दिलबहादुर केसी
आइतवार, भदौ ८, २०७६

तामाकोसी नदीमा माछाको घट्नुको कारण खोजी सुरु भएको छ । नदी किनारका बस्ती र बजार क्षेत्रमा विगतको तुलनामा माछा अभाव हुन थालेपछि यसको कारण खोजी सुरु भएको हो । केही वर्षअघिसम्म तामाकोसी क्षेत्रमा प्रशस्त माछा पाइन्थे । पछिल्लो सयम नदीमा माछा नै घटेको व्यवसायीहरू बताउँछन् ।

738
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

लमजुङको दोर्दी गाउँपालिका–९, चिसापानी खानेपानी योजनामा अनियमितता भएको पाइएको छ । ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट विनियोजित नौ लाख रुपैयाँको योजनाबाट उपभोक्ता समितिले काम नै नगरी रकम भुक्तानी गरी मनोमानी गरेको हो । चिसापानीमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी योजनाका लागि आर्थिक वर्ष ०७५-७६ मा नौ लाख रुपैयाँ विनियोजन भएको थियो । एउटै योजनाका लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ र वडा कार्यालयबाट चार लाख रुपैयाँ विनियोजिन भएको हो ।

578
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

संघीयता लागू भएसँगै सिंहदरबारको अधिकार घरघरमा आयो भन्ने घोषणाले खुसी देखिएका सर्वसाधारण पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने, अपेक्षाकृत सेवा सुविधा नपाउँदा संघीयतासँग वाक्क भएका छन् । संघीयतालाई स्थापित बनाउन केही स्थानीय तहले सह्रानीय कामको थालनी गरेका छन् । यही सह्रानीय कामको थालनी स्याङ्जाको भीरकोट नगरपालिकाले गर्न थालेको छ ।

407
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

नेपाल टेलिकमको धेरैजसो कार्यालय कर्णाली अञ्चलको जुम्लामा छन् । जुम्लाबाटै मुगु, डोल्पा र हुम्ला जिल्ला हेर्नुपर्छ । डोल्पा जिल्लाका लागि जुम्लाको चिमारा मालिकाबाट लाइन गएको छ । मुगुका लागि डाँफेलेक हुँदै मुगु र हुम्ला जिल्लामा लाइन गएको छ । चारवटै जिल्ला जुम्लाबाट हेर्नुपर्छ ।

919
प्रकाश लम्साल
शुक्रवार, भदौ ६, २०७६

जितपुरसिमरा उपमहानगरपालिका नगर प्रमुखको वेवास्ताले पूर्व पश्चिम राजमार्गस्थित बाराका प्रमुख बजारहरु पथलैया, सिमरा र जितपुरमा पार्किङस्थल बन्न सकेको छैन । स्थानीय नागरिक, व्यापारी र वडाका जनप्रतिनिधिले जति प्रयास गरेपनि नगर प्रमुखको उपेक्षाले पार्किङस्थल बन्न नसक्दा समस्या भएको बताएका हुन् ।

493
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार सो प्रिन्टरको क्षमता अहिले विभागमा रहेका प्रिन्टरहरूको भन्दा कैयौँ गुणा बढी रहेको छ । विभागमा हाल १० वटा साना क्षमताका ‘प्रिन्टर’ रहेका छन् । यिनको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको उनले बताए ।

797
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

चुनाव ताका भोट माग्ने बेलामा होस् या सार्वजनिक कार्यक्रममा । आफूले गर्छु भनेका विकासे प्रतिबद्धता पूरा नगर्ने स्थानीय तहका जनप्रतिनिधिका यी केही प्रतिनिधि घटना मात्रै हुन् । जनतामाझ विकासे सपना देखाउदै भोट मागेका जनप्रतिनिधि आफूले बोलेकै नपु-याएपछि आलोचित बन्दै गएका छन् । पर्यटकीय क्षेत्रको लागि पूर्वाधारमा व्यस्त हेलम्बु, इन्द्रावती, भोटेकोशी, पाँचपोखरी थाङपाल गाउँपालिकालगायतले पर्यटकीय योजना बनाएपनि पूरा गर्न सकेका छैनन् ।

402
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

गौरीशंकर गाउँपालिका–१ का विभिन्न ठाउँमा पहिरोका कारण २ साताअघि गएको पहिरोका कारण २ दर्जन परिवारले घर छाडेका छन् । जुँगूमा दैनिक भारी वर्षा भइरहेको छ । वर्षापछि ठाडो खोला बढेर आउँदा स्थानीय त्रसित छन् । जुँगूको झगरेधारा, अफ्लेपू काफ्ले, यार्सा, राजपूमा ठाउँठाउँमा आएको पहिरोका कारण धेरै परिवार घर भएर पनि फर्कन सकेका छैनन् । पहिरोका कारण धेरै ठाउँ क्षति भएको र जमिन फाटेपछि गौरीशंकर गाउँपालिकाले भूगर्भविद्मार्फत भूगर्भको अध्ययन गराएको छ ।

440
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

नेपाल सरकारले यस वर्षदेखि रामेछापमा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । सर्वसाधरणको हित र सुविधालाई ध्यानमा राखी यही कात्तिक महिनादेखि परिचयपत्र वितरण हुने भएको हो ।

505
कृञ्जला पुलामी
शुक्रवार, भदौ ६, २०७६

सिन्धुलीका स्थानीय तहले गर्भवती महिलालाई दिइने प्रोत्साहन भत्तामा वृद्धि गरेका छन् । मरिण गाउँपालिकाले गर्भ जाँच गरेवापत प्रत्येक पटक ५ सय रुपैयाँ दिन सुरु गरेसँगै फिक्कल गाउँपालिकाले पनि नियमित स्वास्थ्य जाँच र अस्पतालमा नै प्रसूति गराएमा ३ हजार ८ सय रुपैयाँ दिने निर्णय ग-यो ।

429
विप्लव काफ्ले
शुक्रवार, भदौ ६, २०७६

माडीमा सुगन्धित तेलका लागि जडीबुटी खेती सुरु भएको छ । माडी–१ स्थित द्रौपतिनगर, पाण्डवनगरमा सुगन्धित तेल निकाल्न मिल्ने वनस्पिति रोपिएको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार जग्गा चक्लाबन्दी गरेर सामूहिक खेती सुरु भएको छ । समुदायबाट ४९ र ६० प्रतिशत कम्पनीको लगानी हुने गरि खेती सुरु भएको हो ।

947
कृञ्जला पुलामी
बिहिवार, भदौ ५, २०७६

सिन्धुलीको कमलामाई नगरपालिकाले ९ महिनामा ५ सय पशुलाई सुत्केरी भत्ता वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष ०७५÷७६ मा ५ सय गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले जनाएको छ ।

810
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

बीबीएससम्मको अध्ययन गरेकी धनकुटा छथर जोरपाटी गाउँपालिका–५ परेवादिनकी इन्दिरा लिम्बु घरमै लोकल कुखुरापालन गरेर मनग्य आम्दानी गर्न सफल भएकी छिन् ।

1230
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

पृथ्वी राजगमार्गअन्तर्गत तनहुँको दुलेगैंडा र गाछेपानी सडक खण्ड सुधार नगरिएको भन्दै गाछेपानीवासीले बुधबार डिभिजन सडक कार्यालय तनहुँ घेराउ गरेका छन् । लामो समयदेखि उक्त खण्डमा सडक जीर्ण हुँदा सवारी दुर्घटना बढ्नुका साथै स्थानीयले हिलो र धुलोको समस्या झेल्दै आएका थिए । सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएकाले डिभिजन सडक कार्यालय तनहुँ घेराउ गर्न बाध्य भएको पीडितहरूले बताएका छन् ।

1118
घनश्याम पौडेल
बिहिवार, भदौ ५, २०७६

जिल्लामा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा जिल्लाका कृषकहरू चिन्तित हुने गर्छन् । ग्रामीण क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्ने कृषकहरू प्रशस्तै छन् । उत्पादित तरकारीको बिक्री गर्नका लागि विभिन्न प्रयास भए पनि कृषकले बर्सेनि राम्रो मूल्य नपाउँदा चिन्तित भएको अर्घाखाँची अड्गुरीका कृषकमा खुसियाली छाउन थालेको छ । करिब ३ महिना अगाडि नाडेफको आर्थिक सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा स्थानीय उत्पादित तरकारीको बिक्री वितरणका लागि गाउँमै हाटबजार सञ्चालन आएपछि नियमित उत्पादित तरकारी बिक्री गर्दै आएको अड्गुरी कृषि सहकारी संस्था लिमिटेड एवं अड्गुरी तरकारी संकलन केन्द्र र हाटबजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भुसालले बताए ।

817