कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

विभिन्न ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तनहुँस्थित मना निर्माण सेवाका सञ्चालक महेन्द्र अधिकारी प्रमुख जिल्ला अधिकारीकै सामु नाटकीय रूपमा देखापरेका छन् । उनले ठेक्का लिएका तनहुँ, गोरखालगायतका जिल्लामा सञ्चालनमा रहेका झोलुंगे पुल, सडक पुल, सडक, भवन निर्माणलगायतका काम अलपत्र छ ।

975
कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित हुनु अगावै सन् २०१६ जुनमा नेपालको भूकम्प प्रभावित क्षेत्रलाई सहयोग गरेका राष्ट्रपति मुन जे इनले आफूले गरेको सहयोगलाई जारी राख्ने बताएका छन् । कोरियन प्रजातन्त्रिक पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचित भएका मुनले दुईपटक नेपाल भम्रण गरिसकेका छन् ।

1188
कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटीतेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटरमा ३ र डिजेल-मटीतेलमा २ रुपैयाँ मूल्य घटाएको हो ।

1008
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

यसपालि हामीले २ वटा उद्देश्य राखेर मेला आयोजना गरेका हांै । एउटा कुरा त जसले डेभर्लपरबाट बनेका घरहरू खोजिरहनु भएको छ ।

1007
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

दोलखामा गिटी–बालुवाको अभाव चुलिएको छ । गिटी–बालुवा अभावमा भूकम्पपछिको पुनर्निर्माणमा प्रभाव परेको छ । निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने मिति असार मसान्त नजिकिँदै छ । तर यही बेला बालुवा–गिटीसहितका निर्माण सामग्री अभावमा भूकम्पपीडित अन्योलमा परेका छन् ।

789
गोपाल संग्रौला
आइतवार, असार ३, २०७५

आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित, अतिसीमान्तकृत जाति समुदायलाई आवासको व्यवस्था गर्न ०६६/०६७ देखि सिराहा, सप्तरी तथा कपिलवस्तु जिल्लाहरूबाट सुरु भएको जनता आवास कार्यक्रम अहिले देशभर नै सञ्चालन हुँदै छ ।

1135
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुने बताएका छन् ।

987
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

मन्त्रालयगत बजेटलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मन्त्रीहरुमाथि जाइलागेका छन् । नेकपाका सांसदहरु शुक्रबार संसद् बैठकमै प्रतिपक्षी दलका सांसदभन्दा अघि बढेर मन्त्रीमाथि जाइलागेका हुन् । नेकपाका सांसदहरु खासगरी पर्यटन र खेलकुद मन्त्रालयको बजेट बाँडफाँडको विषयलाई लिएर आफ्नै पार्टीका मन्त्रीमाथि आक्रोशितरुपमा प्रस्तुत भएका हुन् ।

946
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देश जोड्ने अन्तरदेशीय प्रसारणलाइनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सम्झौता गर्न स्वीकृति दिएको छ ।

1596
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले नै आगामी आर्थिक वर्षको बजेटलाई लिएरसरकारको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा पर्यटन र खेलकुद मन्त्रालयका योजनालाई लिएर नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले तीब्र असन्तुष्टि जनाएका हुन् ।

678
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

बागलुङ नगरपालिकाले अस्वभाविक रूपमा करको दायरा बढाएको भन्दै स्थानीय उद्योगी ब्यवसायी असन्तुष्ट बनेका छन् । नगरपालिकाले करको भार स्थानीयले बहन गर्नै नसक्ने गरी बढाएको भन्दै नगरपालिकाको आलोचना गरेका हुन् ।

1184
लक्ष्मी सापकोटा
शुक्रवार, असार १, २०७५

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तै बजारमा उपभोग्य वस्तुका कृत्रिम अभाव भएर मूल्यवृद्धि भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी संयन्त्र कमजोर देखिएको छ ।

985
लक्ष्मी सापकोटा
शुक्रवार, असार १, २०७५

सरकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थानको महाप्रवन्धक बन्नका लागि संस्थानका पूर्वकर्मचारीदेखि विभिन्न क्षेत्रका व्यक्तिको दौडधुप सुरु भएको छ ।

904
भीम गौतम
शुक्रवार, असार १, २०७५

नेपाल राष्ट्र बैकले सार्वजनिक गर्न लागेको मौद्रिक नीति २०७५/०७६मा जलविद्युत्मा लगानी गर्ने ऋणको दायरा नबढाइए सरकारको लक्ष्य प्राप्त हुन नसक्ने देखिएको छ । सरकारले १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि अघिल्लो वर्षको मौद्रिक नीतिमा जलविद्युत् क्षेत्रमा बैंकहरूले ५ प्रतिशत ऋण लगानी गर्ने व्यवस्था कायम राख्ने लक्ष्य हासिल असम्भव देखिएको हो ।

1083
प्रगति ढकाल
शुक्रवार, असार १, २०७५

सरकारले वन क्षेत्रमा निजी लगानी आकर्षित गर्नका लागि कसरत गरिरहेको छ । वन बिकास र वन क्षेत्रबाट नै मुलुकको आर्थिक समृद्धि हासिल गर्नका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको भन्दै वनमा निजी लगानी बढाउने कसरतमा सरकार लागेको हो ।

887