सागर परियार
सोमवार, असार २२, २०७७

जुम्लामा सांसद विकास कोषको चार करोड बजेट स्याउ बगैंचा व्यवस्थापनका लागि खर्च गरिने भएको छ । जुम्लामा स्याउखेती विस्तार गर्न, स्याउबाटै जुम्लाको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षको सांसद विकास पूर्वाधार कोषको ४ करोड बजेट स्याउ बगैंचा, ओखर बगैंचा व्यवस्थापनमै लगानी गरिने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए ।

277
अमरराज आचार्य
सोमवार, असार २२, २०७७

जिल्लामा लोप उन्मुख स्थानीय बालीप्रति आकर्षण बढदै गएको छ । परम्परागत रुपमा गरिँदै आएका बालीहरु प्रति पछिल्लो समयमा आकर्षण बढेको कृषिका अगुवाहरु बताउँछन् । घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा वि स २०६४ सालदेखि यस क्षेत्रमा स्थानीय जात संकलन गर्ने र संरक्षण गर्दै आएको जनाएको छ । यसका लागि जिल्ला भरबाट उक्त स्थान छनोट गरिएको जैविक विविधता कृषि सहकारी संस्थामा संस्थापक अध्यक्ष राममणि पाण्डेले जानकारी दिए ।

268
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा कृषकलाई ह्याचरी मेसिन उपलब्ध गराएको छ । तीन वटा फर्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध गराइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै कुखुरा ब्यवसायीको मागलाई ध्यानमा रखेर ५० प्रतिशत अनुदानमा ३ वटा फर्म तथा सहकारीलाई मेसिन उपलब्ध गराइएको नगर प्रमुख खाँणले जानकारी दिए ।

295
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

नेपाल आयल निगमले दुर्गम जिल्लामा ड्रममा डिजेल राखेर कारोबार गर्न ‘प्याक्ड बिक्रेता’ का रूपमा अनुमति लिन निवेदन खुलाएको छ । प्याक्ड बिक्रेताअन्तर्गत अनुमति लिएकाहरूले डिजेलको मात्र कारोबार वैधानिक तरिकाले गर्न पाउँछन् । कुनै प्याक्ड बिक्रेताले जमिनमुनि ट्यांकी गाडेर पम्पसहित गुणस्तर तथा नापतौल विभागबाट अनुमति लिएर काम गर्ने व्यवस्था छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दुर्गम जिल्लामा ड्रममा डिजेल राखेर कारोबार गर्नका लागि प्याक्ड विक्रेता नियुक्त गर्नका लागि आवेदन खुला गरिएको जानकारी दिए ।

278
अमरराज आचार्य
आइतवार, असार २१, २०७७

घोराही बजारका उमेशसिंह राठोरले अटो चलाएर आफनो जिविका चलाउँदै आएका थिए । तर, कोरोनाका कारण सरकारले लकडाउन जारी गरेपछि उनले अटो चलाउन पाएका छैनन् । अटो चलाउन नपाए पछि घरको चुल्हो बल्न समेत समस्या भएको छ । उनले अटोबाट भएको आम्दानीले घर व्यवहार चलाउने गरेको बताए । उनले घर, जग्गा धितो राखेर अटो निकालेका थिए । “अहिले अटो नै चलाउन नपाए पछि कसरी घरको चुलो पाल्ने भन्ने चिन्ताले सताएको छ” राठोरले भने । उनले राहात समेत पाउन नसकेको बताए । बाध्य भएर अटो निकालेर सञ्चालन गरे पनि ट्राफिक प्रहरीले समाउने गरेको बताए ।

248
कारोबार संवाददाता
आइतवार, असार २१, २०७७

बजारमा अण्डा र कुखुराको मासुको मूल्य बढेको छ । लकडाउनले गर्दा माग अनुसार कुखुरा उत्पादन हुन नसक्दा मूल्य बढ्न गएको हो । बजारमा मासु र अण्डा दुवैको माग उच्च भएपनि सो अनुसार आपूर्ति हुन नसकेकाले मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । व्यवसायीका अनुसार जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा २५ रुपैयाँसम्म मूल्य बढेको छ । हाल बजारमा कुखुराको मासु प्रतिकेजी ३ सय ७५ रुपैयाँ पुगेको छ । जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० पुगेको छ भने अण्डा क्रेटको ३ सय ६५ रुपैयाँ पर्न थालेको छ ।

534
कारोबार संवाददाता
आइतवार, असार २१, २०७७

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसिमा शुक्रबार राति गएको पहिरोमा पुरिएका सातमध्ये ६ जनाको शव भेटिएको छ । एक जना भने शनिबार साँझसम्म बेपत्ता छन् ।

314
कारोबार संवाददाता
आइतवार, असार २१, २०७७

लमजुङमा भारत सहित अन्य देशबाट भित्रनेहरुको संख्या चारसय ३७ पुगेको छ । जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रणका निम्ती गठित क्वीक रेस्पोन्स टिमका अनुसार लकडाउन जारी भएपश्चात हालसम्म भारत सहितका अन्य देशबाट सो संख्यामा स्वदेश फिर्ता भएका हुन् ।

314
कारोबार संवाददाता
आइतवार, असार २१, २०७७

लमजुङका कोरोना संक्रमितहरुको संख्या बढेसँगै लकडाउनमा कडाइ गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित क्राईसिस म्यानेजमेन्ट सेन्टर सिएमसीको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर राख्दै अत्यावश्यक बाहेकका पसलहरु सञ्चालनको लागि समय सिमा निर्धारण गरेको छ । बैठकको निर्णय अनुसार औषधी बाहेकका अन्य पसलहरुलाई प्रत्येक दिन बिहान पाँच बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्रै खोल्न पाउने निर्णय भएको छ । बैठकले पेशा व्यवसाय सञ्चालनको क्रममा सुरक्षा सतर्कता र स्वास्थ्य प्रोटोकललाई अनिवार्य पालना गर्न समेत आग्रह गरेको छ ।

247
सागर परियार
शुक्रवार, असार १९, २०७७

जुम्लामा सांसद विकास कोषको चार करोड बजेट स्याउ बगैंचा व्यवस्थापनका लागि खर्च गरिने भएको छ । जुम्लामा स्याउ खेती विस्तार गर्न,स्याउबाटै जुम्लाको आर्थिक समृद्धी गर्ने लक्ष्यका साथ आगामी आवको सासद विकास पूर्वाधार कोषको ४ करोड बजेट स्याउ बगैचा,ओखर बगैचा व्यवस्थापनमै लगानी गरिने प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले बताए ।

440
प्रकाश लम्साल
शुक्रवार, असार १९, २०७७

खेतमा धान रोप्न गएका बेला परेको चट्याङले बारामा बिहीबार चार महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा खेतमा धान रोपीरहेका चार महिला किसानको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१२ शीतलपुरकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका–१ की ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतीदेवी महतो छन् । उनीहरू चारैजनाको घटनास्थलमै मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए

294
कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७

जिल्लाका अधिकांश क्षेत्रमा प्रवेश गरेको सलहले बालीनालीमा क्षति पु-याएको छ । जिल्लाका विभिन्न स्थानमा मकैबालीमा सलहले क्षति पु-याएको किसानले बताएका छन् । आइतबार जिल्ला भित्र्याको सलहले जिल्लाका अधिकांश क्षेत्रमा फैलँदै बालिनाली नष्ट बनाएको हो । सलहले बढी मात्रामा मकैबालीमा क्षति गरेको छ ।

369
कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७

धान रोपाइँको समय सकिनै लाग्दा पनि रासायनिक मल नपाएपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् । असारको मध्यमा धान रोपाइँको चटारोमा जुट्नुपर्ने कृषकहरुले मल नपाएपछि चिन्तित बनेका हुन् । सरकारले विभिन्न कार्यक्रम गरेपनि वास्तविक रोपाइँमा लागेका कृषकले भने रासायनिक मल नपाएको गुनासो गरेका छन् । “सबैलाई आ–आफ्नै चिन्ता छ हामीलाई भने रोपाइँ गर्ने समयमा रासायनिक मल पाएका छैनौं” वालिङ् नगरपालिकाकी कृषक मिना काफ्लेले भनिन् ।

259
कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७

जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ ।

288
लक्ष्मण ढुंगाना
बिहिवार, असार १८, २०७७

समयमै पानी परेका कारण यस वर्ष असार १५ अगावै बाँकेमा ४० प्रतिशत धान रोपाइँ सकिएको छ । सिँचाइ सुविधा नहुँदा हरेक वर्ष आकासे पानीको भरमा खेती गर्न बाध्य बाँकेका कृषकहरुले यस वर्ष भने समयमै धान रोपाइँ सुरु गरेका छन् । लकडाउनका कारण कृषकहरु फुर्सदिला भएका बेला समयमै पानी पर्नुका साथै कृषिमा यान्त्रिकरणको प्रयोग बढ्दै गएकाले यस वर्ष धान रोपाइँले तीव्रता पाएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म ४० प्रतिशत रोपाइँ सकिएको छ ।

351