रजनी श्रेष्ठ
आइतवार, भदौ १५, २०७६
1951

नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले  जानकारी दिए । 

उनका अनुशार पहिले एकजनालाई पक्राउ गरे पश्च्यात थप चार जनालाई दरबारमार्गबाट पक्राउ गरिएको छ  । 
पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी परिसरले दिउसो पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी गरेको छ ।  अधिकांश बैंकका एटीएम सेवा तत्कालका लागि बन्द गरिएको छ  । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ ।