कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

ऊर्जा मन्त्रालयले भारतीय कम्पनी प्रवद्र्धक रहेको ३ सय ५० मेगावाटको दूधकोसी–४ जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । विद्युत् विकास विभागले आयोजनाको प्रवद्र्धक कम्पनी केभीआर इन्डिया इन्फ्रा विद्युत् भेन्चरले माग गरेको कागजपत्र पेश नगरेको र समयमै आयोजना अघि नबढाएको भन्दै मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्रको दरखास्त खारेज गरिएको हो । ऊर्जासचिव अनुपकुमार उपाध्यायको सोमबारको सचिस्तरीय निर्णयले आयोजनाको अनुमतिपत्र खारेज गरिएको विभागले जनाएको छ ।

3332
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

स्थानीय सरकार निर्माण भएपछि विकास निर्माणले गति लिन थालेको छ । स्थानीयवासीले पनि स्थानीय सरकारले पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राखेर विकास निर्माण भइरहेको बताएका छन् ।

1060
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

जटिल रोगले थलिएका, आर्थिक रूपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा जापानबाट १२ लाख रुपैयाँ सहयोग जुटेको छ ।

520
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

जटिल रोगले थलिएका, आर्थिक रूपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा जापानबाट १२ लाख रुपैयाँ सहयोग जुटेको छ ।

567
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

सरकारले चुरे क्षेत्रमा रहेको सुखड तथा ढलेका काठ व्यवस्थापन गर्न नीति बनाउन नसकेको भन्दै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले आपत्ति जनाएको छ । सरकारलाई चुरे क्षेत्रमा अर्बौं मूल्य बराबरको काठ सडेर गइरहेको भन्दै पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले सुनुवाइ नगरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

1049
लक्ष्मी सापकोटा
मंगलबार, फाल्गुन २२, २०७४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आनावश्यक कर्मचारी हटाउन नेपाल खाद्य संस्थानलाई निर्देशन दिएका छन् । घाटामा गएको संस्थानले धेरै ज्यालादारी कर्मचारी भर्ना गर्दा थप आर्थिक भार बढ्नसक्ने भन्दै मन्त्री यादवले बढी कर्मचारी नराख्न निर्देशन दिएका हुन् । लामो समयदेखि घाटामा रहेको संस्थानमा आवश्यकताभन्दा बढी ज्यालादारी कर्मचारी नियुक्त गरिएको छ ।

2793
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

जिल्ला अस्पताल डोटीलगायतका स्वास्थ्य संस्थाका चिकित्सकहरूले १६ दिनदेखि काम ठप्प पारेका छन् । जिल्लाका डाक्टरहरूलाई सरकारी चिकित्सक संघले सुरक्षाको कारण देखाउँदै जिल्ला छाडी भन्दै काठमाडौँ आउन निर्देशन दिएको थियो । जिल्ला छोडेर गएका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिरी गराइरहेको छ ।

995
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

बिट्रिस वेलफेयर ट्रस्टले भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त जिल्लाकै सबैभन्दा पुरानो विद्यामन्दिर माविको ८ कोठे भवन निर्माण गरिदिने भएको छ । ट्रस्टले १ करोड ३५ लाख रुपैयाँको लागतमा ८ कोठे पक्की भवन निर्माण गरिदिने भएको हो ।

1382
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

कर्णाली राजमार्गमा रात्रीकालीन समयमा सवारी साधन चलाउने तयारी गरिएको छ । प्रदेश सरकार बनेपछि रात्रीकालीन यातायातका साधन चलाउन खुकुलो पारिने भएको हो ।

1547
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

जीतपुरसिमरा उपमहानगरको पूर्वाधार निर्माणका लागि चीनको एसियन इन्फास्ट्रक्चर डेभलप्मेन्ट बैंकले सहयोग गर्ने भएको छ । अर्बान इन्फास्ट्रक्चर डेभलप्मेन्ट प्रोजेक्टअन्तर्गत बैंकले उपमहानगरको सडक, पुल, आयस्रोतको पूर्वाधार निर्माणका लागि झण्डै दुई अर्ब लगानी गर्ने भएको हो ।

1118
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

डुडवा गाउँपालिका होलिया क्षेत्रमा गरिएको सरकारी सर्वेक्षणले कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ । यहाँका २५ प्रतिशत बालबालिका कुपोषणबाट पीडित छन् । तीमध्ये १० प्रतिशत बालबालिकामा कडा कुपोषण र १५ प्रतिशतमा मध्यम खाले पाइएको छ ।

1583
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

शनिबार काठमाडौंको टुँडीखेलमा भेला भएका हजारौं नेपालीले एकसाथ गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेका छन् । आयोजकका अनुसार करिब ७५ हजारको संख्यामा उपस्थितले धम्पपद वाचन गरेका छन् ।

1352
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेका छन् । संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँ बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमै बिक्री गरेका हुन् ।

1596
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

सुनलगायत अन्य वस्तु भएका धनी हुन्छन् कि तामा भएका ? पक्कै सुन, चाँदी, हिरा मोतिलगायतका वस्तु हुने नै धनी मानिएलान् । तर हुम्लामा भने तामा भएका परिवार धनी मानिन्छन् । जोसँग तामाका भाँडाकुँडा छ, त्यसैलाई सम्पन्न भएको मानिन्छ ।

2389
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

पर्यटन रोयल्टीवापतको रकम सोलुखुम्बु जिल्ला समन्वय समितिमा थन्किएको छ । हिमालको सलामी दस्तुरवापत जिल्लाले पाएको २१ करोड रुपैयाँ पर्यटन रोयल्टी रकम संघीय संरचना कार्यान्वयन पश्चात अन्योलमा परेको हो ।

1176