कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

राष्ट्रिय गौरवको आयोजना बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूल नहर सानोसानो परीक्षणका क्रममा समेत पटकपटक भत्किन थालेपछि सो नहरको गुणस्तरका बारेमा गम्भीर प्रश्न उठ्न थालेको छ ।

892
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

चितवनको ई समूहले आफ्नो संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठकोे स्मृतिमा पोखराको मोहरिया टोलस्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिरको मुख्य प्रवेश मार्गमा मूल प्रवेशद्वार बनाउने भएको छ ।

647
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

रोल्पाको सुकिदह गाउँपालिका जिनावाङमा किसानको बारीभरी लटरम्म स्याउ फलेका छन् । बारीमा स्याउ भए पनि किसानको दुःखको मूल्य भने पाउन सकेका छैनन् । रोल्पाकै नाउली, बडाढुंगालगायतका स्थानका किसानले बारीभरी स्याउ फलाए पनि व्यापारीको ध्यान पुग्न सकेको छैन । त्यसले गर्दा किसानले स्याउबाट राम्रो आम्दानी गर्न नसकेका हुन् ।

762
हरिश चन्द
मंगलबार, श्रावण १५, २०७५

डडेल्धुराका गाउँपालिकाहरुमा धमाधम वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भइराखेका छन । नवदुर्गा गाउँपालिकाले ९९.५ प्रतिशत भौतिक प्रगति र ९३.१४ प्रतिशत वित्तिय प्रगति भएका सार्वजनिक गरेको छ ।

902
प्रकाश पाक्साँवा
मंगलबार, श्रावण १५, २०७५

तेह्रथुमको ग्रामीण क्षेत्रमा लगाइएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । भित्र्याउन तयार भएको मकैबाली बाँदरले नष्ट गर्न थालेसँगै किसान चिन्तित बनेका हुन् ।

1098
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

इलाममा चिया बजार सहजीकरण डेस्क स्थापना हुने भएको छ । चिया उत्पादक सहकारी संस्थाबाट उत्पादित तयारी चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न बजार सहजीकरण डेस्क स्थापना गरिने भएको हो ।

832
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

गरिब घर परिचयपत्र वितरण गरिँदैछ भनेर वडा कार्यालय पुगेका धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका बुद्धिराम चौधरीले अतिगरिब परिचयपत्र पाएका छन् । शुक्रबार जब उनको हातमा वडा कार्यालयका कर्मचारीले अतिगरिब घर परिचयपत्र दिए, तब उनी अच्चम परे । धनगढीमा पक्की घरसहित डेढ बिघाभन्दा बढी जग्गा, एक इँट्टा उद्योग, ट्रयाक्टर छन् बुद्धिरामसँग । तर, सरकारले भने उनलाई अतिगरिब घर परिचयपत्र दियो ।

1407
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

शिक्षक सेवा आयोगका लागि अछाम जिल्लाबाट ४ हजार ६८५ जनाले आवेदन दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई अछाममार्फत उक्त संख्यामा आवेदन दर्ता भएका भएका हुन् ।

789
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य देवराज गुरुङ ताप्लेजुङ, १४ साउन जिल्लाको मेरिङ्देन गाउँपालिकाले उपभोक्ता समिति गठनसम्बन्धी मापदण्ड तयार गरेको छ । बहुविवाह र बालविवाह गरेकाहरू उपभोक्ता समितिको पदाधिकारी तथा सदस्यमा बस्न नपाउने मापदण्ड तयार गरेको हो ।

859
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानीमा जोड दिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त राजदूत साइगोको स्वागतमा आयोजित समसामयिक जापान–नेपाल आर्थिक सम्बन्ध विषयक छलफल कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

1416
रासस
सोमवार, श्रावण १४, २०७५

काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् ।

2132
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ ।

901
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

डडेल्धुरामा पहिलो पटक निकै महंगो मानिने रुख अगरवूडको खेती गर्न शुरुवाति थालिएको छ । १० बर्षमा हुर्कने अगरवूड खेती गराउन यस बर्ष किसानलाई वोटविरुवा वितरण गरिएका छन । एक किसानलाई दुई विरवाका दरले यस बर्ष छ सय ४५ किसानलाई विरुवा वितरण गरिएको नेपाल अगरवूड परियोजना सञ्चालन गरेको एसोसियसन अफ एग्रीकल्चर नेपाल डडेल्धुराले जनाएको छ ।

1983
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

सरोकारवालाले बाघको बासस्थान संरक्षणमा जोड दिएका छन् । आठौं अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा खुमलटारस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा आयोजित कार्यक्रममा बाल्दै सरोकारवालाले बाघको संरक्षण गर्न बासस्थानको पनि संरक्षण गर्न आवश्यक रहेको बाताएका हुन् ।

775
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

बाँकेमा यस वर्ष विगतको तुलनामा इँटा उत्पादन ४० प्रतिशतले घट्ने भएको छ । मंसिरदेखि जेठसम्म इँटा उत्पादनको समय हुने भएकाले सोही समयमा यस वर्ष पटक पटक वर्षा र हावाहुरी आएका कारण ठूलो परिमाणमा इँटा क्षति हुँदा उत्पादनमा ४० प्रतिशत कमी आउने इँटा व्यवसायीहरूले बताएका छन् ।

845