कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

दोलखामा दैनिक कीर्तिमान हुने गरी नागरिकता वितरण भइरहेको छ । बिहान झिसमिसेमै जिल्ला प्रशासन कार्यालयमा नागरिकहरु आइपुग्छन्, साँझ अबेरसम्म कार्यालय खुल्छ ।

881
शिव बोहरा
बुधवार, भदौ ६, २०७५

नेपालमा सवारीसाधन भित्र्याउँदा न्यूनतम युरो–थ्री सरह मापदण्ड पूरा भएको हुनुपर्ने व्यवस्था छ । युरो स्ट्यान्डर्ड नै नभएका मोटरसाइकल जतिसुकै वातावरणमैत्री भए पनि भित्र्याउन पाइँदैन ।

1576
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ ।

1922
रासस
मंगलबार, भदौ ५, २०७५

 विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । 

1199
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

बाढीले बाँधमा क्षति पुराएपछि म्याग्दी र मुस्ताङस्थित करिब १६ मेगावाट क्षमताको दुईवटा जलविद्युत् आयोजना बन्द भएका छन् ।

1962
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

यहाँको सिद्धिचरण नगरपालिका–९, ज्यामिरेका शुक्रबहादुर मग्राती कुनै बेला ओखलढुंगा सदरमुकाम र सोब्रु वरपर मागेर खान्थे । उनी हातखुट्टाको सहाराले घिस्रँदै अरूसँग हात थापेर जीवन गुजारा गर्थे । जन्मजातै गोडा झिना र लुला भएका कारण उनको अवस्था दयनीय थियो । १४ वर्ष अगाडि जीवन गुजाराका क्रममा सोब्रु पुगेका शुक्रबहादुरमाथि मिसन अस्पतालमा आएका विदेशी डाक्टर ‘स्कट’ को आँखा प¥यो । डाक्टर ‘स्कट’ ले तत्कालै उनको अवस्था बुझे र उपचार सहयोग गरिदिए । उपचारपश्चात् उनी कम्तीमा हिँड्न सक्ने भए ।

1140
सागर परियार
मंगलबार, भदौ ५, २०७५

न्यायिक समिति क्रियाशील बन्दा जिल्ला अदालत जुम्लामा विगतमा भन्दा उजुरी कम पर्न थालेको पाइएको छ । गाउँघरमा हुने विभिन्न घटनाको मेलमिलाप कार्य न्यायिक समितिले गाउँमै गर्न थालेपछि अदालतमा उजुरी कम पर्न थालेका हुन् ।

1251
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

ढुंगा माटोको सानो चिटक्क परेको झुपडी, अनि खरको छानो हालेको दुई तले घरमा गुजारा चलेको थियो । त्यो पनि २०७२ वैशाखमा आएको भूकम्प तथा त्यसपछि आएका पराकम्पनले भत्कायो । घर भत्के पनि उनको मन भने भत्किएको थिएन ।

1050
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

जैमिनी नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित योजना वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी नियम बनाएको छ । वर्षायाम सुरु भएपछि योजना सम्झौता गर्ने र काम थाल्ने परिपाटीको अन्त्य गर्न बागलुङको जैमिनी नगरपालिकाले उक्त बाध्यकारी नियम बनाएको हो ।

524
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एन्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता गरिएको हो ।

709
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

नेपाल–भारत जोड्ने दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ५ तिगरममा रहेको झोलुङ्गे पुल बन्द भएको छ । शनिबार राति परेको अविरल वर्षासँगै तिग्रम पुलमा नेपालतर्फबाट पहिरो गएपछि पुलमा आवतजावत बन्द गरिएको हो ।

1679
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

बर्दियाको सबैभन्दा सानो गाउँपालिका गेरुवाले आफ्नो प्राथमिकतामा पूर्वाधार विकाससम्बन्धी योजनालाई राखेको छ । ‘समृद्ध गेरुवा गाउँपालिका निर्माणको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मूल नीतिलाई निरन्तरता दिँदै आर्थिक वर्ष ०७५/७६ का लागि पूर्वाधार विकाससम्बन्धी योजनालाई प्राथमिकतामा राखेको हो ।

1484
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

जिल्लाका स्थानीय तहमा आवश्यक मात्रामा अझै पनि कर्मचारी पुग्न सकेका छैनन् । कर्मचारी अपुग हँुदा काम गर्न समस्या भएको स्थानीय निकायले जनाएका छन् । जनप्रतिनिधि आएपछि सहज रूपमा सेवा लिने आशामा रहेका नागरिकलाई कर्मचारी अभावले पनि समस्या पार्ने गरेको बताउँछन् ।

852
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

पहिरो र भू–क्षयले जनजीवन कष्टकर बनेपछि विगू गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष आफैं स्थलगत निरीक्षणमा निस्किएका छन् । उनीहरू अहिले घरदैलो र टोलटोलमा पुगेका छन् । केही दिनदेखि ठाउँठाउँमा पहिरोका कारण विगू गाउँपालिकाको विभिन्न ठाउँमा क्षति पुगेको छ ।

958
कृष्ण न्यौपाने
सोमवार, भदौ ४, २०७५

व्यास नगरपालिकाले आव ०७३÷७४ मा कानुनविपरीत कर्मचारीलाई २० लाख रुपैयाँ थप सुविधा उपलब्ध गराएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा नगरपालिकाले उक्त आवमा थप सुविधावापत कर्मचारीलाई २० लाख ३९ हजार १८२ रुपैयाँ वितरण गरेको पाइएको हो । प्रतिवेदनमा उक्त खर्च कानुनविपरीत भएको उल्लेख गरिएको छ ।

782