कारोबार संवाददाता
मंगलबार, श्रावण १३, २०७७

भारतले नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरालाई आफ्नो भनेको छ । आफ्नो तर्फबाट भएका गल्ती सच्च्याएर विवादित भनिएको नेपाली भूमिमा फेरि भारतले आफ्नो दाबीलाई स्पष्ट पारेकोमा कूटनीतिक क्षेत्र चिन्तित बनेको छ ।

532
कारोबार संवाददाता
सोमवार, श्रावण १२, २०७७

जुम्ला जिल्लाका चार जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र जुम्लाले गरेको अनुगमन मुल्यांकनका आधारमा जिल्लाका चार जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्रदान गरेको छ । जुम्ला सिँजा गाउँपालिका ५ का रामसिंह रावल, तातोपानी गाउँपालिका ४ का गंगादेखि न्यौपानेलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृति गरिएको छ ।

511
कारोबार संवाददाता
सोमवार, श्रावण १२, २०७७

सरकारले सर्लाहीको बागमती नगरपालिकामा सागरनाथ वन परियोजनाको जग्गा अतिक्रमण गरेर बनाइएका ८० घर भत्काएको छ । लकडाउनको मौका छोपी वन परियोजनाको जग्गामा अतिक्रमण गरेर बनाइएका घर हटाइएको हो । अतिक्रमण बस्ती हटाउन बल प्रयोग गर्नुपरेको थियो । सागरनाथ वन परियोजनाको मुर्तिया व्यवस्थापन शाखा अन्तर्गतको ३ हजार हेक्टर अतिक्रमणमुक्त गराइएको थियो ।

379
कारोबार संवाददाता
सोमवार, श्रावण १२, २०७७

जिल्लाको फक्ताङलुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभुत विद्यालयको भवन पहिरोले भत्किएको छ । करिब २८ लाख लागतमा बनेको भवन असार २ गते रातीको अविरल वर्षाले भत्काएको हो ।

327
कारोबार संवाददाता
सोमवार, श्रावण १२, २०७७

विराटनगर महानगरपालिका क्षेत्रमा समुदायमै कोरोना फैलिएको निष्कर्ष निकाल्दै अघोषित रूपमा लकडाउन घोषणा गरिएको छ । आइतबार बसेको महानगरपालिकाको कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको बैठकले पछिल्ला संक्रमणका घटनाले महानगरपालिकाभित्र समुदायमा कोरोना पुगेको निष्कर्ष निकालेको हो । बैठकले तत्कालै कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिने, क्वारेन्टाइन र आइसोलेसनको क्षमता बढाउने, मास्क अनिवार्य प्रयोग गराउने र भारतीय सीमा क्षेत्रमा झन् कडाइ गरिने, आइसीपीबाट आउने ट्रकका चालकहरूलाई गन्तव्य नपुन्जेल कतै पनि रोक्न नदिने निर्णय गरेको छ ।

510
कारोबार संवाददाता
आइतवार, श्रावण ११, २०७७

झापाको झापा गाउँपालिका–१ लसुनगञ्जका लोचनयादवले १५ दिन अघि मात्र ८ विगाह जमिनमाधान रोपेका थिए । यस वर्ष समयमा नै मनसुन सुरु भएकाले रोपिएको धान फस्टाएको थियो । तर, अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढीले जनताको तटबन्धन भत्काएर बाढी खेतमा पस्दा यादवले लगाएको धान बालुवा र पानीले डुबाएको छ ।

291
कारोबार संवाददाता
आइतवार, श्रावण ११, २०७७

वातावरणमा आएको परिवर्तनसँगै धनुषा र महोत्तरीमा हजारौं हेक्टर क्षेत्रफलमा लगाइएको आँपको बगानमा रोग लाग्नथालेको छ । आँपको रुखमा रोग लाग्नुपूर्व माकुराको जालो जस्तो लाग्ने र विस्तारै पातहरु सुक्दै गएपछि रुख पनि सुक्ने गरेको किसानहरुको गुनासो छ । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरका सरोज रायले आँपको रुखमा अचानक रोग लागेको बताए । उनले पहिला यस्तो प्रकारको समस्या

285
कारोबार संवाददाता
आइतवार, श्रावण ११, २०७७

सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्दै लमजुङका भूपू सैनिकले विरोध गरेका छन् । विदेशी सरकारबाट निवृत्तिभरण भएका नेपाली नागरिकले नेपाल सरकारबाट प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेसँगै लमजुङका भूपू सैनिक विरोधमा उत्रिएका हुन् । नेपालबाहेक अन्य देशबाट सैनिक सेवा निवृत्त भएका भूपू सैनिकले ७० वर्ष उमेर कटेपछि पाउदै आएको सामाजिक सुरक्षा भत्ता कटौति गरेको भन्दै सरकारलाई उक्त निर्णय सच्चाउन आग्रह गरेका छन् ।

403
प्रकाश पाक्साँवा
आइतवार, श्रावण ११, २०७७

आर्थिक रुपमा विपन्नै भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान्को मृत्युपछि राज्यले सामाजिक सुरक्षाभत्ता पाउने गरेका छन् । हरेक नागरिकलाई गाँसबास कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोही अनुसार ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपांग तथा एकल महिलाहरूले सेवा लिँँदै आएका छन् । विपन्न तथा साहाराविहीन एकल पुरुषलाई अझ राज्यले सामाजिक सुरुक्षा भत्ताको लागि केही कार्यक्रममा ल्याउन सकेको छैन ।

326
कारोबार संवाददाता
आइतवार, श्रावण ११, २०७७

बर्षको तीन महिना नदीनाला उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै स्याङ्जको गल्याङ नगरपालिकाले वर्षादको समयमा नदी उत्खनन् गरेको छ । असार, साउन र भदौ महिना बाहेक प्राकृतिक रुपले नदीनालामा आएको गिटी, बालुवा तथा नदीजन्य वस्तु निकाल्न पाइने कानुनी व्यवस्था छ । नदीजन्य वस्तुको राजस्वसं कलनदेखि नदीनाला नियन्त्रणको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ, तर गल्याङ नगरपालिकाले कानुनी व्यवस्थाको खिल्ली उडाउँदै राम्दीस्थित कालीगण्डकीमा आफ्नै डोजर प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गरेको छ ।

203
कारोबार संवाददाता
आइतवार, श्रावण ११, २०७७

२०५४ सालमा स्थापना गरिएको प्रहरी चौकीहालको रत्नपुर इलाका प्रहरी कार्यालय स्थानान्तरणलाई लिएर स्याङ्जाको चापाकोट अशान्त बन्दै गएको छ । क्यामीमा रहेको प्रहरी कार्यालय सुन्तलीटार सार्ने भनिए पछि चापाकोट अशान्त बन्दै गएको हो ।

307
मनिषा चम्लागाईँ
आइतवार, श्रावण ११, २०७७

सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर झापामा ३ जना बालकले ज्यान गुमाएका छन् । झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डोमा तीन जना बालकको डुबेर मृत्यु भएको हो ।

372
कारोबार संवाददाता
आइतवार, श्रावण ११, २०७७

गुडिरहेको ट्याक्टरले ठक्कर दिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ ठाँटीभञ्याङ्का ७६ वर्षीय कृष्ण रेश्मी छन् ।

207
देवराज गुरुङ
आइतवार, श्रावण ११, २०७७

जिल्लाको फक्ताङलुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभूत विद्यालयको भवन पहिरोले भत्कियो । करिब २८ लाख लागतमा बनेको भवन असार २ गते रातिको अविरल वर्षाले भत्काएको हो । एकतले पाँच कोठे भवनसँगै शैक्षिक सामग्री र फर्निचर पहिरोले बगाएको छ ।

196
राजेन्द्र बस्नेत
शनिवार, श्रावण १०, २०७७

माछाको तौल र मूल्य कति हुन्छ भन्ने एकिन छैन । सामान्यतया मूल्य किनबेच गर्ने बीचको आपसी सहमतिमा टुङ्गो लाग्छ । कुरा रहयो तौलको । माछाको प्रजाति र उमेर अनुसार तौल हुन्छ ।

4728