कारोबार संवाददाता
आइतवार, पुष २०, २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले धान खरिद कार्य बन्द गरेको छ । कम्पनीको नेपालगञ्जस्थित अञ्चल कार्यालयले कृषकवाट खरिद गरिने धानको कोटा पूरा भएपछि सूचना टाँसेर खरिद कार्य बन्द गरेको हो । कात्तिक २७ गतेबाट धान खरिद गर्न सुरु गरेको कम्पनीले हालसम्म ४० हजार ६ सय ७७ क्वीन्टल धान खरिद गरेको जनाएको छ । सुरुको लक्ष्य ३५ हजार क्वीन्टल मात्र खरिद गर्ने भएपनि कृषकको अत्याधिक धान आउन थालेपछि थप ५ हजार क्वीन्टल खरिद गर्ने कोटा बढाएको र कोटा भन्दा बढी खरिद भइसकेको कम्पनी नेपालगञ्जका प्रमुख भरतराज खनियाँले बताए ।

347
कारोबार संवाददाता
आइतवार, पुष २०, २०७६

लमजुङमा राष्ट्रिय गणना २०७८ को तयारी शुरु भएको छ । राष्ट्रिय जनगणनाको तयारीबारे तथ्यांक कार्यालय गोरखाले लमजुङ सदरमुकाम बेसीशहरमा जिल्लास्तरीय अन्तरक्रिया समेत गरेको छ । हरेक १० वर्षको अन्तरालमा गरिने राष्ट्रिय जनगणना अन्तर्गत १२ औँ गणनाको तयारी शुरु गरेको तथ्यांक कार्यालय गोरखाका प्रमुख जिवनाथ आचार्यले बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख आचार्यले जनशक्ति र अन्यश्रोत प्रक्षेपणसहित परियोजनाको तयारीबारे जानकारी गराएका हुन् ।

331
सागर परियार
शुक्रवार, पुष १८, २०७६

कर्णाली प्रदेशमा वर्षासँगै पुन भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ । भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

355
कारोबार संवाददाता
शुक्रवार, पुष १८, २०७६

पर्यटकीय र व्यापारिक केन्द्रको राष्ट्रिय गौरवको आयोजना रहेको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामा कार्यरत मजदुर आन्दोलित भएका छन् । गलेश्वरदेखि नारच्याङ पुल खण्डको पहिलो प्याकेजको ठेकेदार कम्पनी शर्मा–युनाइटेडविरुद्ध मजदुरले आन्दोलन सुरु गरेका हुन् ।

375
अमरराज आचार्य
शुक्रवार, पुष १८, २०७६

फुलेका दाह्री, कमजोर नजर अर्थात् चस्माबिना देख्न नै सक्दैनन् । काम गर्दा पनि थरथर काँप्ने हात भए पनि अदम्य साहसका साथ ७० वर्षीय दोजबहादुर नेपाली जुत्ता सिलाउने काम गरिरहन्छन् । सल्यानको त्रिवेणी गाउँपालिका–४ फालाबाङ पुतली दरबारनजिकै सानो ढेब्लीमा जुत्ताचप्पल सिलाउँदै आएका नेपालीले त्यहींबाट आम्दानी भएको पैसाले घर व्यवहारसमेत चलाउने गरेका छन् । आफ्नो पुख्र्यौली पेसाका रूपमा रहेको जुत्ता सिलाउने पेसालाई घरखर्चको माध्ममसमेत बताएका छन ।

334
कारोबार संवाददाता
शुक्रवार, पुष १८, २०७६

जुम्लामा पनि छुइगोठ भत्काउन सुरु भएको छ । जुम्लामा छुइप्रथा उन्मूलन गर्नेे निर्णयअनुसार बिहीबारबाट जुम्लामा छुइगोठ भत्काउने महाअभियान मानव सांग्लो बाधेर प्रतिबद्धतासहित सुरु भएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जुम्लामा छाउगोठ भत्काउने अभियानको थालनी गरिएको छ ।

350
प्रकाश पाक्साँवा
शुक्रवार, पुष १८, २०७६

मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल बनेका छन् छथर गाउँपालिका–१ आङदिमका लोकबहादुर बस्नेत र उनकी श्रीमती प्रेमकुमारी । बिहानीको झिसमिसे उजेलीसँगै झमक्कै साँझले उज्यालो नछोपुन्जेल बाख्राको स्याहारमै रमाइरहने यी दम्पती एक सफल व्यवसायीको रूपमा परिचय बनाउनसमेत सफल भएका छन् ।

401
कारोबार संवाददाता
शुक्रवार, पुष १८, २०७६

सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गर्नेलगायत विभिन्न निर्णय गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने सो परियोजनाका लागि कलंकी–महाराजगन्ज–धोवीखोला खण्डको सडक सीमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको हो ।

347
रोशन थापा
शुक्रवार, पुष १८, २०७६

मुलुकमा कच्चा पदार्थको अभावले ढुंगाको मूर्ति बनाउने पेशा नै संकटमा पर्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता जनाएका छन् । ढुंगाको मूर्ति बनाउनका लागि आवश्यक पर्ने ब्ल्याक लाइमस्टोनको ढुंगाको सहज आपूर्ति हुन नसक्दा पेशा नै संकटमा पर्दै गएको हो । ढुंगाको मूर्ति बनाउन चुनाको मात्रा बढी भएको ब्ल्याक लाइमस्टोन प्रयोग गरिन्छ । तर, यसको सहज रूपमा उपलब्ध हुन नसक्दा नयाँ पुस्ता यस क्षेत्रमा प्रवेश गर्न नचाहेको जानकारहरू बताउँछन् ।

388
कारोबार संवाददाता
बिहिवार, पुष १७, २०७६

काभ्रेको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ । पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्र्याक्टर वितरण गरेका हुन् । नगर प्रमुख खरेलले कृषिमा यान्त्रिकीकरण र व्यवसायीमा आधुनिकीकरण गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरेको बताए । त्यस क्रममा उनले किसानलाई सामग्रीको उचित प्रयोग गरी आम्दानीमा वृद्धि हुने विश्वाससमेत व्यक्त गरे ।

355
कारोबार संवाददाता
बुधवार, पुष १६, २०७६

भूकम्पपछिको पुनःनिर्माणको चार वर्ष बित्दा पनि रामेछाप जिल्लाका भूकम्प पीडितको गुनासो जस्ताको तस्तै रहेको सरोकारवालारुले बताएका छन् ।

348
कारोबार संवाददाता
बुधवार, पुष १६, २०७६

पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किविको व्यवसायीक खेती सुरु गरिएको छ । जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीका लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क तालिमसहित किवि खेतीको सुरुवात गरिएको गाउँपालिकका प्रमुख नुनबहादुर सुनारीले बताए । उनले कम मेहनतमा किविबाट प्रशस्त आम्दानी गर्न सकिने भएकाले किसालाई सहयोग गरिएको बताए ।

423
कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६

लमजुङको सबैभन्दा विकट दूधपोखरी गाउँपालिका अन्तर्गत दुई गाउँमा घरघरै धारा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । एक घर एक धारा अभियानअन्तर्गत दूधपोखरी गाउँपालिका–३ साविक इलमपोखरी अन्तर्गत ठूलो काभ्रे र सानो काभ्रेका एक सय ६३ घरमा धारा निर्माण भएको हो । योजनाअन्तर्गत ठूलो काभ्रेका ७२ घरधुरी र सानो काभ्रेका ९१ घरधुरीमा प्रत्येक घरमा खानेपानी आयोजना निर्माण भएको हो । सोबाहेक ठूलो काभ्रेमा चारवटा सार्वजनिक धार निर्माण भएको महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक योगेश घिमिरेले बताए ।

329
कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६

छत्रदेव गाउँपालिका छत्रगञ्जका स्थानीयको घरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्षित भएका छन् । दैनिक पानी भर्नका लागि कुवामा धाउने छत्रगञ्जका बाबुराम आचार्यको घरमा खानेपानीको धारा आएपछि उनी खुसी छन् । बिहानको समय पानी भर्नका लागि कुवामा ग्रागो लिएर जानुपर्ने समस्या टरेको आचार्यले बताए ।

349
अमरराज आचार्य
मंगलबार, पुष १५, २०७६

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङमा आवश्यकता अनुसार जनशक्ति नहुँदा न्यून जनशक्तिको भरमा काम गर्नुपर्ने बाध्यता छ । जिल्लामा खानेपानीका साना तथा ठूला गरी एक सय बढी योजना सञ्चालनमा रहे पनि त्यसअनुसारको प्राविधिक जनशक्ति नहुँदा काम गर्न समस्या पर्ने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

349