कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

यस वर्षको एसइई परीक्षा सकिसकेको छ । एसईईपश्चात् धेरै विद्यार्थीहरू अबको यात्रा के कसरी अगाडि बढाउने भनेर सोचिरहेका छन् भने कोही कम्प्युटरलगायतका विभिन्न तालिम लिन सुरु गरिसकेका छन् ।

786
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

गृहमन्त्री रामबहादुर थापाले सुशासन र जनसेवा प्रभावकारी बनाउन चितवनका सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।

753
लक्ष्मी सापकोटा
आइतवार, चैत्र २५, २०७४

नेपालमा भारतबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण गर्न लागिएको बहुचर्चित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्तरुपमा पाइपलाइनको शिलान्यास गरेका हुन् । नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको साढे दुई वर्षपछि बल्ल शिलान्यास भएको छ ।

1382
मातृका दाहाल
आइतवार, चैत्र २५, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत बाँधका कारण उत्पन्न डुवान समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् । ३ दिने भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँगै जारी १२ बुँदे संयुक्त प्रेस विज्ञप्तिपछि सम्बोधन गर्दै डुवान समस्या समाधानबारे धारणा राखेका हुन् ।

971
कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मन्त्रालयअन्तर्गत रहेका केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाईहरू आगामी चैत २९ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने भएका छन् ।

1101
कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार (आज)देखि हुने भारत भ्रमणमा ऊर्जा क्षेत्रका चार एजेण्डामा छलफल हुने भएको छ । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेका अनुसार ४ सय केभीको न्यू बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन, ऊर्जा बैकिङ, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तथा दुई देशबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) बारे भारतले ल्याएको निर्देशिकाबारे छलफल हुने कार्यक्रम छ ।

2420
मातृका दाहाल
शुक्रवार, चैत्र २३, २०७४

गृह मन्त्रालयले महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेश लोहनीलाई जिम्मेवारीबाट मुक्त गर्दै हेडक्वार्टर फिर्ता बोलाएको छ । तस्करीबाट भित्रिएको भनिएको साढे ३३ केजी सुन गायव भएको विषयमा महाशाखाका अधिकारीको शंकास्पद भूमिका रहेको निष्कर्ष निकाल्दै थप अनुसन्धान तथा छानविनका लागि गृह मन्त्रालयले एसएसपी लोहनीलाई जिम्मेवारीबाट हटाएको हो । लोहनी बिहीबार नै प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

2527
मनोरञ्जन शर्मा
शुक्रवार, चैत्र २३, २०७४

पश्चिम नेपालका ६ र मध्य पश्चिमका ६ जिल्ला मिलाई बनाइएको प्रदेश नम्बर ५ लाई नेपालकै हिरा खानीभन्दा अन्युक्त नहोला । पछिल्लो समय प्रदेशमा लगानीकर्ताहरू आउने क्रम अझै बढेको छ । विशेष गरी दुई वर्षअघिको तराई÷मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीका क्रममा रुपन्देहीको भैरहवा नाका देशकै लाइफलाइनका रुपमा रह्यो । पूर्वबाट लगानीकर्ताहरू आउन थालेका हुन् ।

2179
लक्ष्मी सापकोटा
शुक्रवार, चैत्र २३, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारत भ्रमणमा लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट फुकुवा गर्ने विषयलाई पनि एजेन्डा बनाइएको छ । दुई वर्षदेखि अल्झिएको विषयलाई एजेन्डा बनेपछि ग्यासमा देखिएको कानुनी अवरोध हट्ने उद्योगीले अपेक्षा राखेका छन् ।

1644
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले छिमेकी राष्ट्र चीन र बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता (पीटीए) गर्ने बताएका छन् ।

1315
अमृता राई
बिहिवार, चैत्र २२, २०७४

खोरुंगा खोलामा रहेको झोलुंगे पुल जीर्ण भएको छ । म्याङलुङ, फेदाप र आठराई गाउँपालिका जोड्ने झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

1087
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

इटहरीको मुख्य बजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्न भन्दै इटहरी उपमहानगरपालिकाले सडकपेटिका रुख कटान गरेको छ । इटहरी उपमहानगरपालिकाले सडकपेटिमा रहेका पुराना ठूला रुख डोजर लगाएर काटेको हो ।

1127
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

यातायातको सिन्डिकेट तोडिएको लामो समय भइसक्दा पनी काठमाडौं पूर्वको अरनिको राजमार्गमा भने सिन्डिकेटको दबदबा कायमै छ । बुधबारदेखि १३ वटा समितिले अरनिको पूर्व राजमार्गमा सवारी नचलाउँदा यात्रु समस्यामा परेका हुन । मयूर यातायातले काठमाडौं बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि १३ वटा समितिले ग्रामीण र सहरी दुवै भेगका बस चलाउन छाडेका छन् भने उनिहरूले मयूरको इजाजत खारेजको माग गरेका छन् ।

1341
शिव बोहरा
बिहिवार, चैत्र २२, २०७४

यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम बलियो देखिएको छ । काठमाडौं–बनेपा रुटमा मयूर यातायातलाई पर्मिट दिएसँगै त्यहाँ सञ्चालित विभिन्न ११ समितिले बस नचलाइ बिरोधमा उत्रिएपछि सरकारले उक्त रुटमा नयाँ कम्पनीलाई रुट दिनथालेको छ । बुधबार काठमाडौं–बनेपा रुटमा पाँच नयाँ कम्पनीलाई रुट पर्मिट दिइएको हो ।

5083
रासस
बुधवार, चैत्र २१, २०७४

कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्दा गरेका कारण आज काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ ।

2435