अनिश शर्मा गैरे
बुधवार, श्रावण २, २०७५

गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुंगामा विगत वर्षमा जस्तै यो वर्ष पनि मंगलबारदेखि साउने मेला सुरु भएको छ ।

892
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान सुरु गरेको छ ।

2298
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

भिरालो जमिनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमिनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो ।

736
सागर परियार
बुधवार, श्रावण २, २०७५

जुम्ला पछिल्लो समय पर्यटकीय जिल्लाका रूपमा विकास हुदै गएको छ । संघीयता पछिको कर्णाली प्रदेश सरकारले जुम्लालाई पर्यटकीय सहरका रूपमा विकास गरिनेसमेत योजना अघि सारेको छ । यसै, त कर्णालीमा पर्यटकीय सम्भावनै सम्भावना छन् । जुम्लाको चन्दननाथ, भैरवनाथ मन्दिर, विश्वको अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो, पातारासी हिमाल, तातोपानी, गुठीचौर पाटनलगायतका क्षेत्र जुम्लाका आकर्षक पर्यटकीय स्थलहरू हुन् ।

815
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

जिल्लाका निर्वाचित जनप्रतिनिधिले एक वर्षपछि पारिश्रामिक बुझेका छन् । उनीहरुले शपथ ग्रहण गरेपछिको पारिश्रमिक एकमुष्ट बुझेका हुन् ।

619
शिव बोहरा
बुधवार, श्रावण २, २०७५

सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक वर्ष २०७४-७५ मा ट्रायल पास परेका तर राजस्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजस्व तिर्न बाँकी रहेका २-३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै रि–ट्रायल पनि हुने छैन ।

18020
कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५

असार १७ गतेदेखि परेको अविरल वर्षाले बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक र ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सडक अवरुद्ध भएपछि दैनिक आवतजावत गर्ने यातायातका साधन पनि ठप्प छन् ।

959
कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५

देवघाट–५ स्थित गलेश्वर आश्रमले सञ्चालन गर्दै आएको धर्मार्थ अस्पताल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गलेश्वर आश्रम र देवघाट गाउँपालिकाबीच अस्पताल सञ्चालनको विषयमा सोमबार सहमति भएको हो ।

777
रासस
मंगलबार, श्रावण १, २०७५

पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् ।

671
दीननाथ बराल
मंगलबार, श्रावण १, २०७५

पश्चिमाञ्चल क्षेत्रमा असार मसान्तरसम्म ६९ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । क्षेत्रीय कृषि निर्देशनालयले दिएको तथ्यांकअनुसार असारको अन्तिम सातासम्म पश्चिमाञ्चल क्षेत्रमा ६९ प्रतिशतले १ लाख १९ हजार ५ सय ५९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

1201
शिव बोहरा
मंगलबार, श्रावण १, २०७५

सार्वजनिक यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि सरकारले चैत १८ मा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका ल्यायो । यस्तै, सिन्डिकेट लागू गर्ने यातायात समिति साउन १ देखि नवीकरण नगर्ने निर्णय बैशाख ४ को मन्त्रिपरिषद्ले ग-यो ।

6023
कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५

स्थानीय तहको निर्वाचनमा प्रतिमतदाता ४ हजार ९ सय २३ रुपैयाँ खर्च भ्एको एक अध्यायनले देखाएको छ । यस्तै, औसतमा प्रतिउम्मेदवार नगरपालिका मेयरले १७ लाख ३८ हजार ६ सय ७३, उपमेयरले १३ लाख ८७ हजार २ सय ६६, गाउँपालिका अध्यक्षले १७ लाख ९ हजार ३ सय ५५ र उपाध्यक्षले ८ लाख २३ हजार ३ सय रुपैयाँ खर्च गरेको प्रतिवेदनले देखाएको छ ।

742
कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५

बीपी राजमार्गमा सवारी चलाउन पाउनुपर्ने माग राख्दै सिन्धुलीका ट्रक व्यवसायीले केही दिनदेखि आन्दोलन गरिरहेका छन् । ३२ सिटका साना बस र १३ टनसम्म भारवहन क्षमताका मालवाहक साधन चल्न पाउनु पर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

769
सागर परियार
सोमवार, असार ३२, २०७५

कर्णाली प्रदेश सरकारले आगामी तीन वर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गर्ने नीति ल्याएको छ । अभियानकै रूपमा लिएर प्रदेशका १० वटै जिल्लाका ग्रामीण बस्तीमा साक्षरता कक्षा सञ्चालन गरी सारक्षरता अभियानै थालिने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले साउन महिनादेखि कार्यविधि तयार गर्ने जनाएको छ ।

949
घनश्याम पौडेल
सोमवार, असार ३२, २०७५

वरिपरि सल्लै सल्लाले घेरेको जंगल, बारीको छेउ, गोठमा साना घरमा खर तथा टिनले छाएको छाप्रो । बिहान उज्यालो भएदेखि बेलुका रात नपर्दासम्म कडा मिहिनेत गरेर जीविका चलाउँदै आएका छन् अर्घाखाँचीका आरन व्यवसायी ।

1264