दीननाथ बराल
बुधवार, असार २५, २०७६

देश संघीयतामा गए पनि असारे कार्यक्रमले निरन्तरता पाउँदा जनताले सास्ती भोग्नु परेको छ । देशका अधिकांश ठाउँमा यतिबेला सडक मर्मत र नाला निर्माणकार्यले तीव्रता पाएको छ ।

381
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

भोजपुरका किसानले लगाएको मकैबाली बारीमै सुकेर काम नलाग्ने अवस्थामा पुगेको छ । जिल्लाका अधिकांश ठाउँमा लामो समयदेखि पानी नपर्दा किसानले दुःख गरेर रोपेको मकैको बोट कामै नलाग्ने गरी बारीमै सुकेको हो ।

507
महादेव अवस्थी
मंगलबार, असार २४, २०७६

कञ्चनपुरको बेदकोट नगरपालिका–२ बसन्तथलाका हरिदत्त जोशी रातिको हल्का वर्षा र भोलिपल्ट बिहान आकाशमा बादल देख्दा खुसी हुँदै पाखुरामा हलो र जुवा बोकेर खेततर्फ गए । आकाशमा बादल देखेर खुसी हुँदै खेत पुगेका जोशीलाई निराशाको बादलले छुन थाल्यो । आकाशमा बादल फाट्दै गयो र घाम चर्कन लाग्यो । जुवा काँधमा बोकी निराश हुँदै घर फर्किए । असार सकिन लाग्दा खेतमा छरेको बीउ पनि बुढो भइसकेको छ ।

421
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

व्यवसायिक पशुपन्छी पालन गर्ने ८६ जना किसान सम्मानित भएका छन् । गाई, भैंसी, भेडा, बाख्रा, कुखुरापालन व्यवसाय गर्दै आएका किसानलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय, भेटनरी अस्पताल तथा पशुसेवा विकास ज्ञान केन्द्र मुगुले सम्मान गरेको हो ।

399
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

लमजुङमा अलैंची बिरुवाको माग अत्यधिक बढेपछि समयमै बिरुवा अभाव हुने भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका अलैंची नर्सरीहरूमा भएको उत्पादनभन्दा जिल्ला बाहिरबाट नै बिरुवाको माग बढेपछि पु¥याउन मुस्किल भएको हो । पछिल्ला वर्षहरूमा लमजुङको अलैंची उत्कृष्ट भएसँगै विभिन्न जिल्लाबाट यहाँ उत्पादित बिरुवाको माग बढ्न थालेको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।

418
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन अलपत्र परेकोे छ । लुकाइछिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दसकौंदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो ।

607
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

मनसुन सक्रिय भएसँगै चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

426
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सचिवको गलत निर्णयका कारण सरकार विवादमा परेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गर्दा सचिवले कारणले गर्दा चौतर्फी विरोध भएको बताएका हुन् । “सचिवको भर परेर मैले नहेरेर प्रस्ताव लगे,” मन्त्री यादवले भने, “यसको जिम्मेवार म पूर्णरूपमा लिन्छु र माफीसमेत माग्छु ।”

480
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

यतिखेर पाँचथरका कुम्मायक र तुम्बेवाका कृषकहरू आफ्नो बाली हेर्न सक्ने अवस्थामा छैनन् । लगाएको बाली खडेरीले खाएपछि किसानमा चिन्ता छाएको हो । पानी परेर हिलाम्मे हुनुपर्ने सिजनमा समेत खडेरी लाग्दा किसानहरू चिन्तित बनेका हुन् । धमाधम धान रोपाइँ गर्ने समय भए पनि खडेरीले खेत बाँझै छन् भने मकै, अलैंची, अदुवा, गोलभेडा, खुर्सानीलगायतका बाली सुकेका छन् । कृषि ज्ञान केन्द्र पाँचथरले संकलन गरेको तथ्यांकअनुसार हालसम्म पाँचथरमा करिब ११ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ भएको जनाएको छ ।

651
कारोबार संवाददाता
सोमवार, असार २३, २०७६

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले सीमा नाकामा पूर्ण क्षमताको प्रयोगशाला खडा गर्न १० महिना समय लाग्ने बताएका छन् ।

546
लक्ष्मण ढुंगाना
सोमवार, असार २३, २०७६

बाँकेमा विपन्न समुदायको उत्थानका लागि फुसको छाना विस्थापन गरी जस्तापाता लगाउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई बाँकेले जिल्लाका दुई हजार सात सय घर फुसरहित घर निर्माण गर्ने भएको हो ।

372
सागर परियार
सोमवार, असार २३, २०७६

अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने नियम छ । असार १० भित्रै आगामी वर्षका लागि आर्थिक ऐन सर्वसहमतिले पारित पनि हुनु पर्दछ । तर कर्णालीकै पहिलो चन्दननाथ नगरपालिकाले भने तोकिएको मितिभन्दा डेढ हप्तापछि समय धकेलिँदासमेत आगामी आवको बजेट ल्याउन सकेको छैन ।

679
कारोबार संवाददाता
सोमवार, असार २३, २०७६

छायाँनाथ नगरपालिकाका वडामा ४५ लाख बराबरको बजेट सिलिङमा सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ । मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चित जस्तो देखिएको नगरसभा शनिबार बसेको नगर कार्यपालिकाको बैठकमा वडास्तरका योजनाको कुल ४५ लाखको सेरोफेरोमा योजना बनाउने सहमति भएपछि नगरसभा हुने निश्चित भएको हो ।

386
सागर परियार
सोमवार, असार २३, २०७६

चन्दननाथ नगरपालिका– ७ मिचागाउँका दत्त सार्कीको स्वावलम्बन बैँकबाट गत वर्ष भैंसीपालनका लागि ८० हजार रुपैयाँ ऋण लिए । सार्कीले श्रीमतीको नाममा २०७५ भदौ १० गते स्वावलम्बन बैंक जुम्ला शाखाबाट ८० हजार रुपैयाँ ऋण लिएका हुन् । वार्षिक १२ देखि १८ प्रतिशत व्याजदरमा ऋण लिएका सार्कीले ६ महिनाको अवधिमा झण्डै ४० हजार ऋण चुक्ता गरिसकेका थिए । भैंसी पालेर दूध बेच्ने केही कमाउने, ऋण तिर्ने परिवार चलाउने आशा उनको थियो ।

2065
कारोबार संवाददाता
आइतवार, असार २२, २०७६

लमजुङको सदरमुकाम बेंसीसहर नजिकै रहेको गाउँसहर क्षेत्रमा अन्तर्राष्ट्रिय सिने नगरी बन्ने भएको छ । बेंसीसहर नगरपालिकाअन्तर्गत गाउँसहरदेखि बाख्रेजगतसम्मको क्षेत्रलाई सिने नगरी बन्ने सम्झौता भएसँगै स्थानीय उत्साहित भएका छन् । लमजुङको ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण गाउँसहरमा सिने नगरी निर्माण गर्ने सम्झौता भएको छ । सिने नगरी बनाउन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरोकारवालाहरूबीच सम्झौता भएको हो ।

712