रासस
मंगलबार, माघ २३, २०७४

पाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो ।

1149
प्रगति ढकाल
मंगलबार, माघ २३, २०७४

ति कम विकसित देश (एल.डी.सी.) हरुको विज्ञ समूह (लेग) को ३३ औं पूर्ण बैठकले नेपालको जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जलवायु वित्त ब्यवस्थापन शाखाका प्रमुख एवम् उप–सचिव नरेश शर्मालाई अध्यक्षको रुपमा चयन गरेको छ । अफ्रिकाको सावो तोमे एण्ड प्रिन्सेपमा मंगलवारदेखी शुरु भएको जलवायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत सन् २००१ मा स्थापित शर्माले उक्त विज्ञ समूहमा एशियाका अति कम विकसित देशहरुको तर्फबाट प्रतिनिधित्व गरेका हुन् ।

903
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

डडेल्धुराको अमरगढी नगरपालिकामा सोलार छ, तर उज्यालो छैनभन्दा अचम्म लाग्न सक्छ तर यो साँचो हो । डडेल्धुरा सदरमुकाममा जडान गरिएका अधिकांश सोलार बत्ती एक वर्ष नपुग्दै बिग्रिएका छन् ।

793
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

प्राविधिकको स्टिमेटबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण उदयपुर जिल्लाको ग्रामीण क्षेत्र कुरुप र यात्राका लागि खतरा बन्दै गएका छन् । सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकन बिना नै प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ ।

952
रेशमराज रोकाया
मंगलबार, माघ २३, २०७४

हुम्लाको सिमिकोट गाउँपालिका–७ डाँडाफयाको ग्वालेखोरका केल्सरा शाहीले २ वर्ष अगाडि महिनावारी भएको बेला चिसोले निमोनिया र टाइफाइट भएर ज्यान गुमाउनु पर्यो । उनी डाँडाफया कैलाश माविबाट ८ कक्षा उत्तीर्ण विद्यार्थी थिइन् ।

3008
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

नेपाल–भारत सीमानाका बेलहियाबाट पछिल्लो समय लागूऔषधको ओसार–प्रसार बढेपछि रुपन्देही प्रहरीले विशेष अभियान थालेको छ । सीमा क्षेत्रमा लागूऔषधको ओसार–पसार तथा प्रयोगकर्ता दिनानुदिन बढेपछि अहिले सर्वत्र चिन्ताको विषय बनेको छ । प्रहरीको सक्रियता जति बढे पनि लागूऔषधको दुव्र्यसनी घट्नुको सट्टा झन बढ्दो छ ।

1782
लक्ष्मी सापकोटा
मंगलबार, माघ २३, २०७४

पेट्रोलियम पाइपलाइन विच्छ्याउनका लागि १ हजार ९ सय रुख कटान गर्नुपर्ने अध्ययनले देखाएको छ । सडकको मध्यबिन्दुदेखि ११.५ मिटर पूर्वतर्फ सडक विस्तार गर्दा १ हजार ९ सय रुख कटान गर्नुपर्ने इन्डियन आयल कर्पाेरेसन(आइओसी)को प्राविधिक अध्ययनले देखाएको हो । यसअघि बाराको पथलैयादेखि अमलेखगन्जसम्म सडकको मध्यबिन्दुदेखि २२ किलोमिटर पश्चिमतर्फ सडक विस्तार गर्दा २५ हजार रुख काट्नपर्ने प्राविधिक अध्ययनले देखाएको थियो । सोहीअनुसार निगमले काम अगाडि बढाएको जनाएको छ ।

1099
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

पाँचथरका अधिकांश स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन । एकजना कर्मचारीलाई गाँउपालिकाको कार्यालयदेखि वडासम्मको काम थपिँदा सेवाग्राही मर्कामा परेका हुन् । “कर्मचारी अभाव छ । तीन चारजनाले गर्नुपर्ने काम एकजनाले गर्नु पर्दा कसरी छिटो छरितोको अपेक्षा गर्ने,” याङवर गाँउपालिकाका प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले भने ।

826
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

व्यास नगरपालिका र भूकम्पप्रविधि राष्ट्रिय समाज (एनसेट) बीच सहकार्य गरिने भएको छ । भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि व्यास नगरपालिकामा विगतमा सञ्चालन गरिएका प्रयत्नलाई संस्थागत गर्दै हाल अवलम्बन गरिएका प्रणाली र अभ्यासलाई थप व्यवस्थित र मजबुत बनाउन व्यास र एनसेटबीच शुक्रबार सम्झौता गरिएको हो ।

825
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

सूर्योदय नगरपालिकाले नगरभित्र पर्ने मेची राजमार्गका १५ मिटरभित्र बनाइएका घर टहरा भत्काउने निर्णय गरेसँगै नगरवासीमा त्रास पैदा भएको छ । सडकले छोएका १५ मिटरभित्र पर्ने घरटहरा नगरले हटाउन आग्रहसहितको सूचना जारी गरेसँगै उनीहरूमा त्रास पैदा भएको हो ।

1760
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

नेपाललाई जापान सरकारले पाँच हजार मेट्रिक टन चामल सहयोग दिएको छ । नेपाल सरकार र जापान सरकारबीच ३ करोड ५० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराउने सम्झौता भएको थियो । सोहीअनुसार जापानले पहिलो चरणमा पाँच हजार मेट्रिक टन चामल उपलब्ध गराएको हो । जापान सरकारले पहिलो चरणमा ५ हजार १ सय ७४ मेट्रिक टन चामल उपलब्ध गराएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

1232
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

जिल्लालाई पूर्ण सरसफाइ बनाउने गरी सञ्चालन गरिएको अभियान अहिले ठप्पजस्तै भएको छ । बजारी क्षेत्रमा सरसफाइ अभियान सञ्चालन भए पनि गाउँमा सरसफाइ अभियान सञ्चालन हुन सकेका छैनन् । गाउँमा खुल्ला दिसामुक्त अभियानको समयमा निर्माण गरिएका शौचालयसमेत भत्कन थालेका छन् ।

1728
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाबीच आपसी समन्वयको खाँचो रहेको सोकारवालाले बताएका छन् । सिमसार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले सिमसार संरक्षण तथा व्यवस्थापनका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन समन्वय आवश्यक रहेको बताएका हुन् ।

792
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

कालिञ्चोक गाउँपालिका–३ पोखरेकी सीता विकको आजभोलि व्यस्तता बढेको छ । विगतमा हिउँद लाग्ने बित्तिकै पानीको प्यासकै लागि बिहान र साँझ बिताउनु पर्ने दैनिकी अहिले फेरिएको छ । पानी लिन बिताउनु पर्ने समय तरकारी खेती र सरसफाइमा उनको दैनिकी बित्ने गरेको छ ।

900
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सरकारले वन क्षेत्रका निजी लगानी कर्तालाई प्रोत्साहन गर्ने भएको छ । सरकारले वन पैदावारको उत्पादकत्व वृद्धि गर्दै वनबाटै आर्थिक सुधार गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागेको हो । वन तथा भू–संरक्षण मन्त्रालयले वन संरक्षणका कार्यक्रम संरक्षणमुखी मात्रै भएकाले उत्पादनमुखी वन व्यवस्थापन हुन नसक्दा पर्याप्त आम्दानी गर्न नसकिएको निष्कर्ष निकाल्दै निजी क्षेत्रको विकल्प खोजेको हो ।

1361