कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

माण्डवी गाउँपालिका,२ मर्कावाङका मानबहादुर राउतले यो वर्ष झण्डै डेढ रोपनी जग्गामा गोलभेंडाखेती गरेका छन् । एक हजार सात सय बिरुवा रोपेका उनको गोलभेंडाले अहिले उत्पादन दिन थालेको छ । पहिले २÷३ सय बिरुवा लगाएर खेती गर्दै आएका उनले यस वर्ष व्यावसायिक गोलभेंडाखेती गरेका हुन् ।

1111
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

यहाँका आन्तरिक तथा बाह्य सडक लयमा आउन थालेका छन् । वर्षायाम सकिन लाग्दा जिल्लाका सडक सञ्चालनमा आउन थालेका छन् ।

1166
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिकाले वर्थिंग सेन्टरमा सुत्केरी गराए ‘रातोभाले’ दिने निर्णय गरेको छ । दुर्गम भेगका महिलालाई स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्छ भन्ने मानसिकताको विकास गराउने उद्देश्यका लागि स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराए रातो भाले दिने गरेको पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।

913
दिपक बोहरा
सोमवार, आश्विन ८, २०७५

नेपालीहरूको महान पर्व बडादसैँ आउन एक महिनामात्र बाँकी रहँदा पाँचथरका अधिकांश ग्रामीण सडक अझै सुचारु हुन सकेका छैनन् । सडक सुचारु हुन नसक्दा ग्रामीण व्यापारी र उपभोक्ता चिन्तित हुन थालेका छन् । दसैँ नजिकिए पनि पानी परिहेकाले सडक सुचारु हुन नसकेको हो । ग्रामीण सडक सुचारु हुन नसक्दा दसैँ र तिहारका लागि चाहिने खाद्यान्नलगायतका सामग्री गाउँगाउँ पुग्न कठिन भएको छ ।

945
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भएपनि अझैसम्म पुलको निर्माण अधूरो रहेको छ । 

1287
रासस
आइतवार, आश्विन ७, २०७५

वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ ।

3329
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

खजुरास्थित प्रशोधन केन्द्र रहेको कपास विकास समितिको आठ सय २५ बिघा जग्गा अतिक्रमण गरिएको छ । कपास खेती गर्ने गरिएको सो जग्गा २०५८ सालदेखि अतिक्रमण गरिँदै आएको छ । 

1400
रासस
आइतवार, आश्विन ७, २०७५

महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो ।

1357
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

देश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आर्थिक समृद्धि बिना मुलुकको विकास असम्भव भएको बताएका छन् ।

994
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

जनसंख्या वृद्धिसँगै, वनजंगल फडानी तथा वन्यजन्तुको चोरिशिकारी बढ्न थालेपछि जुम्लामा वन्यजन्तु अपराध नियन्त्रण अभियान थालिएको छ । पहिले घर आंगनमै देखिने रेढपाण्डा, डाँफे, चाखुरालगायत वन्यजन्तु, पशुपन्छी लोपोन्मुख अवस्थामा पुगेपछि, स्थानीय बचाउने अभियानमा जुटेका हुन् ।

1489
अनुपमा खनाल
आइतवार, आश्विन ७, २०७५

गोरखाका स्थानीय तहले नदीजन्य पदार्थ निकाल्न पठाएको कार्यसूची अर्थात् (टीओआर) जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रारम्भिक वातावरणीय परीक्षण आईईईको काम थाल्नकै लागि जिल्लाका ६ वटा स्थानीय तहले जिल्ला समन्वय समितिमा कार्यसूची पठाएका थिए ।

732
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाका केही सरकारी र निजी अस्पताललगायत शुक्रबार देशैभरिका अस्पताल, अपार्टमेन्ट र उद्योगबाट निस्कने ढलको अनुगमन गरेको छ ।

634
कारोबार संवाददाता
शुक्रवार, आश्विन ५, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ साल वैशाखको भूकम्पले क्षति पुर्याएका संरचनाहरुको पुनर्निर्माणका लागि आवश्यक पर्ने थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गर्ने बताएको छ ।

1740
केशव समर्पण
शुक्रवार, आश्विन ५, २०७५

विभिन्न माग राख्दै देशभरका सवारी चालकहरु आन्दोलनमा उत्रिएपछि त्यसको प्रत्यक्ष प्रभाव उद्योग क्षेत्रमा पनि देखिएको छ । सवारी चालकहरुले चारदिनदेखि सवारी नचलाउँदा हेटौंडामा रहेको करिब डेढसय उद्योगहरु प्रभावित भएका छन् ।

1444
कारोबार संवाददाता
शुक्रवार, आश्विन ५, २०७५

शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई समेत आग्रह गरेको छ ।

1093