कृञ्जला पुलामी
शुक्रवार, कार्तिक २९, २०७६

सिन्धुलीको सुनकोशी गाउँपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरूको बजारीकरणका लागि केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गैरसरकारी संस्थाहरु सामुदायिक विकास कार्यक्रम सिन्धुली र मर्सिकोर नेपालसँगको समन्वयमा कुल २६ लाख ९ हजार रुपैयाँमा सुनकोसी कृषि उपज संकलन केन्द्रको निर्माण गरेको हो । जसमा गाउँपालिकाको १४ लाख ५१ हजार र दुई संस्थाको जम्मा ११ लाख रुपैयाँ लागत रहेको बताइएको छ ।

309
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६

यतिबेला पर्वत जिल्लाका विभिन्न गाउँमा किसानलाई धान काट्ने र थन्क्याउने चटारो छ । अन्य काम गर्न त्यति फुर्सद छैन, तर धान काट्न भने सबैलाई भ्याइनभ्याइ छ । रोजगारका लागि युवाहरु विदेशिएपछि पर्वत जिल्लाका गाउँमा कृषि मजदूरको अभावमा किसान समस्यामा परेका छन् । जिल्लाको धानको पकेट क्षेत्र मानिने कुश्मा र फलेवास नगरपालिका, जलजला गाउँपालिकालगायतका ठाउँमा कृषि मजदूर नपाउँदा किसान समस्यामा परेकाछन् ।

161
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ । नगरपालिकाले एक कार्यक्रमकाबीच यसपटक नगर बस सञ्चालनमा ल्याएको हो ।

339
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

करिब दुई दशकपछि जनप्रतिनिधि पाएर खुसी भएका नेपाली जनता झन्डै साढे दुई वर्ष बित्दा पनि जनअपेक्षाअनुरुप काम नहुँदा गुनासो गरेका छन् । चुनाबको बेला चर्कोचर्को चुनावी नारा लिएर मैदानमा उत्रेका जनप्रतिनिधिले काम गर्न नसक्दा गुनासो गरेका हुन् । ढिलासुस्ती, कामचोर कर्मचारीतन्त्रबाट आजित जनताले जनप्रतिनिधिबाट अपेक्षा अनुरुप कार्य हुन नसकेपछि एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका जनता गुनासोको पोको बोकेर हिँड्ने गरेका छन् ।

302
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

जिल्लाको सदरमुकाम घोराहीमा एक टोल विकास संस्थाले आफ्नो क्षेत्रभित्र व्यवसाय गर्दै आएका व्यवसायीबाट गैरकानुनी रुपमा सहयोग रकम लिने गरेको छ । घोराही उपमहानगरपालिका–१५ भीमसेन टोल विकास संस्थाले टोलमा व्यवसायी गर्दै आएका व्यवसायीसँग रकम लिएको हो । संस्थाले व्यवसायीलाई सहयोग भनेर नगदी रसिद काटेको छ ।

372
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

खानेपानीमन्त्री वीना मगरले अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन हुने मिनरल वाटर निर्यात गर्ने योजना बनाउनुपर्ने बताएकी छन् । नेपाल खानेपानी संस्थान काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्र प्लान्टको बुधबार निरीक्षण गर्ने क्रममा उनले नेपालको पानी विदेश निर्यात गर्ने योजना बनाउनुपर्ने बताएकी हुन् ।

260
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा लैंगिकमैत्री बजेट तर्जुमा र कार्यान्वयनमा चुनौति देखिएको छ । प्रदेशका स्थानीय तहहरूमा लैंगिकमैत्री बजेटबारे प्राविधिक ज्ञानको अभाव र महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा कर्मचारी नहुँदा यस्तो समस्या आएको हो । कतिपय स्थानीय निकायहरूले लैंगिकमैत्री बजेट तर्जुमा गरेको भएपनि कार्यान्वयनमा समस्या आएको जनाएका छन् ।

256
दिलबहादुर केसी
बिहिवार, कार्तिक २८, २०७६

नेपाल–चीन सीमामा पर्ने दोलखाको बिगु गाउँपालिका–१ लप्चीस्थित कोर्लाङपारिको ५७ नम्बर सीमा स्तम्भ भेटिएको छ । सीमा स्तम्भ नभेटिँदा अन्यौलको स्थिति भइरहेको बेला स्थानीयले पुरानै ठाउँमा सीमा स्तम्भ फेला पारेका हुन् ।

1850
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

फुङलिङ नगरपालिकाको चालू आव ०७६÷७७ मा साउनमा योजना सम्झौता र भदौदेखि काम भन्ने नारा नारामै सीमित बनेको छ । चालू आवको चौथो महिना बित्न लाग्दासमेत स्वीकृत योजना सम्झौताको काम सुस्त छ । चालू आव ०७६÷७७ मा स्वीकृत योजनामध्ये आइतबारसम्म २६ वटा योजनाको मात्र सम्झौता भएको छ । ५६ वटा योजनाको उपभोक्ता समिति दर्ता भएको छ । १ सय १८ वटा योजनाको स्टिमेट तयार छ । नगरपालिकामा ३ सय वटा योजना स्वीकृत भएका छन् ।

291
दीननाथ बराल
बुधवार, कार्तिक २७, २०७६

पोखराको पहिचान जेठोबुडो धान संरक्षण गर्न कृषकहरुले आग्रह गरका छन् । पोखरामा शहरीकरणका कारण खेतियोग्य जमिनमा घर तथा भवन निर्माण हुन थालेसँगै पोखराको पहिचान भएको जेठोबुढो धान संरक्षण गर्न कृषकहरुले आग्रह गरेका हुन् । पोखरा २५ हेमजाका शालिकराम बाँस्तोलाले पोखराको पहिचान बनाएको जेठोबुढो धान खेतीयोग्य जमिनमा घर तथा भवनहरु निर्माण हुनु र नयाँ हाइब्रिड जातको धानले गर्दा पोखराबाटै जेठोबुढो धान लोप हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

335
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी र लिपुलेक नेपालतर्फै रहेको नक्सा सरकारले प्रकाशित गरेको बताएकी छिन् । राष्ट्रियताको सवालमा सरकारले खुट्टा नकमाउने बताउँदै उनले लिपुलेक र कालापानी नेपालकै भूमि रहेको नक्सा सार्वजनिक गरिसकेको बताइन् । अहिले लिम्पियाधुराको विषयमा देखिएको विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको पनि उनले जानकारी दिइन् ।

475
सागर परियार
मंगलबार, कार्तिक २६, २०७६

संघीयता आएको डेढ वर्षमै जुम्लाले सरकारी संरचना निर्माणले गति लिएको छ । साँघुरा भाडाका कोठाबाट सेवा दिनुपर्ने सरकारी कार्यालयको बाध्यता पनि हटेको छ । डेढ वर्षमै एकदर्जन सरकारी संरचना निर्माण भई सञ्चालनमा आउँदा सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ । जसअनुसार जुम्लामा नवनिर्मित सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय गत बिहीबार सहरी विकास मन्त्रालयका सचिव मदुसूधन अधिकारीले जुम्ला पुगेर उद्घाटन गरे ।

318
प्रकाश लम्साल
मंगलबार, कार्तिक २६, २०७६

पर्सा राष्टिय निकुञ्जभित्रको राजमार्गमा बढ्दो सवारी चाप र तीव्र गतिले वन्यजन्तु मारिने क्रम बढेसँगै चुनौतीसमेत बढेको छ । निकुन्ज विस्तारसँगै वन्यजन्तु सडक वरपर आउने भएकाले सवारीको ठक्करबाट मारिने क्रम बढ्दा वनयजन्तु बचाउन निकुन्जलाई चुनौती बनेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पर्सा राष्ट्रिय निकुन्जको पथलैयादेखि अमलेखगञ्जसम्मको ९ किलोमिटर सडकखण्डमा वन्यजन्तु सडक दुर्घटनामा परी मर्ने क्रम बढेको निकुन्जले जनाएको छ ।

332
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

समाजसेवी खिलनाथ अधिकारीेले त्रिपन्न लाख दुई हजार आठ सय उनन्चालीस रुपैयाँको अक्षयकोश स्थापना गरेका छन् । ओखलढुंगा, सुनकोसी–८ च्यानामबिर्तामा मानवमात्र नभई पशुपंक्षी र समग्र प्राणीको कल्याण होस् भन्ने उद्देश्य लिएर उनले नीलकण्ठनामक प्रतिष्ठानको स्थापना गरेका हुन् ।

249
अनुपमा खनाल
मंगलबार, कार्तिक २६, २०७६

गोरखा नगरपालिकाको तीनवटा वडाका लागि दरौंदी विरीमकाली पम्पिङ खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १०, ११ र १२ का स्थानीयको घर घरमा पानी पु¥याउने लक्ष्यका साथ आयोजनाको निर्माण सुरु भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लमजुङका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिए । सो आयोजनाको तीन वर्षअघि सर्वेक्षण गरेर लागत स्मटेट सहित एक करोड २० लाख रुपैयाँको लागतमा तीनवटा टयांकी निर्माण भइसकेको थियो ।

166