कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

सर्वोच्च अदालतको आदेशपछि सोलुखुम्बु दुभिङका आरोही ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा आरोहण गर्ने ‘तीव्र आरोही’ बन्न सफल भएका छन् । उनी सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेन्डमा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राख्न सफल भएका हुन् ।

553
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

मस्र्याङ्दी, दोर्दी, न्यादी र मिदिम कोरीडोरमा दर्जनभन्दा बढी साना तथा ठूला जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेका पनि छन् । जलविद्युत्का लागि नमूना जिल्लाको रूपमा चिनिए पनि सदरमुकाम बेसीशहरसँगै रहेको चेपाङ बस्ती भने बर्षौदेखि विद्युत्विहिन बन्दै आएको छ । यहाँ १४ घर चेपाङ समुदायका रहेका छन् ।

805
रासस
आइतवार, कार्तिक २५, २०७५

मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।

976
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् ।

629
कृष्ण न्यौपाने
आइतवार, कार्तिक २५, २०७५

व्यास नगरपालिकालाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । नगरपालिकाले आइतबारदेखि व्यास नगरपालिका–३ स्थित सफासडकलाई पार्किङ निषेध गर्ने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन सकेन ।

937
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

पश्चिम तराईका ५ जिल्लाबाट उद्धार गरिएका मुक्त कमलरीहरु मध्ये अधिकांशले प्राविधिक शिक्षा र विभिन्न सीपमूलक तालिम लिएर रोजगारीमा संलग्न रहेको पाईएको छ ।

838
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

नेपालगन्जस्थित रानी तलाउको करिब डेढ दशकपछि पुनर्निर्माण गरेर बोटिङ बिहार सुरु गरिएको छ । २०५८ सालबाट रानी तलाउको संरक्षण, संवद्र्धन हुन छाडेको थियो ।

908
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका एक व्यक्ति न विदेश पलायन, न कुनै जागिर न त उद्योग व्यवसाय सञ्चालन गरेर करोडपति बनेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्की विदेशी भूमिमा होइन आफ्नै खेत खलोको माटोमा मेहनतका पसिना बगाउँदै करोडपति बन्न सफल भएका छन् ।

749
दीननाथ बराल
आइतवार, कार्तिक २५, २०७५

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सामाजिक सदभावले समाजमा समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल संवत ११३९ को अवसरमा नेवा खलः कास्कीले बिहीबार पोखरामा आयोजना गरेको भिन्तुना ¥यालीको समापन समारोहमा बोल्दै मेयर जिसीले नेपाल बहुजातिको बसोबास भएकोले सबै जातजाति बीचको आपसी सदभाव कायम हुन सकेमात्र देशको समृद्धि हासिल गर्न सकिन बताएका हुन् ।

675
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

दु्रतमार्ग निर्माणका क्रममा बारा, मकवानपुरलगायतका जिल्लामा काटिएका काठ राज्यले समयमै व्यवस्थापन नगर्दा कुहिन थालेको छ । सेनाले काठमाडौं–निजगढ दु्रतमार्गमा काटेका काठ त्यतिकै कुहिएर जान थालेको हो ।

663
रासस
आइतवार, कार्तिक २५, २०७५

परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । ६ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन ।

623
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

सम्झौता सकिन करिब ९ महिनामात्र बाँकी हुँदा बाँकेमा निमार्णाधीन हुलाकी सडकको ६० प्रतिशत निर्माणको काम अझै अलपत्र परेको छ ।

599
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

भूकम्पबाट क्षतिग्रस्त बनेका ओखलढुंगाका ६ वटा सरकारी कार्यालयको भवन पुनर्निर्माण थालिएको छ । साविकका भू–संरक्षण कार्यालय, पशु सेवा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान र जिल्ला प्रशासन कार्यालयको कर्मचारी आवास भवन निर्माण थालिएको हो ।

560
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

मिथिलाञ्चलको महान पर्व छठको तयारी सुरु भएसँगै केराको मूल्यमा दुई गुणाले वृद्धि भएको छ । प्रदेश नम्बर २ मा केराको खेतीलाई खासै महत्व नदिँदा छिमेकी मुलुक भारतबाट निर्यात गर्नुपर्ने बाध्यताले केराको मूल्य अकासिएको हो ।

439
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी र वनजंगलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले संकलन गरी स्थानीयवासीले मनग्य आम्दानी गर्न थालेको सिमकोट गाउँपालिका–६ निवासी लालसिंह सुनारले बताए ।

648