रासस
आइतवार, माघ २८, २०७४

महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ ।

1272
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको काम तीव्र रूपमा अगाडि बढे पनि ठेकेदारको लापरबाहीले डुडुवा शाखा नहरको काम अलपत्र परेको छ । डुडुवा शाखा नहरको निर्माणकार्य अलपत्र पारिएपछि स्थानीयले तत्काल काम सुरु गर्न माग गरेका छन् ।

1274
नीरज पिठाकोटे
आइतवार, माघ २८, २०७४

मुलुकको वैदेशिक व्यापारलाई सहज बनाउन निर्माण गर्न लागिएको वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा अवरोध सुरु भएको छ । आईसीपी निर्माणको अन्तिम अवस्था रहेको र केही दिनमै सञ्चालन हुने भनिए पनि जग्गाको मुआब्जा विवादका कारण स्थानीयले अवरोध गरेपछि सुरुमै विवादमा मुछिएको हो ।

1447
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

जिल्लाको छथर गाउँपालिकाका छथरपोखरीबासी भौतिक संरचना निर्माणका लागि वर्षात्को पानीको पर्खाइमा छन् ।

1156
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोला र नौलाको फोहर पानी पिउन बाध्य छन् ।

1175
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौंको खानेपानी योजना अलपत्र बनेको छ ।

2281
लक्ष्मी सापकोटा
बिहिवार, माघ २५, २०७४

सरकारले इन्धन कारोबारमा एकाधिकारप्राप्त नेपाल आयल निगमको संरचना परिवर्तन गर्ने भएको छ । परम्परागत ढाँचामा सेवा विस्तार गर्दै आएको निगमको संरचना परिवर्तन गरी समसामयिक बनाउन लागिएको सरकारले जनाएको छ । निगमलाई हालको सेवामूलकबाट पूर्ण रूपमा व्यवसायमूलक बनाई परम्परागत ढाँचालाई परिवर्तन गर्दै नयाँ संरचनामा लैजान लागिएको आपूर्ति सचिव अनिलकुमार ठाकुरले जानकारी दिए । “निगम कर्मचारी र सञ्चालक समितिबीच छलफल गरेर निगमका देखिएको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर रणनीति योजना तयार गर्न लागिएको छ,” सचिव ठाकुरले भने, “निगममा पुरानो मोडलको व्यवस्थापन रहेकाले त्यसलाई समसामयिक बनाउन लागिएको छ ।”

1299
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

खोटाङमा सडक विस्तारसँगै पुराना बजार विस्थापित हुँदै गएका छन् । मानिस ओहोरदोहोर गर्ने नाका तथा चोकमा बसेर वर्षांैदेखि पसल तथा होटल सञ्चालन गर्दै आएका व्यवसायी सडक विस्तारसँगै विस्थापित हुने भएका हुन् ।

1005
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

भूकम्पबाट घर क्षति भएकामध्ये तनहुँमा ८४ प्रतिशत लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझेका छन् । माघ १८ गतेसम्म निजी आवास पुनर्निर्माणका लागि १२ हजार ५९ जना लाभग्राहीले पहिलो किस्तावापतको ५० हजार रुपैयाँ बुझेको जिल्ला समन्वय समिति तनहुँले जनाएको छ ।

919
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

काभ्रेको भुम्लु गाउँपालिकाका २ वटा वडाका भूकम्पपीडित लालपुर्जा नभएकै कारण घर बनाउनबाट वञ्चित थिए । तर सरकारले लालपुर्जा नभए पनि सरकारी अनुदान दिएपछि उनीहरू धमाधम घर निर्माणमा लागेका छन् । भुम्लुमा पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । भुम्लु गाउँपालिकाको २ वटा वडामा लालपूर्जाविहीन भूकम्पपीडितले सरकारी अनुदान पाए पश्चात घर बनाउने कामले तीव्र गति लिएको हो ।

1002
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

निजी आवास पुनर्निर्माणका लागि दोलखामा हालसम्म २५ हजार ८४७ ले लिए दोस्रो किस्ता लिएका छन् । भूकम्पले भत्केका निजी आवास पुनर्निर्माणमा सुस्तता आइरहेको गुनासो आइरहेको बेला दोलखामा भने झण्डै आधा लाभग्राहीले दोस्रो किस्ता अनुदान बुझेका हुन् ।

743
लक्ष्मी सापकोटा
बुधवार, माघ २४, २०७४

विदेशी मुलुकबाट आयात हुने खाद्य पदार्थमा अनुमतिपत्र अनिवार्य गरिएको छ । लेबल नभएका गुणस्तरहीन खाद्यान्न भित्रन थालेपछि त्यसलाई नियन्त्रण गर्न खाद्यपदार्थ आयात गर्नुभन्दा पहिलै नै अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको हो ।

1119
रासस
मंगलबार, माघ २३, २०७४

पाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो ।

1229
प्रगति ढकाल
मंगलबार, माघ २३, २०७४

ति कम विकसित देश (एल.डी.सी.) हरुको विज्ञ समूह (लेग) को ३३ औं पूर्ण बैठकले नेपालको जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जलवायु वित्त ब्यवस्थापन शाखाका प्रमुख एवम् उप–सचिव नरेश शर्मालाई अध्यक्षको रुपमा चयन गरेको छ । अफ्रिकाको सावो तोमे एण्ड प्रिन्सेपमा मंगलवारदेखी शुरु भएको जलवायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत सन् २००१ मा स्थापित शर्माले उक्त विज्ञ समूहमा एशियाका अति कम विकसित देशहरुको तर्फबाट प्रतिनिधित्व गरेका हुन् ।

1009
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

डडेल्धुराको अमरगढी नगरपालिकामा सोलार छ, तर उज्यालो छैनभन्दा अचम्म लाग्न सक्छ तर यो साँचो हो । डडेल्धुरा सदरमुकाममा जडान गरिएका अधिकांश सोलार बत्ती एक वर्ष नपुग्दै बिग्रिएका छन् ।

923