सागर परियार
आइतवार, कार्तिक २४, २०७६

स्थानीय सरकार आइसकेपछि सडक निर्माणलाई विशेष प्राथमिकता दिँदै बजेट छुट्याएका थिए । दुर्गमलाई सुगमसँग जोड्न, स्थानीय उत्पादित वस्तुको बजारीकरण गर्न, स्वास्थ्य सेवाको पहँुच पु¥याउन सडक निर्माण गर्न जुम्लाका आठै स्थानीय तहको प्राथमिकतामा थियो । तर बुझ्दै जाँदा भौगोलिक विकटता भएको ठाउँमा सडक निर्माण नभएको पाइएको छ ।

182
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

भीमदत्त राजमार्गका विभिन्न स्थानमा प्याचिङ गर्नका लागि टेण्डर आव्हान गर्दा पनि जिम्मेवारी लिने निर्माण व्यसायीले काम नगर्दा भीमदत्त राजमार्ग जीर्ण बन्दै जान थालेको छ । सडकमा परेको खाल्टा खुल्टीमा प्याचिङ नगर्दा भीमदत्त राजमार्गको गैरादेखि साहुखर्कका विभिन्न स्थानमा सडकको अधिकांश भागमा पिच उप्किँदा सडक जीर्ण बनेको छ । जसका कारण यातायात सञ्चालन गर्न समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय कुलपाते डोटीले विगत चार आर्थिक वर्षदेखि निरन्तर रूपमा ठेक्का गर्दा पनि भीमदत्त राजमार्गको डडेल्धुराको मेलखर्क साहुखर्कसम्मको खण्डमा प्याचिङ गर्ने काम हुन सकेको छैन ।

151
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

“६५ लाखमा उत्तिसको गोलिया ठेकेदारलाई बिक्री गरे ।” मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका लालबहादुर लिम्बुले भने, “सडकमा गाडी गुडेसँगै दैनिक उपभोग्य सामग्री सस्तियो । स्थानीय उत्पादनले भाउ पायो ।”

191
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

एकजना कर्मचारीले आठजनाको काम भ्याउनु पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ । तर सत्य यहि हो । इलाम माई नगरपालिकाका एक कर्मचारी केशवप्रसाद खनालले आठजना कर्मचारीको काम गर्नुपर्ने बाध्यता छ । केशव माई नगरपालिकामा खरिदार पदका स्थायी कर्मचारी हुन् । उनी अहिले नगरकार्यपालिकाभित्र योजना शाखा, जिन्सी शाखा र प्रशासन शाखाको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छन् ।

128
सागर परियार
आइतवार, कार्तिक २४, २०७६

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक खण्डमा भइरहेको ग्राभेल काम अलपत्र परेको छ । ग्रोभेलका लागि जिम्मा लिएको ठेकेदार कम्पनीले सम्झौता मिति सकिसक्दा पनि काम गर्न अटेरी गरेपछि ग्रोभेलको काम अलपत्र परेको हो । नाग्म–गमगढी सडकखण्डको नाग्मदेखि आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने सम्झौता भएको थियो ।

127
दीननाथ बराल
आइतवार, कार्तिक २४, २०७६

पोखराका फुटपाथका व्यवसायी एवं व्यापारीहरुले आफूहरुलाई विकल्प दिनुपर्ने माग राख्दै पोखरा महानगरपालिकामा धर्ना दिएका छन् । पोखरा क्षेत्रमा जथभावी रुपमा देखा परेका फुटपाथलाई व्यवस्थापन गर्न महानगरले कारवाही गर्ने अल्टिमेटम दिएसँगै पोखराको फुटपाथ एवं सडक छेउमा व्यापार गर्दै आएकाहरुले बुधबार महानगरमा धर्ना दिँदै नारा जुलुस प्रर्दशन गरेका हुन् ।

122
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

“गाई भैंसीलाई पानी खुवाउँथ्यौं,” ६० वर्षीया मिङमादोर्ची शेर्पाले भनिन्, “गाउँपालिकाले संरक्षण गरेसँगै मान्छे आउन थाले । भैंसी बस्ने आहाल त पैसा कमाउने पोखरी पो बन्यो ।” मेरिङ्देन गाउँपालिका–२ की शेर्पाका अनुसार पोखरी वरिपरि घेरावारा गरेसँगै मुहान संरक्षणमात्र भएको छैन, घुमफिर गर्न आउनेको संख्या बढ्न थालेको छ । स्थानीयले पिकनिक खान र घुमफिर गर्न आउनेलाई आलु, मकै तथा खाजा नास्ता बेचेर आम्दानी गरेका छन् । सान्थाक्रास्थित गुराँसे पोखरी संरक्षणको कामसँगै पिकनिक खान र पोखरी अवलोकन गर्न आउनेको संख्या बर्सेनि बढ्न थालेको छ । गाउँपालिका पुग्ने जो कोही पोखरी जाने गरेका छन् ।

288
हरिश चन्द
सोमवार, कार्तिक २५, २०७६

खेतको बीच भागमा एउटा घाँसले छाएको छाप्रो । त्यही छाप्रो मुनि चल्छ डडेल्धुराको अमरगढी नगरपालिका–३ का राजबहादुर टमटाको दैनिकी । आफ्नो ठाउँमा आफ्नो सीपको सदुपयोग नगरेर हो या कामलाई सानो ठूलो भनेर विभाजन गरेर अचेल सबै जना विदेश नै जाने परिपाटि बढेर गएको छ । तर उनी भने विगत ३४ वर्षदेखि आरन व्यवसायमा डटेर काम गर्दैछन् ।

237
कृञ्जला पुलामी
सोमवार, कार्तिक २५, २०७६

‘दुर्गा देवकोटा’ दुधौली नगरपालिका– १० का वडा अध्यक्ष हुन् । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनै देवकोटा अहिले व्यावसायिक बाख्रापानल तर्फ लागेका छन् । वडाको आर्थिक समृद्धिका लागि आफंैबाट व्यवसाय सुरु गरिएको उनले बताए । दिँउसो वडा कार्यालय बाहेक बिहान, बेलुका नै वडावासीको लागि समय खर्चिने देवकोटा बाख्राको स्याहार सुसार गर्न पनि भ्याउँछन् । देवकोटा फुर्सदको समयमा बाख्राको रेखदेख, दाना, पानी दिनमा नै व्यस्त हुन्छन् ।

251
कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६

नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समिति बैठकमा लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपाली भूभाग समेटेर हालै सार्वजनिक भारतीय नक्साबारे छलफल गरेको छ । शनिबार गोरखामा सम्पन्न महासंघको सातौँ पूर्ण बैठकपछि २१ बुँदे घोषणापत्र जारी गर्दै महासंघले भारतीय नक्सा संशोधनको पहल गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

241
दिलबहादुर केसी
शुक्रवार, कार्तिक २२, २०७६

दोलखाको सिंगटी बजार माछाका लागि प्रख्यात छ । स्थानीय जातको माछा खाने पारखीहरूका लागि यो बजार महत्वपूर्ण मानिन्छ । तर, सिंगटी बजार भएर बग्ने नदी किनारमा अस्पताल र फार्मेसीबाट निस्किएका औषधीजन्य फोहोर यत्रतत्र देखिएको छ । सिंगटी बजार भएर बग्ने तामाकोसी नदी र सिंगटी खोलामा दैनिक माझीले माछा मार्छन् ।

575
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को बजेट बाँडफाँड गरिएको छ । प्रतिनिधिसभाका साँसद हरिराज अधिकारीको संयोजकत्वमा बसेको बैठकले कुल ६ करोड रुपैयाँको बजेट विभिन्न योजनाका लागि बाँडफाँड गरेको हो । जिल्ला समन्वय समितिको प्रशासनिक खर्चबाहेक ३४ वटा योजनामा बजेट वितरण गरिएको साँसद अधिकारीले जानकारी दिए । कुल बजेटको ५० प्रतिशत रकम ५० लाखभन्दा माथिका योजनामा र बाँकी आधा बजेट १० लाखभन्दा कम नहुने गरी वितरण गर्नुपर्ने कार्यविधि अनुसार नै बजेट बाँडफाँड गरिएको उनको भनाइ छ ।

213
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन हुनुभन्दा अगाडि घर बनाएका सोलुखुम्बुका एक हजारभन्दा बढी भूकम्पपीडितले एकमुष्ट तीन लाख अनुदान रकम पाएका छन् ।

366
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

स्थानीयको आयआर्जनमा सुधार गर्ने उद्देश्यले यहाँका बस्तीस्तरमा बाख्रापालन र तरकारी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाइने भएको छ । स्वर्गद्वारी नगरपालिका अन्तर्गत रहेका विभिन्न ९ वटा वडाका बस्तीमा स्थानीय सम्भावनामा आधारित रहेर पकेट क्षेत्र निर्माण गर्न थालिएको हो । आड्रा नेपालको आर्थिक सहयोग तथा रूपान्तरण नेपाल, फूलबारी एकीकृत ग्रामीण विकास संस्था र नगरपालिकाको सहझदारीमा कृषि तथा जीविकोपार्जन परियोजना अगाडि बढाइने भएको हो ।

320
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६

यहाँका एक युवाले बाख्रा बिक्रीबाट मासिक एक लाख आम्दानी गर्दै आएका छन् । १४ वर्ष वैदेशिक रोजगारीका गएर फर्किएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर थालेको बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ ।

414