केशव समर्पण
शनिवार, मंसिर २९, २०७५

देश संघीयतामा गइसकेपछि पहिलो पटक प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा ढिलाई भएको छ । कानुन र कर्मचारीकोे अभाव अनि मन्त्रालयगत कार्यालय स्थापना नभइसकेको अवस्थामा योजना कार्यान्वयनमा समस्या भइरहेको बताइएको छ ।

496
रेशमराज रोकाया
शुक्रवार, मंसिर २८, २०७५

हुम्लाका अधिकांश स्थानीय तहमा रहेका सबैजसो विद्यालयमा वार्षिक परीक्षा सुरु भएको छ । विद्यालय शिक्षाको सबै तह र कक्षाको वार्षिक परीक्षा आजबाट सुरु भएको हो । सबै स्थानीय तहले एकै समयमा निर्धारण गरेको समय तालिका अनुसार नै परीक्षा सञ्चालन भएको हो । वार्षिक परीक्षा सुरु भएकै दिन बादलसहित मौसम परवर्तन भएपछि परीक्षार्थीले चिसो महशुस भएर समस्या भएको छ । करिब १२ हजार विद्यालय तहमा अध्ययनरत विद्यार्थी परीक्षामा समावेश भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख बर्ख बहादुर फडेराले जानकारी गराउनु भयो ।

673
शिव बोहरा
शुक्रवार, मंसिर २८, २०७५

यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भन्दै गएको चैतमा सरकारले सवारी तथा यातायात व्यवस्थापन कार्यविधि संशोधन जारी ग¥यो । सार्वजनिक यातायात सञ्चालन गर्दै आएका विद्यमान संघ तथा समितिहरू खारेज गर्दै कम्पनीमार्फत सञ्चालन गर्नुपर्ने नियम बनाइयो र त्यो कार्यान्वयनका लागि साउन १ लाई आधार मिति मानियो । तर यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ढिलाइका कारण साउन १ बाट मंसिर मसान्तसम्मका लागि सारिएको म्याद पुनः सर्ने स्थिति आएको छ ।

712
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

भदौ देखीको लामो खडेरीले सुख्खा भैरहेको बझाङमा मंगलवार राती देखी सामान्य वर्षा संगै हिमपात सुरु भएको छ । हिमपात र बर्षाका कारण चिसो बढेको छ ।

1079
रासस
बिहिवार, मंसिर २७, २०७५

प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

881
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो ।

831
मेगराज खड्का
बिहिवार, मंसिर २७, २०७५

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नै रक्सी उद्योग संचालन गरेको छ । नगरपालिकाको वडा नम्बर १२ सिमचौरमा उद्योग संचालन गरेको हो । संघिय सरकारले मदिराजन्य बस्तु सेवन तथा बिक्रिलाई झनै कडाई गर्ने तयारी गरिरहेको बेला रुकुम पश्चिम स्थित स्थानीय सरकारले भने उद्योग नै संचालन गरेको हो । संघिय सरकारले ‘मदिरा उत्पादन र विक्री वितरणको नियन्त्रण तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेश २०७५’ जारी गरी पहिलेको भन्दा कडा कानुनी प्रावधान राख्न लागेको छ ।

1081
सागर परियार
बिहिवार, मंसिर २७, २०७५

स्थानीय सरकार संचालन पश्चात एक पटिछ अर्को गर्दै नमुना काम गर्ने प्रतिस्पर्धा भइरहेको छ । चुनावका बेला युवा, जेष्ठ नागरिक आम समुदायमा गरेका चुनावी बाचा पुरा गर्ने सबालमा जनप्रतिनिधिले नमुना काम गर्न थालेका छन् ।

772
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

जिल्लाको पूर्वी मुगुम कार्मारोङ गाउँपालिकामा ६ शैयाको सामुदायिक अस्पताल बन्ने भए पछि स्थानीयवासी खुसी भएका छन् । साविकका पाँच गाविस रहेको यस मुगमकामारोङ गाउँपालिकामा नेपाल सरकारद्वारा सञ्चालित पाँच वटा स्वास्थ्य चौंकि र तिनवटा प्रसुती गृह रहे पनि स्वास्थ्यकर्मि नबस्ने औषधि अभावका कारण प्राय जसो गर्भवती महिलाको स्वास्थ्य संकटमा पर्दै आई रहेकाले ।

897
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रियाले इच्छा देखाएको छ । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालका लागि अष्ट्रियाका आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरलले यस्तो इच्छा देखाएका हुन् ।

610
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

दक्षिण अफ्रिकाको ८ सदस्यीय सद्भावना टोलीले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय नेल्सन मण्डेला डे अर्थात् जुलाई १८ को दिन दक्षिण अफ्रिकाको केपटाउनबाट गरेको यात्रा मंगलबार काठमाडौं आई समापन भएको छ ।

588
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ देखि दाङमा सुरु भएको तोरी क्षेत्र कार्यक्रममा करिब ८ सय किसान प्रत्यक्ष सहभागी भएका छन् ।

951
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

गुर्जा गाउँबाट करिब एकदिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको छ । धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा सुन, हीराजस्ता महँगा धातुमा प्रयोग हुने कार्ज नामक पत्थरको खानी रहेको छ । सो खानी उत्खनन्का लागि स्थानीयवासीले सरकारसँग अनुमति मागे पनि झन्झटिलो कानुनी प्रक्रियाका कारण अनुमति नमिल्दा करोडौं आम्दानी हुनसक्ने स्रोत त्यतिकै पहरामा खेर गइरहेको छ ।

559
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

दोलखामा यस वर्ष किबीको उत्पादन दोब्बर भएको छ । उत्पादन बढेसँगै सामान्य बजारमा समेत किबीको बिक्री वितरण हुन थालेको छ । पछिल्लो समय किसानले रोपेका किबीले उत्पादन दिन थालेपछि उत्पादन अघिल्लो वर्षको तुलनामा बढेको हो ।

1041
शिव बोहरा
बिहिवार, मंसिर २७, २०७५

एक वर्षअघि नै तयार भएको संघीय यातायात ऐनको मस्यौदा गायब भएको छ । यातायात व्यवस्था विभागले बनाएर पठाएको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप परिमार्जनसहित कानुन मन्त्रालयको सहमति लिइ मन्त्रिपरिषद्बाट पास गरि संसदमा पेश गर्नुपथ्र्यो । तर, मन्त्री रघुवीर महासेठले उक्त मस्यौदा मन्त्रालयमै थन्क्याएर यस क्षेत्रलाई तदर्थवादमा चलाइरहेका छन् ।

692