कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति स्याङ्जाले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि डकर्मी तालिम दिँदै आएको छ । अनुभवी डकर्मीलाई इन्जिनियरिङ तवरबाट घर निर्माण गर्न सहज होस् भनेर तालिम दिँदै आएको हो ।

904
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

सन् २०३० सम्म मुलुकको कायापलट गर्ने लक्ष्यसाथ ल्याइएको दिगो विकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल–एसडीजी) कार्यान्वयनको दोस्रो वर्षमै सरकारले आवश्यक लगानी जुटाउन समस्या भएको जनाएको छ । तर, विज्ञहरू भन्छन् : सरकारले आवश्यकताअनुसार आन्तरिक र वाह्य ऋण काढेरै भएपनि अघि बढ्न हिच्किचाउनु भएन, परम्परागत लगानी र खर्च प्रवृत्ति सुधार्नुपर्छ ।

1037
शिव बोहरा
सोमवार, चैत्र १९, २०७४

देशभर सञ्चालनमा रहेका करिब २ लाख सार्वजनिक सवारीसाधन करको दायरामा ल्याइएको छ । यसअघि संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका यातायात समितिहरूले राज्यलाई व्यवसायको एक पैसा पनि कर तिर्ने गरेका थिएनन् । आइतबारदेखि लागू हुनेगरी यातायात व्यवस्था विभागले जारी गरेको नयाँ निर्देशिकाअनुसार सार्वजनिक सवारी सञ्चालकहरूले अनिवार्य रूपमा पञ्जीकरण गर्नुपर्ने भएको छ ।

1501
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४९ को उपनियम (१) र (२) अनुसार सार्वजनिक निकायले खरिद कार्य गर्दा छुट्टै फाइल खडा गरि तोकिएका सवै कागजात व्यवस्थित राख्नुपर्छ

1403
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

सरकारी वेवास्ता र गैरजिम्मेवारीका कारण जडिबुटी व्यवसाय नै धरापमा परेको गुनासो सरोकारवालाहरूले गरेका छन् । पटक–पटक माग गर्दा पनि सरकारले विगतमा सुनुवाई नगरेकै कारण नेपालगन्ज नाकाबाट जडिबुटीको निकासी वर्सेनि घट्दै गएको र जडिबुटी भण्डारणको उचित व्यवस्था नहुँदा हरेक वर्ष लाखौंको जडिबुटी खेर जाने गरेको उनीहरूको भनाई छ ।

821
रासस
सोमवार, चैत्र १९, २०७४

विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत्् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ ।

1688
कारोबार संवाददाता
आइतवार, चैत्र १८, २०७४

सिन्धुलीका स्थानीय तहमा अझैसम्म वडास्तरीय मेलमिलाप केन्द्र स्थापना हुन सकेको छैन । केही स्थानीय तहले कार्यालय स्थापनाका लागि बजेट विनियोजन गरेको भए पनि कार्यालय स्थापनाका लागि कुनै काम भएको देखिँदैन । स्थानीय विवाद निरुपण गर्न स्थानीय तहका प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था भए पनि स्थानीय तहका वडाले यसबारे चाँसो देखाएका छैनन् ।

984
मनोरञ्जन शर्मा
आइतवार, चैत्र १८, २०७४

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले अबको दुई वर्षभित्र प्याज र गोलभेंडा आयातमा रोक लगाउने बताएका छन् । मन्त्री खनालले देशमा सम्भावना हुँदाहुँदै पनि कृषियोग्य जमिन बाँझै रहेको र नेपालमा उत्पादन हुन सक्ने कृषि उपजहरुसमेत छिमेकी देशबाट आउने क्रम बढेकाले अब यहीँ उत्पादन गरी आयात रोक्ने अवस्थामा पुग्नुपर्ने बताए ।

2641
शिव बोहरा
आइतवार, चैत्र १८, २०७४

सरकारले सार्वजनिक यातायातसहित समग्र सवारीका क्षेत्रमा देखिएको अराजकता रोक्न कार्यविधि तथा मापदण्ड ल्याउने भएको छ । यातायात व्यवस्था विभागले सवारी पञ्जीकरण, वर्कसप सञ्चालन, प्रदूषण (हरियो स्टिकर), ड्राइभिङ ट्रेनिङ सेन्टरलगायतका लागि निश्चित मापदण्ड तयार पारी लागू गर्ने तयारी अन्तिम अवस्थामा पुर्याएको छ ।

2619
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

पाल्पाको बगनासकाली गाउँपालिका–४ खानीछापमा रहेको हिमालयन आधारभूत विद्यालयमा वडा कार्यालय, अतिरिक्त हुलाक कार्यालय र पशुसेवा उपकेन्द्र सञ्चालन गरिएको छ ।

1089
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

आगामी १० वर्षलाई नवीकरणीय ऊर्जा वर्ष घोषणा गर्न प्रस्ताव गरिएको छ । ‘हरेक घरः ऊर्जा घर’ भन्ने अभियानका साथ काठमाडांैमा बिहीबारदेखि सुरु भएको नवीकरणीय ऊर्जा विकास तथा प्रविधिसम्बन्धी पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा यस्तो प्रस्ताव गरिएको हो ।

1963
भगवान खनाल
शुक्रवार, चैत्र १६, २०७४

धमाधम संविधान कार्यान्वयनमा लाग्नुपर्ने अवस्थाका प्रदेश र स्थानीय तहका सरकारी अधिकारी कुण्ठाग्रस्त पाइन्छन् । प्रदेश र स्थानीय तहका विजयी प्रतिनिधिमात्र हैन, कर्मचारीमा पनि उत्तिकै कुण्ठा छ ।

2198
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायित्वसँगै स्थायी सरकारको निर्माण भएकाले कानुन र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानी मैत्रीवातावरण सरकारले यथासक्य छिटो तयार गर्ने विचार व्यक्त गरेका छन् ।

811
भीम गौतम
शुक्रवार, चैत्र १६, २०७४

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको विद्युत्को भाउ झन महँगिदै जान थालेको छ । भारतीय विद्युत् मन्त्रीले छिमेकी राष्ट्रहरूलाई सस्तोमा बिजुली बेच्ने सार्वजनिक गरिरहेको र भारतमा सौर्य ऊर्जा (सोलार) को भाउ सस्तिँतै गएको तथा अन्य ऊर्जाका प्रविधिहरू पनि प्रतिस्पर्धात्मक बन्दै गएको बेला आयातित विजुली महँगिदै जान थालेको हो ।

995
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

दोलखाको तामाकोसी नदी आसपासमा सञ्चालित अधिकांश बालुवाखानी र क्रसर अवैध रहेको पाइएको छ । तामाकोसी नदीको अवैध रूपमा दोहन भएको गुनासो बढेपछि जिल्ला समन्वय समिति दोलखाले समिति नै बनाएर स्थलगत छानबिन गर्दा अवैध रहेको देखिएको हो ।

984