कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात व्यवस्था कार्यालयको सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरूले घेराउ गरेका छन् । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा आन्दोलनमा उत्रिएका सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरूले २ घण्टा कार्यालय घेराउ गरेका हुन् ।

1883
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा परोपकार तथा मानवीय सहायता समिति गठन भएको छ । सेवामूलक कार्यमा समेत केन्द्रित रहेको एनआरएनए अभियानमा परोपकार तथा मानवीय सहायता समितिलाई महत्वपूर्ण मानिन्छ ।

1444
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

रौतहटको चन्द्रनिगाहपुरमा जिल्लाका स्थानीय तहका नगर प्रमुखहरूलाई बजेट तर्जुमासम्बन्धी जानकारी गराउने उद्देश्यले सञ्चालित दुई दिने गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

906
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीहरूलाई उद्योगमा लगानी गर्न सुझाव दिएका छन् । सबै सहकारी मिलेर उद्योगमा लगानी गर्न सके उत्पादन बढ्नुका साथै रोजगारीसमेत सिर्जना हुने पौडेलले बताए ।

939
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

क्रिकेट स्टेडियम निर्माणका लागि कंगारु एजुकेसन फाउन्डेसनले धुुर्मुस–सन्तली फाउन्डेसनलाई १ लाख हस्तान्तरण गरेको छ ।

1725
भगवान खनाल
बुधवार, बैशाख १९, २०७५

सरकारले राजनीतिक नियुक्तिहरूमा विज्ञहरूलाई मात्रै प्राथमिकता दिने नीति लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकता संयोजन समितिद्वारा सुशासन र विकासका प्राथमिकताका सम्बन्धमा सुझाव दिन गठित कार्यदलले राजनीतिक नियुक्तिहरूमा विज्ञहरूलाई मात्र नियुक्त गर्ने कार्ययोजना सरकारलाई बुझाएको हो ।

4283
शिव बोहरा
बुधवार, बैशाख १९, २०७५

सवारीसाधन आयात गर्दा तोकिने प्रदूषण मापदण्ड (युरो स्ट्यान्डर्ड) समयानुकुल स्तरोन्नति हुन नसक्दा जनस्वास्थ्यमा गम्भीर असर परिरहे पनि सरकार भने यसमा उदासिन देखिएको छ ।

1600
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

माई नगरपालिका–४ दानाबारीमा निर्मित विप्लव–सिर्जन स्मृति ब्रिगेड सहायक शिविरका संरचना नष्ट हुने अवस्थामा पुगेको छ । शान्ति प्रक्रियाका क्रममा तत्कालीन नेकपा माओवादी लडाकुका लागि निर्माण गरिएका अस्थायी शिविरका करोडौं मूल्यका संरचना नष्ट हुन थालेका हुन् ।

935
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

मंगलसेन नगरपालिकाले १४ वटै वडामा सबै प्रकारका सामाजिक सुरक्षाभत्ता सम्बन्धित वडामा पुगेर लाभग्राहीको हात हातमा वितरण गर्ने भएको छ ।

987
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

भारतीय रुपैयाँ अभावका कारण सप्तरीमा भारतीय नोटको बट्टा कारोबार निकै फस्टाएको छ । बैंकमा भारतीय रुपैया नपाउनु तथा यसैको फाइदा उठाउँदै केही व्यक्ति र व्यापारीले सयकडा ७ देखि १० रुपैया बट्टा लिएर भारु साटन थालेपछि स्थानीय तनावमा परेका हुन् ।

1481
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाका स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासक र राजस्व प्रमुखहरूलाई राजस्व सुधार कार्ययोजना, विपद व्यवस्थापन तथा वातावरणमैत्री स्थानीय शासन प्रणालीका बारेमा अभिमुखीकरण गराइएको छ ।

796
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

देश संघीयतामा गएसँगै पूर्वाधार विस्तारसँगै लगानी र आम्दानीको केन्द्र बनेको जिल्ला सदरमुकाम मार्तडी सुनसान हुन थालेको छ । सदरमुकाममा हुने चहलपहल स्थानीय तहका केन्द्रमा बढेको छ ।

2045
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

जिल्लामा रहेका स्थानीय तह तथा सरकारी कार्यालयका वेबसाइट लामो समयदेखि अपडेट भएका छैनन् । कतिपय कार्यालयले वेभसाइट निर्माण गरे पनि त्यसको प्रयोग नगरेको पाइएको छ ।

1061
रासस
मंगलबार, बैशाख १८, २०७५

तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ ।गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो ।

827
भीम गौतम
मंगलबार, बैशाख १८, २०७५

तोकिएको समयभित्र जलविद्युत् आयोजना निर्माण गर्न नसकेर उत्पादनमा ढिलाई गर्ने आयोजनाहरूलाई नेपाल विद्युत् प्राधिकरणले कडाइ गर्ने भएको छ । विद्युत् खरिद सम्झौता (पीपीए) मा उल्लेख भए अनुसारको उत्पादन मितिमा आयोजना सम्पन्न गर्न नसक्ने त्यस्ता आयोजनाहरूलाई प्राधिकरणले कडाइ गर्न लागेको हो ।

1249