भएपछि संसद्को प्राकृतिक स्रोत, साधन समितिदेखि कृषि तथा जलस्रोत समितिमा पटकपटक छलफलमात्र भएन, यसलाई तुरुन्तै ल्याउन निर्देशन पनि दिइयो । तर, हालसम्म पनि यो ऐन आउन सकेको छैन ।

146
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो ।

366
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

जिल्लाको पर्यटकीय सम्भावना बोकेको विकट र दुर्गम क्षेत्रमा पर्ने बगर गाउँमा सोलारबाट विद्युतीकरण गरिएको छ । धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरेर विद्युतीकरण गरिएको हो । ७५ लाख रुपैयाँका लागतमा निर्माण भएको योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ घरधुरीमा सोलारबाट बिजुली विस्तार गरिएको वडासदस्य बमबहादुर पुनले जानकारी दिए ।

212
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

नेपालमा भूकम्प पश्चातको पुननिर्माणमा भारत सरकारको प्रयास स्वरुप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरुका लागि युएनडिपीले भारतमा कात्तिक २६ देखि ३० गते सम्म परिचयात्मक भ्रमणको आयोजना गरेको थियो । “भुज भूकम्प पुननिर्माण अनुभव”बाट सिक्न जनप्रतिनिधिहरुका लागि युएनडिपीको साझेदारको रुपमा रहेको ओडिआरसीले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो ।

216
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

खानेपानीको समस्यामा अल्झिएका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् । खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासीलाई पिठ्यूँमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ–७ का वडाध्यक्ष पाण्डुकुमार थापाले बताए

149
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा भएका फलामखानीको सम्भाव्यता अध्ययन गर्ने घोषणाबमोजिम तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । खानी तथा भू–गर्भ विभागबाट आएको चार जनाको टोलीले खानीको सम्भाव्यता अध्ययन सुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् ।

209
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

दोलखाका ३ वटा सडक स्तरोन्नतीसहित कालोपत्रे हुने भएको छ । प्रदेश–३ अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दोलखाका थप ३ सडकलाई स्तरोन्नती गरेर कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो ।

2313
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

गतवर्ष प्रति किलो ५० रुपैयाँमा सुन्तला बेचेका गर्भाका किसान गणेश चन्दले यसवर्ष बगानबाटै प्रतिकिलो ८५ रुपैयाँमा सुन्तला बेचेका छन् । वडा कार्यालय रहेको गर्भा दरबारसम्म मोटरबाटो पुगेपछि चुरे गाउँपालिका–४ गर्भा दरबारका किसानले यसवर्ष सुन्तलाको मूल्य राम्रो पाएका हुन् । गत वर्ष डोकोमा बोकेर चौमाला पु¥याउँदा प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बेचेका खैरालाका किसानले यसपाली बगानबाटै प्रतिकिलो ८५ रुपैयाँका दरले बेचिरहेका छन् ।

196