कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

मनकामना केवलकार आइतबारदेखि पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको जनाएको छ । मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए ।

392
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्ग जोखिममा रहेका छन् । स्थानीय तहले सार्वजनिक सडक ऐन २०३१ विपरित जथाभावी रुपमा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्ग क्षतिग्रस्त भएका हुन् । डडेल्धुरा जिल्लामा बुढर जोगवुढा, उग्रतारा मेलौली, पोखरा बेलापुर, बागबजार बगरकोट सडकलाई मुख्य सडकका रुपमा लिएको भए पनि हाल आउँदा ती सडकबाट पनि विभिन्न ग्रामीण क्षेत्रमा जाने शाखा सडकको निर्माणले गर्दा मुख्यसडक जोखिममा परेको प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।

265
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

जिल्लाका १ नगरपालिकासहित ८ वटै स्थानीय तहमा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेका छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । मेरिङ्देन गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी हेल्थ असिस्टेन्टमा कार्यरत छन्, हेमन्त प्रधान । तर, चार महिनायता उनी पञ्जिकरणको काम पनि गरिरहेका छन् ।

334
अमरराज आचार्य
शुक्रवार, भदौ २०, २०७६

एक साताअघि देउखुरी गढवा–४ कटेयान गाउँ निवासी शर्मिला चौधरी विद्यालय जान घरबाट हिँडिन उनी गढवा गाउँपालिका–५ स्थित चैनपुर माध्यमिक विद्यालयमा पढ्छिन । घरबाट करिब आधा घण्टाको दूरीमा रहेको विद्यालयमा पुग्नै लाग्दा फर्किनु पर्ने बाध्यता भयो । जसको कारण हो गढवा गाउपालिका–५ मा रहेको दंगाली खोला । खहरे खोला उर्लिंदै ठूलै भेल आइरहेको थियो । तर्न सक्ने अवस्था थिएन । खोला काट्यो भने विद्यालय आइहाल्थ्यो तर खोला तर्न नसक्दा घर फर्कनु प-यो । खोलाको ढिकबाट विद्यालय हेरिन् र निराश भएर घर फर्किन् ।

307
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत मुगुमा पहिलो पटक सिमी जोन कार्यक्रम लागू भएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि १ करोड ७७ लाख ४८ हजार रुपैयाँ कार्यालय व्यवस्थापन, प्रशासनिक खर्च, कार्यक्रम खर्चलगायत अन्य खर्च गर्ने गरी सिमी जोन कार्यक्तम लागू भएको हो ।

331
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिका बासिन्दाले व्यवासायिक रुपमा उन्नत जातका गाई पालनबाट गाउँकै विकास गरेका छन् । नेपाल सरकारले शुरु गरेको कवुलियती वन तथा पशु विकास अवधारणाअनुसार स्थानीयवासी उन्नत जातको गाई पालनमा जुटेका हुन् । जिल्लाका अधिकांश क्षेत्रमा स्थानीयवासीको जिम्मामा रहेका वनलाई कवुलियती वनमा परिणत गरी ४० वर्षसम्म समूहलाई जिम्मा दिने निर्देशिकामा उल्लेख भए बमोजिम स्थानीयले विगत तीन वर्षदेखि सेरी वन समूह बनाई डाँडा खोलामा डाले घाँस रोपेर वन संरक्षण पनि गर्दै आएका छन् ।

260
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

बेनी नगरपालिका–७ मंगलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले तीन तले ९ कोठे भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन निर्माणको एक करोड ६४ लाख १४ हजार रुपैयाँमा विसं २०७४ असार ४ गते ठेक्का सम्झौता भएको थियो ।

259
सागर परियार
बिहिवार, भदौ १९, २०७६

चन्दननाथ नगरपालिका–१ निवासी जगतबहादुर रावतको घरमा सोमबार राति आगलागी भयो । बिजुलीको तार सट भएपछि एक्कासि घरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि नगरपालिकामा रहेको दमकल बोलाउँदा आएन । जसका कारण आगलागीबाट करोडौंको क्षति भएको आगलागीपीडित जगतबहादुुर रावतको भनाइ छ ।

259
नरी बडु
बिहिवार, भदौ १९, २०७६

झट्ट सुन्दा दशरथचन्द नगरपालिका–५ को वडा कार्यालयले यो कस्तो क्षेत्रमा बजेट विनियोजन ग¥यो होला भन्ने लाग्न सक्छ । तर दशरथचन्द नगरपालिका–५ का स्थानीयको मुख्य समस्या भनेको बाँदर आतंक नै हो । सोही समस्याको मागअनुसार दशरथचन्द नगरपालिका–५ को कार्यालयले बाँदर धपाउन १० लाख विनियोजन गरेको छ । दशरथचन्द नगरपालिका–५ मा बाँदरले विगत केही वर्षदेखि आतंक मच्चाएकाले बाँदर व्यवस्थापनका लागि वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गरेको हो । बाँदरलगायत अन्य जंगली जनावर व्यवस्थापन गर्नका लागि उक्त रकम विनियोजन गरिएको दशरथचन्द नगरपालिका–५ का अध्यक्ष नारायणप्रसाद भट्टले बताए ।

214
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

दसैंको अग्रिम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनः बस्ने गरी स्थगित भएको छ । यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यवसायीहरूले आवश्यक कार्यहरू पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने बताइएको छ । ग्रामीण क्षेत्रकासडकहरूको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तिव्रताका साथ काम अघि बढाउनुपर्ने बताएको छ ।

249
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

रगत अभावका कारण अकालमा ज्यान गुमाउन परेको भन्दै संखुवासभाका महिला ब्लडबैंक स्थापना गर्न लागिपरेका छन् । बर्सेनि दर्जन बढी बिरामीले समयमै रगत नपाउँदा ज्यान गुमाउनु परेको भन्दै महिलाहरू ब्लडबैंक स्थापना गर्न कम्मर कसेर लागिपरेका हुन् । महिलाहरूले रेडक्रस श्रृर्जनशील रक्त सञ्चार सेवा केन्द्र नामबाट ब्लडबैंक स्थापनाका लागि बैंक खातामार्फत सहयोग संकलन गरिरहेको श्रृजनशील सामुदायिक विकास केन्द्र संखुवासभाकी अध्यक्ष राधादेवी बस्नेतले बताइन् ।

272
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरिरहेका छन् । दुवै पर्यटन वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधारहरु धमाधम निर्माण भइरहेका छन् । गत आर्थिक वर्षदेखि पर्वतमा झण्डै एक दर्जन भन्दा बढि पदमार्ग र ४८ स्थानमा होमस्टे सेवा निर्माण भएका छन् ।

234
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

महिनाको ४० हजार रुपैयाँ भाडा लाग्ने सरकारी कार्यालय छ, अधिकृत नेतृत्वमा सरकारी कर्मचारी छन्, तर जिल्लाको बर्दिवासमा चार वर्षअघि स्थापना भएको नापी कार्यालयबाट जनताले भने सेवा पाउन सकेका छैनन् । नापीलाई सघन जनसरोकारको कार्यालय मानिए कार्यालयका १५ कर्मचारी कामविहीन छन् ।

256
रोशन थापा
बुधवार, भदौ १८, २०७६

संघीय संसद्ले संसदीय समितिका सभापतिहरूका लागि खरिद गरेको गाडीमा गुणस्तरहीन पार्टपुर्जा प्रयोग भएको ठहर भएको छ । संसदीय समितिका सभापतिहरूका लागि किनिएका गाडी एक महिनामै बिग्रिएपछि छानबिन गर्न गठित समितिले यस्तो प्रतिवेदन तयार पारेको हो । छानबिन समितिले सो प्रतिवेदन मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ ।

273
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

धनगढी उपमहानगरपालिकाले मापदण्ड मिचेर सडकमै मनोरञ्जनका लागि भौतिक संरचना बनाएर सडक साँघुरो पारेको छ । धनगढी उपमहानगरपालिका–१, पार्कमोडबाट रंगशाला जाने सडकलाई साँघुरो पारेर नगरपालिकाले सन्ध्याकालीन कार्यक्रम आयोजना गर्नका लागि मञ्च बनाइरहेको हो । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पार्कमोड क्षेत्रमा विभिन्न संरचना निर्माण गरी मोटरेबल सडकलाई पैदलमार्ग बनाउन लागेको बताए ।

304