कारोबार संवाददाता
बुधवार, असार १८, २०७६
1508

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई चार लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट गएको टोलीले इन्जिनियर मोहम्मदलाई पुतलीबजार–१ स्थित इग्लिस बोर्डिङ स्कूल नजिकबाट पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई चार लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट गएको टोलीले इन्जिनियर मोहम्मदलाई पुतलीबजार–१ स्थित इग्लिस बोर्डिङ स्कूल नजिकबाट पक्राउ गरेको हो । आरोपी मोहम्मदको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै दुई वटा भारतीय मोटरसाइलकलाई छुटाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीलाई १० हजार घूस दिन खोज्ने मर्चवारी गाँउपालिका–१ बस्ने रामराज यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार यादवले भारतीय अनुसनधानमा रहेको भारतीय मोटरसाइलक छुटाइदिने बहानामा प्रहरीलाई घूस दिन खोजेका थिए । आरोपी यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको भए पनि आयोगले आज जानकारी दिएको हो । यस्तै आयोगले राष्ट्रिय माध्यामिक विद्यालय लकडमणि कैलालीका पूर्व प्रधानाध्यापक लालकुमार झासमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०६६÷६७ देखि २०७०÷७१ मा प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ ।आयोगले प्रधानाध्यापक लालकुमार झाविरुद्ध दुई लाख ५९ हजार ४८२, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहुप्रसाद डगौराले दुई लाख १० हजार २५२ र सोही विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पवनकुमार महत्तोले ६३ हजार २३० बराबरको भ्रष्टाचार गरेको अध्ययनबाट फेला परेको आयोगले जनाएको छ ।उता, घूस लिएको आरोपमा शिक्षाका सब–इञ्जिनीयर पक्राउ पक्राउ परेका छन् । विद्यालयको भवन निर्माणका क्रममा घूस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकमा कार्यरत सब–इञ्जिनीयरसहित दुई जनालाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी उपरीक्षकको नेतृत्वमा आएको टोलीले सब–इञ्जिनीयर धनवीर भगत र उनका सहयोगी शिक्षाकै पूर्वकर्मचारी सब–इञ्जिनीयर निरजकुमार चौधरीलाई कार्यालयबाटै मंगलबार दिउँसो पक्राउ गरेको हो ।आयोगका प्रवक्ता प्रदीप कोइरालाले काभ्रेपलाञ्चोकको एक विद्यालयमर्मत सम्पन्न भएपछि कागजात मिलाउन विद्यालय व्यवस्थापन समितिबाट एक लाख ५० हजार घुस लिएको आरोपमा भगत र चौधरीलाई शिक्षा विकास तथा समन्वय एकाइ धुलिखेलबाट पक्राउ गरिएको बताए । शिक्षा विभाग सानो ठिमीमा कार्यरत भगत केही महीनादेखि मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाको विद्यालय मर्मतको जिम्मेवारीमा काम गर्दै आएका थिए । भगतले घुस नलिई काम नगरेको भन्ने गुनासो आयोगमा आएपछि अनुसन्धान तथा पक्राउ गर्न प्रहरी उपरीक्षको नेतृत्वमा आयोग टोली धुलिखेल पठाइएको प्रवक्ता कोइरालाले बताए । भगतले चौधरीमार्फत घुस रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोग टोलीका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार भगतले सोमबार काठमाडौँस्थित एक बैंकमा घुस वापतको रकम जम्मा गर्न लगाएका थिए । बैंकमा रकम जम्मा भएको भौचरसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।