कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा निर्माणाधीन १ करोड ६ लाख ४२ हजार लागतको सिँचाइ आयोजना निर्माण सम्पन्न नहुँदै भत्कन थालेको छ । योजनाका लागि प्रयोग भएको पाइपलाई टेवा दिन बनाइएका पोस्टहरू धमाधम भत्कन लागेका हुन् । प्राविधिक डिजाइनमा त्रुटि र गुणस्तरहीन निर्माणका कारण र लागत स्टिमेटअनुसारका सामान प्रयोग नहुँदा यस्तो भएको स्थानीयवासी बताउँछन् ।

997
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

भीमेश्वर नगरपालिकाले हालसम्म गरेको प्रगति मंगलबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख भरत केसीले मंगलबार नगरपालिकाले सबै वडाबाट सेवा थालनी गरेको बताए ।

869
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

नेपालगन्ज उपमहानगरले ट्राफिक व्यवस्थापन गर्न सुर्खेतरोडमा राखिएका डिभाइडर हटाउने अभियान सुरु गरेको छ । नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवल शमशेर राणाको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकको निर्णयानुसार सुर्खेतरोडको फोरलेन सडकमा भएका डिभाइडर उठाउन सुरु गरेको हो ।

1156
नीरज पिठाकोटे
बिहिवार, माघ १८, २०७४

सिमेण्ट उद्योगको मूख्य कच्चा पदार्थ क्लिंकर आयातमा देखिएको समस्याका कारण नेपाली सिमेण्ट उद्योगहरुले भोग्नुपरेको समस्यालाई उच्च प्राथामिकतामा राखेर कुटनीतिक पहल गर्न नेपाल सरकारलाई सिमेण्ट उद्योगीहरुले माग गरेका छन् । भारतको रक्सोल स्थित रेलवे यार्डमा वातावरण प्रदुषण भएको भन्दै क्लिंकर आयातामा रोक लगाएपछि कच्चा पदार्थको अभावमा उत्पादन नै बन्द हुने अवस्था भएको भन्दै सिमेण्ट उद्योगीहरुले यसको समस्या समाधानका लागि बिहिबार हुने भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणमा उच्च प्राथामिकतामा राखेर नेपाल सरकारले कुटनीतिक पहल गर्न माग गरेका हुन् ।

1082
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह गरेको छ । रिपोर्टर्स क्लब नेपालमा क्वाटर मिलियन अभियानले पत्रकार सम्मेलन गरेर मुलुक स्थापना भएको २५० वर्षको अवसरमा यसको औचित्यको बारेमा गहन अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिएको हो । क्वार्टर मिलियनका अभियन्ता प्राध्यापक आनन्द आदित्यले मुलुक स्थापनाको अवसर पारेर कार्यक्रम गर्नु र नेपालको गरिमाका बारेमा विश्वलाई चिनाउनु हरेक नागरिकको कर्तव्य रहने बताए ।

876
निरु अर्याल
बिहिवार, माघ १८, २०७४

प्रदेशसभाको बजेट प्रत्येक वर्षको असार १ मा आउने भएको छ । सरकारले तयार पारेको प्रदेशको आर्थिक कार्यविधि ऐनको मस्यौदाअनुसार प्रदेश अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गते आर्थिक वर्षको राजस्व र आम्दानीको व्यय अनुमान (बजेट) पेश गर्नुपर्ने भएको हो ।

1731
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

मुस्ताङस्थित कोरला नाका सञ्चालनका लागि सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कुटनीतिक पहल थालेको छ । कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी भएको हो । कोरला नाकानजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघि नै सञ्चालनमा आइसकेको छ ।

2827
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

धुलो र फोहरको सहरको उपमा पाएको नेपालगन्ज अब केही दिनभित्रै धुलो मुक्त सहरको रूपमा परिणत हुने भएको छ । नेपालगन्जको सुर्खेतरोडमा धुलो उडेर हैरान भएपछि सडकको धुलो संकलन गरी हटाउने कार्य तीव्र पारिएको छ । सुर्खेतरोडमा हिँड्ने पैदल यात्रुलाई धुलो उडेर हैरानी भएपछि नेपालगन्ज उपमहानगरले सुर्खेतरोड लगायतका मुख्य सडकहरूमा सरसफाइकर्मी परिचालन गरी सफाइ अभियान सुरु गरेको हो ।

1157
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग गठन प्रक्रिया अघि बढाउनका लागि बनाइएको नियमावलीको मस्यौदालाई दुई महिनापछि बल्ल अर्थ मन्त्रालयले स्वीकृति दिएको छ ।

1062
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा नदीको पानी गाउँमा लैजान थालिएको रसुवाघाट–कालापानी खानेपानी आयोजानको ९० प्रतिशत काम सकिएको छ । सुनकोसीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्टिङका लागि २०७२ साल चैत ११ गते उद्घाटन गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

1512
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

रुकुमपूर्व भूमे गाउँपालिका निवासी अमृत बुढाकी आमा पुस ३० गते रुखबाट लडिन् । उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगियो तर डाक्टरले यहाँ सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लान सल्लाह दिए ।

774
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

भूकम्पपछिको पुनर्निर्माणमा डकर्मी तालिम लिएपछि गाउँगाउँमा रोजगारीको अवसर सिर्जना भएको छ । डकर्मी तालिम लिएकाहरू अहिले पुनर्निर्माणलाई रोजगारीको माध्यम बनाइरहेका छन् ।

1491
लक्ष्मी सापकोटा
मंगलबार, माघ १६, २०७४

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पेट्रोलियम पाइपलाइन विस्तार सरकारकै कारण ढिला हुने भएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले आफ्नो तर्फबाट सवै काम पूरा गरे पनि समयमै सरकारले नीतिगत समस्या समाधान नगर्दा विस्तारमा ढिलाइ हुने भएको हो । पाइपलाइन विस्तार गर्न आवश्यक पर्ने पाइप भित्रिसके पनि पाइपलाइन विच्छ्याउने रुट व्यवस्थापन नहुँदा काम अगाडि बढ्न अझै केही समय लाग्ने देखिन्छ । पाइपलाइन विच्छ्याउने बाटोमा पर्ने रूख कटानका लागि वन मन्त्रालयले स्वीकृति नदिँदा विस्तारको काम सुरु हुन समय लाग्ने देखिएको नेपाल आयल निगमको भनाइ छ ।

1113
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

पहाडी जिल्ला तेह्रथुममा उत्पादित अदुवा निकासी नभएर त्यतिकै थन्किएको छ । निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो । बिर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउँगाउँबाट संकलन भएको अदुवा व्यापारीहरूले अटेसम्म गोदाममा र नअटेको सडकपेटीमै थन्काएका छन् ।

1201
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

देउखुरी गढवा गाउँपालिका–३ खैरा निवासी कुलुरकुमार थारु कुमालको छ दशक बढी जीवन माटोका भाँडा बनाउनैमा बितिसक्यो । आफुले थाहा पाउने बेलादेखि माटोबाट बन्ने सामग्री घण्टा , ठेगी, हाँडी, पाला, गमलालगायतका सामान बनाउन सिकेका कुलुरकुमालले अहिले पनि तिनै सामग्री बनाउँदै आएका छन् । तर माटो पनि सहज छैन, धेरै स्थानमा धाउनु पर्छ । बाढीले सजिलो माटोको खानी पुरिएको छ । त्यसैले धेरै खोला नालाको किनार धाउनुपर्छ ।

1263