रासस
शुक्रवार, श्रावण ४, २०७५

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।

969
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

जिल्ला प्रशासन कार्यालयले द्वन्द्व प्रभावितका लागि १ करोड १४ लाख रुपैयाँ वितरण गरेको छ । कार्यालयले आव ०७४÷७५ मा २२१ जनालाई राहतवापत उक्त रकम वितरण गरेको हो ।

928
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

दोलखामा आधाभन्दा बढी भूकम्पपीडितले तेस्रो किस्ता रकम बुझेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखा सचिवालयको कार्यालयका अनुसार आधाभन्दा बढीले निजी आवास निर्माणतर्फ असार मसान्सम्म निजी आवास निर्माण सम्पन्न गरेर रकम बुझेका हुन् ।

1133
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

करोडौ रकम खर्च गरेर पप्पु कन्स्ट्रक्सनमार्फत निर्माण गराइएको नेपालगन्ज–जमुनाहा फोरलेन सडक ठाउँ ठाउँमा भत्किएर बेहाल भएको छ । सडक निर्माण गरिएको एक वर्ष पनि नपुग्दै सो सडक दर्जन बढी ठाउँमा भत्किएर खाल्डाखुल्डीमा परिणत भएको छ ।

1478
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

आपराधिक क्रियाकलाप कम गर्न सदरमुकाममा सिसी क्यामेरा जडान गरिएको छ । भोजपुर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय भोजपुरको पहलमा सदरमुकाममा सिसी क्यामेरा जडान गरिएको हो ।

851
रासस
शुक्रवार, श्रावण ४, २०७५

उद्यममा लागेका दश युवाले बडीगाड गाउँपालिकाबाट जनही १ लाख ४० हजारका दरले अनुदान पाएका छन् । युवा लक्षित कार्यक्रमअन्तर्गत ती युवाहरूलाई अनुदान दिइएको हो । अनुदान पाएका युवाले ७० हजार थप गरी कूल २ लाख १० हजार बराबरको लगानी गरेका छन् ।

873
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

झापा जिल्लाकै दोस्रो ठूलो पशुहाटले परिचित झापाको अर्जुनधारा–३ खुदुनाबारीमा आइतबार लाग्दै आएको साप्ताहिक पशुहाटमा पशुको व्यापार घटेकोे छ ।

852
रासस
बिहिवार, श्रावण ३, २०७५

चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् ।

894
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माणकार्य रोकिएको छ । निर्माणाधीन विद्युत् उत्पादन गृहमा बाढीले क्षति पु¥याएपछि निर्माणकार्य बन्द भएको आयोजना पक्षले जनाएको हो ।

993
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

गाउँगाउँमा बैंकको लागि चाहिने बलिया घर नभएपछि दोलखाको मुलुङ गाउँपालिका–४ मा भने सामुदायिक विद्यालयमा बैंकको शाखा सञ्चालन गरिएको छ । बैंकलाई पक्की भवन चाहिने भएपछि भीम माध्यमिक विद्यालयले पक्की भवन बैंकलाई भाडामा दिएर विद्यार्थीलाई भने छाप्रोमा अध्ययन गर्न बाध्य बनाएको छ ।

772
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

सेती नदीमा बाढी आउँदा व्यास नपा–१३ र रिसिङ गाउँपालिका– १ को सोढे जोड्ने मोटरेबल पुल सतहभन्दा केही तल झरेको छ । पुल ढलान गरेको दिनमा नदीमा ठूलो बाढी आएको कारण पुलको सतह १५ सेन्टिमिटर तल झरेको सडक डिभिजन कार्यालय तनहँुले जनाएको छ ।

819
प्रगति ढकाल
बिहिवार, श्रावण ३, २०७५

सरकारले भूकम्पले भत्किएका निजी आवास पुनर्निर्माण गर्नका लागि उपत्यकाका भूकम्पपीडितलाई हालसम्म ६० हजार क्युफिट चिरान काठ आपूर्ति गराएको छ । द टिम्बर कर्पोरेसन अफ् नेपाल (टीसीएन) मार्फत भूकम्प कारण घर भत्किएका उपत्यकावासीलाई हालसम्म ६० हजार क्युफिट चिरान काठ उपलब्ध गराएको हो ।

859
केशव समर्पण
बिहिवार, श्रावण ३, २०७५

सरकार सञ्चालनको लागि द्रुतमार्गबाट कानुन निर्माण गर्ने घोषणा गरेको ३ नम्बर प्रदेश सरकारले ५ महिना बितिसक्दा पनि अत्यावश्यक कानुन बनाउन सकेको छैन । प्रदेशसभा र सरकार गठन भएको पाँच महिनाको अवधिमा ११ वटा मात्र कानुन निर्माण भएको छ ।

824
शिव बोहरा
बिहिवार, श्रावण ३, २०७५

संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरूप प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७५-७६ का लागि सवारीसाधन करमा भारी वृद्धि गरेका छन् । प्रदेश सरकारहरूले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रूपमा लिएको देखिन्छ । आव २०७४-७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर तिर्दै आएका थिए ।

7898
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

नेपालमा जल यातायात नारायणी र कोसीमार्फत गंगा नदीबाट भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुकसँग जोडिने प्रचुर सम्भावना रहेकोमा नेपाल र भारतीय अधिकारीहरू सहमत भएका छन् ।

2492