गोपाल पोखरेल
मंगलबार, भदौ १७, २०७६

उदयपुरको रौतामाई गाउँपालिकाले बाढीपहिरो प्रभावित क्षेत्रको पहिचानमा एकरूपता कायम गर्न सबै बाढीपहिरो पीडितलाई रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ । गाउँपालिकाको बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन यस्तो निर्णय गरेको हो । बाढी पहिरोका कारण घर पूर्णरूपले क्षति भई पुनर्निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरणको तयारी गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।

211
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

कर्णालीमा गत आवको भौतिक तथा वित्तीय प्रगति लक्ष्यअनुसार हुन सकेन । विकास निर्माणका योजना पनि समयमै सञ्चालन नहुँदा गुणस्तरहीन भएको गुनासो खेप्नु प-यो । कर्णाली सरकारका प्रवक्ता तथा कृषिमन्त्री विमला केसीले सार्वजनिक खरिद ऐन संशोधन नभएकै कारण लक्ष्यअनुसार विकास नभएको उल्लेख गरिन् । उनका अनुसार सार्वजनिक खरिद ऐन २०७३ को परिच्छेद ३ मा बोलपत्र आह्वानसम्बन्धि व्यवस्थाअनुसार टेन्डर हेर्दा ३५ दिने सूचना निकाल्नु पर्छ । जसले विकास निर्माणपछि धकेलिन्छ ।

226
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

उदयपुरको पहाडी क्षेत्रका किसानले लगाएको बाली अमेरेकी फौजी किराले नष्ट गरेको छ । किसानले लगाएको मकै तथा तरकारी बालीमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । कटारी नगरपालिका क्षेत्रबाट भित्रिएको फौजी किराको प्रकोप नगरपालिकाको लेखानी, हर्देनी मंयाखु, सिरिसे, सोरुङछबिसे हुँदै ताप्ली र लिम्चुङ्बुङ गाउँपालिका आसपासका क्षेत्रमा फैलिएको छ ।

259
सागर परियार
मंगलबार, भदौ १७, २०७६

वि.सं २०६६ मा सुरु गरिएको धौलीगाड बृहत् खानेपानी आयोजना अहिलेसम्म निर्माण हुनसकेको छैन । झण्डै १२ वर्षदेखि बृहत् खानेपानी योजना अलपत्र अवस्थामा छ । आयोजना सुरु गरिएको १२ वर्ष बितिसक्दा पनि अहिलेसम्म च्याम्बर, इन्टेक र पर्खाल निर्माणबाहेक अन्य काम हुनसकेको छैन ।

209
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

उनको काम गार्ईबस्तु स्याहार्नु हो । त्यसैले कर्मको आधारमा असली गोठालो हुन् उनी । लेकाली क्षेत्रमा बस्ने उनको लवाइ पनि सामान्य नै छ । तर, नेपाली यी गोठालोले भारतको दार्जिलिङमा समेत सम्पत्ति(घर) जोडिसकेका छन् । साथै उनका दुईवटा गाडीसमेत छ । इलामको पुवामझुवामा जन्मिएका जगतबहादुर रार्ईलाई धेरैले इलामे रार्ईको भनेर चिन्छन् । सूर्योदय नगरपालिका–१ स्थित लामिधुरामा उनको स्थायी बसोबास छ । घरमा दुःख भएपछि करिब १० वर्षकै उमेरदेखि अर्काको घरमा गोठालो बसेका रार्ई बिभिन्न ठाउँमा अर्काको काम गर्दा गर्दै २०५३ सालबाट मात्र स्थायीरूपमा बसोबास गर्न थालेका छन् । लेकमा गार्ईपालन गरेर नै उनी लखपती बनेका हुन् । इलामे इलम, दुःख र संघर्षले सफल भएका हुन् ।

656
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने बताएकी छिन् । उनले काम नगर्ने ठेकेदारका दिन समाप्त भएकोसमेत बताइन् । ‘सम्झौता गरेर काम नगर्ने, होल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन्’ उनले भनिन्, ‘सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ ।’

249
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

पूर्व नवलपुरको एक विद्यालयमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको छ । पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेंसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो ।

198
सागर परियार
सोमवार, भदौ १६, २०७६

कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले कर्णालीलाई एप्पल जुसमा आत्मनिर्भर बनाइने प्रतिबद्धता गरिन् । उनले कर्णालीमा कोक, फ्यान्टा, बियरलाई विस्थापित गर्दै स्याउको जुस, स्याउको वाइनमा आत्मनिर्भर बनाउने सरकारले विशेष योजना अघि सारेको उल्लेख गरिन् । गर्मी हुँदा कोक फ्यान्टा, फ्रुटी होइन, अब घरघरमा एप्पल जुस पु¥याउने सरकारको लक्ष्य लिएको समेत बताइन् ।

268
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

लमजुङको उत्तरी क्षेत्र हुँदै मनाङसम्म पुग्ने सडक फेरि पनि अवरुद्ध भएको छ । बेंसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका सिमानामा पर्ने भलामखोला रहेको बेलीब्रिज भत्किएपछि सडक अवरुद्ध भएको हो ।

196
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाइ साप्ताहिक अभियानको २६आंै हप्तामा तीजको रौनकसँगै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी, प्रहरी, समाजसेवी र स्थानीय बासिन्दाको उपस्थितिमा, गोदावरी, नयाँबाटो, टुपीखेलघाट वरिपरिको सरसफाइ कार्यक्रममा तीजको शुभकामना आदानप्रदान तथा नाचगानसमेत गरिएको थियो ।

186
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

लमजुङ सदरमुकाम बेसीसहरमा स्थापना भएको अल्लो प्रशोधन केन्द्र महिनौ बितिसक्दा पनि सञ्चालन हुनसकेको छैन । बेसीसहर–९ मजुवाखोला किनारमा स्थापना भएको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो । अन्तराष्ट्रिय बजारमा समेत अल्लोको राम्रो सम्भावना भएकाले लमजुङ उद्योग वाणिज्य संघले एक ‘गाउँ एक उत्पादन’अन्तर्गत अल्लो छनोट गरी प्रशोधन केन्द्र स्थापना गरेको हो । प्रशोधन केन्द्र स्थापना भई गत फागुनमा सबै संरचना निर्माण सम्पन्न भए पनि विद्युत्का कारण सञ्चालनमा आउन नसकेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

184
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

वर्षेनी भेरी नदीको कटान र जथाभावी रुपमा खनिएका सडकका कारण भेरी नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्लाका नलगाड नगरपालिका, रुकुम पश्चिम आठविसकोट नगरपालिकाभित्रका अधिकांश भू–भागमा कटानको समस्या भएको छ । रुकुम पश्चिम आठविसकोट नगरपालिका अनाह, लामातरा, दामाचौर, त्रिवेणी, चौर, गत्तासैना र जाजरकोट नलगाड नगरपालिका तल्लु, औलगुत्ता, मालुवा, मन्मै, बगरा, डोल्पाको दुनै बजार लगायतका ठाउँमा भेरीको कटान उच्च रहेको छ । माथी कम्जोर भू–भाग तल नदीको कटानले गर्दा अधिकांश बस्तीहरु जोखिममा परेका छन् ।

221
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

स्थानीय तहको चुनावमा मेरिङ्देन गाउँपालिका अध्यक्षमा गणेशबहादुर चोङवाङ निर्वाचित भए । अध्यक्ष चोङवाङसहित जनप्रतिनिधिले असार १८ गते सपथ ग्रहण गरे । भत्ता असार १४ गतेदेखिकै बुझे । फुङलिङ नगरपालिका उपप्रमुख बमबहादुर भट्टराईले श्रीमतीलाई भान्सेमा नियुक्त गरेवापतको रकम भुक्तानी लिए । मासिक १५ हजार नौ सय ९० रुपैयाँ भान्सेका लागि तलब दिने गरी सम्झौतामा उल्लेख थियो ।

347
सागर परियार
आइतवार, भदौ १५, २०७६

साउन १२ गते तिला गाउँपालिका–६ स्थित भूतवाडा पाटनमा परेको चट्याङले ५ जना किसानको झण्डै २ सय ६९ भेडा मरे । त्यस्तै गएको फागुन महिनामा हिमपात तथा अत्यधिक चिसाले सिंजाको पाटनमा २ सय बढी भेडा मरे भने भेडीगोठमै आगलागी हुँदा गत फागुन महिनामै पातारासी गाउँपालिकाका किसान गोपीचन्द्र तिरुवालगायत ४ जनाको १ सय ५० भेडा गोठमै मरे ।

347
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

केही बर्ष अघिसम्म धार्मिक आस्थासँग जोडिएको रूद्राक्ष पछिल्लो समय कृषकको आर्थिकस्तर उकास्ने बलियो आधार बन्न थालेको छ । अहिले संखुवासभा र भोजपुरका हरेक व्यक्तिका घरमा रूद्राक्षका बोटहरू रोप्ने गरिएका छन् । कतिपयले धान र अन्य बालिनालीका लागि प्रयोग भएका जमिनमासमेत रूद्राक्षको बगान बनाएका छन् ।

255