कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ ।

1042
सागर परियार
बुधवार, असार १८, २०७६

जुम्लाको हिमा गाउँपालिकाले ‘एक बच्चा एक बैंक खाता’ अवधारणासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मातृ मृत्युदर शून्यमा ल्याउनका लागि गाउँपालिकाले यस्तो नीति लिएको हो । गर्भवतीले स्वास्थ्य संस्थामा सुरक्षितरूपमा बच्चा जन्माउन र उनीहरूलाई प्रोत्साहन गर्नका लागि यो नीति अवलम्बन गरिएको हो ।

458
कारोबार संवाददाता
बुधवार, असार १८, २०७६

स्थानीयको दैनिकीलाई सहज बनाउन म्याग्दीको मालिका गाउँपालिकाको पात्लेस्थित छेरवाङ र सोली खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । मालिका गाउँपालिका–२ र ३ को सिमानामा पर्ने छेरवाङ खोलामा ८५ र ३ नम्बर वडामा पर्ने सोली खोलामा ४४ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो ।

508
कारोबार संवाददाता
बुधवार, असार १८, २०७६

गोरखा नगरपालिकाले ड्रोनको माध्यमबाट योजनाको अनुगमन गर्ने भएको छ । कानुनी प्रक्रिया पूरा गरी आउँदो साउनदेखि नगर क्षेत्रमा सञ्चालित योजनाको अनुगमन सुरु गर्ने मेयर राजनराज पन्तले जानकारी दिए । मंगलबार कार्यालय परिसरमा ड्रोन उडानको परीक्षण गर्दै उनले ड्रोनको माध्यमबाट कार्यालयमै बसेर योजनाको अनुगमन गर्ने बताए ।

409
गोपाल पोखरेल
बुधवार, असार १८, २०७६

आवधिक योजनाको प्रमुख रणनीतिमा कृषिको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्दै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखिएको छ । गुणस्तरीय तथा प्राविधिक शिक्षा, स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरी स्वास्थ्य तथा सक्षम मानव संशाधनको विकास गर्ने र गुणस्तरीय पूर्वाधारद्वारा नगर विकासको दिगो आधार निर्माण गरिने लक्ष्य लिइएको छ । प्राकृतिक स्रोत साधनको वैज्ञानिक व्यवस्थापनबाट आर्थिक, सामाजिक तथा वातावरणीय लाभको अधिकतम उपयोग गर्ने लक्ष्य छ ।

638
सागर परियार
बुधवार, असार १८, २०७६

जुम्ला पातारासी गाउँपालिका–१ लासीका ३५ वर्षीय मुनबहादुर बुढा डोल्पा तथा मुगुका विभिन्न पाटनमा यार्सा टिप्न जान थालेको झण्डै एक दशक भयो । वर्षभरीको घरखर्च चलाउन, छोराछोरीको पढाई खर्च जुटाउन हरेक वर्ष जोखिम मोल्दै यार्साको संकलनका लागि उनी पाटन जान्थे । विगतका वर्षमा कम्तिमा ६०-७० हजारभन्दा बढी पैसा कमाएर आउँथे । तर, यसपालि भने पाटनबाट रित्तो हात घर फर्किएका छन् उनीलगायत सयौं स्थानीय ।

1100
मेगराज खड्का
मंगलबार, असार १७, २०७६

रुकुम पश्चिमका केही स्थानीय तहले नियमविपरित सानीभेरी नदीबाट बालुवा र गिटी निकासीको अनुमति दिएको पाइएको छ । जेठ मसान्तदेखि असोजसम्म नदीबाट बालुवा गिटी उत्खनन् गर्न पाइँदैन । त्यसपछि पनि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा तान्न मिल्ने वा नमिल्ने निर्णय हुन्छ । तर रुकुममा जेठ मसान्तमा नै बन्द हुनुपर्ने बालुवा र गिटी निकासी असारको दोस्रो सातासम्म पनि अनुमति दिइएको पाइएको हो ।

457
कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६

मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको अस्थायी केन्द्र रहेको पुलु क्षेत्र बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, राष्ट्रिय बाणिज्य बैंक, स्वास्थ्य चौकी, निम्न माध्यमिक विद्यालयलगायतका दर्जनौं भौतिक संरचना बाढी र पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

271
कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६

तराई–मधेशमा भोजभतेर, चाडपर्व र पाहुनालाई सम्मानस्वरुप अहिले पनि चननचुर, बास्मती, करियाकामत, नाजिर र कनकजीर चामलको भात खुवाउने प्रचलन कायमै भए पनि उचित संरक्षणको अभावमा यी जातका धान लोप हुने अवस्थामा पुगेका छन् । अठार वर्षअघि मिथिला समाजमा त्यसरी स्वागत सत्कारका लागि आफ्नै उत्पादन प्रयोग गरिन्थ्यो तर अहिले विदेशबाट आयातित चामल प्रयोग गर्ने गरिन्छ । जल उपभोक्ता समिति सप्तरी हरिपुर–३ का अध्यक्ष शिवप्रसाद चौधरी आयातित चामल नै बढी उपभोग हुने गरेको बताउँछन् ।

382
कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६

विगतका वर्षमा साविकको जिल्ला कृषि विकास कार्यालयले प्रत्येक वर्षको असार १५ मा धान दिवस मनाउँदै आएको भए पनि मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारले मनाउन छाडेका छन् । स्थानीय सरकारले बजेटसमेत विनियोजन नगर्दा मुगुमा धान दिवस मनाउन छाडिएको हो ।

371
मनिषा चम्लागाईँ
मंगलबार, असार १७, २०७६

असारको मध्यसम्म पनि पर्याप्त वर्षात नहुँदा पूर्वका कृषकले धान रोप्न पाएका छैनन् । मनसुन सुरु नभएकाले देशको पूर्वी भागमा आकासे पानीको भरमा रहेका कृषकले समयमा नै रोपाइँ गर्न नपाएका हुन् ।

336
कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६

रोसी गाउँपालिका–१० को वडा कार्यालय बनाउन स्थानीय भक्तप्रसाद मैनालीले जग्गा दान गरेका छन् । सोही वडाका मैनालीले वडा नं १० को वडा कार्यालय बनाउन बिहीबार जिल्ला मालपोत कार्यालय काभे्रमा वडा अध्यक्ष दुधराज तामाङमार्फत वडालाई चार आना जग्गा दान गरेका हुन् ।

466
सागर परियार
मंगलबार, असार १७, २०७६

चैतु बुढा एक दृष्टिविहीन छात्रा हुन् । उनी पढ्ने सिंजाको भैरव मावि नराकोटमा अपांगमैत्री भवन छैन । पढ्न, खान बस्न, हिँड्डुल गर्न निकै अप्ठ्यारो हुन्थ्यो । साविकको सानो साँघुरो, भएकाले त्यहीं खाने त्यहीं सुत्ने गर्थे उनी । उनले थपिन्, दशकौंदेखि आफूजस्ता कयांै दृष्टिविहीन बालबालिका यस्तै समस्याका बीच अध्ययन गरेर गइसके । तर पनि भवनको समस्या उस्तै ।

995
कारोबार संवाददाता
सोमवार, असार १६, २०७६

झापाका स्थानीय तहले विभिन्न कार्यक्रम गरी १६ औँ राष्ट्रिय धान दिवस मनाएका छन् । कृषि समूह, महिला समूह र सहकारीले धान रोप्दै दिवस मनाएका हुन् ।

602
मनोरञ्जन शर्मा
सोमवार, असार १६, २०७६

समयमै वर्षा नहुँदा रूपन्देहीका ९० प्रतिशत खेत अझै बाँझै छन् । विगतका वर्षमा यो समयमा रूपन्देहीको उत्तरी क्षेत्रमा धेरै रोपाइँ भैसक्थ्यो तर अहिले वर्षा नहुँदा रोपाइँ गर्न समस्या भएको कृषकहरूले बताएका छन् । रोपाइँका लागि ब्याड राख्ने काम समयमै भए पनि बर्षात नहुँदा रोपाइँमा समस्या परेको भैरहवाका कृषक केशव भण्डारीले बताए । यद्यपी १४ असारको दिन मध्यरातपछि परेको वर्षाले केही राहत भने दिएको छ । तर पर्याप्त भने नभएको भण्डारीले बताए । पानी नहुँदा पम्पसेट चलाएर रोपाइँ गरेको उनले बताए ।

486