कारोबार संवाददाता
बिहिवार, पुष १३, २०७४

कृषि विकास मन्त्रालयले चालू आर्थिक वर्षमा पहिलो प्राथममिकतामा राखेका ठूला परियोजनाको प्रगति ‘निराशाजनक’ रहेको पाइएको छ । तराई क्षेत्रमा बाढी पीडितका लागि ल्याइएको तत्काल राहतको कार्यक्रमदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्मको प्रगति निकै न्यून देखिएको हो ।

1030
कारोबार संवाददाता
मंगलबार, पुष ११, २०७४

नेपाल सरकारले जम्मा ७५३ वटा स्थानीय तहको संरचना कायम गरेको छ । जसमा ६ वटा महानगर, ११ वटा उपमहानगर, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका कायम भएका छन् ।

1883
कारोबार संवाददाता
शुक्रवार, पुष ७, २०७४

केन्द्रमा स्थानीय तह सबल र बलियो हुनुपर्छ भन्ने बहस जति चले पनि स्थानीय सरकारको इच्छाशक्ति अभावमा प्रदेश नम्बर २ को स्थानीय विकास प्रभावित बनेको छ । प्रदेश नम्बर २ का आठवटा जिल्लाको विकास निर्माणमा स्थानीय सरकारले अपेक्षित भूमिका निर्वाह गर्न नसक्दा पछि परेको विकासको कामले गति लिन अझै सकेको छैन ।

968
नीरज पिठाकोटे
आइतवार, पुष २, २०७४

रक्सोलवासीले प्रदूषण नियन्त्रणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोरलगायतका सिमेन्ट उद्योगहरूमा कच्चा पदार्थ अभाव हुने देखिएको छ । वर्षौंदेखि प्रदूषण नियन्त्रणको माग गर्दै आएका स्थानीयको माग पूरा नभएपछि पुनः आन्दोलन सुरु भएको छ । वीरगन्ज नाकाबाट करिडोरका सिमेन्ट उद्योगसहित मुलुकका अन्य स्थानमा स्थापना भएका उद्योगका लागि पनि औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ । सिमेन्ट उद्योगका लागि आयात गरिने कच्चा पदार्थहरू खुला तथा धूलोयुक्त (डष्टी कार्गो) हुने भएकोले त्यसले वातावरणमा प्रतिकुल प्रभाव पार्दा मानवीय स्वास्थ्यमासमेत असर पारेको भन्दै रक्सोलवासीले नियन्त्रणका लागि पटकपटक आन्दोलन गर्दै आएका छन् ।

1213
भगवान खनाल
शुक्रवार, मंसिर २९, २०७४

राजनीतिक व्यवस्था परिवर्तनपछिको संक्रमणकाल सकिएको छ । भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन तथा यही वर्ष सम्पन्न स्थानीय तह निर्वाचनपछि संक्रमणकाल टुंग्एिर संघीयताको जग बसेको हो । निश्चयनै मुलुकको अबको दिशा संविधान कार्यान्वयनसँगै आर्थिक–सामाजिक परिवर्तन गर्नु हो । भर्खरै सम्पन्न निर्वाचनले दिएको सन्देश पनि यही हो । बहुदलीय प्रजातन्त्रआएदेखि नागरिका विकास र परिवर्तनको आशा साँच्चिकै संघीयताले पूरा गर्ने कल्पना गरिएको छ । यसो भएमा राजनीतिक व्यवस्था परिवर्तनले पनि सार्थकता पाउँछ ।

1581
भीम गौतम
सोमवार, मंसिर १८, २०७४

भूकम्पपछिको पुनर्निर्माणका लागि नियुक्त भएका नयाँ इन्जिनियरहरूले तालिम अवधिको भत्ता नपाएको भन्दै सपथग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् । कानुनविपरित इन्जिनियरहरूले भत्ता माग गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उनीहरूको माग पूरा गर्न नसकिने जनाउँदै आएको छ । तर, प्राधिकरणले आयोजना गरेको सपथ कार्यक्रम बहिस्कार गरेर इन्जिनियरहरूले अराजक र अनुशासनहिन व्यवहार देखाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

927
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

बिगु गाउँपालिका– ४ लोङठोङकी देशीमाई तामाङ आजभोलि आफ्ना छिमेकीहरूलाई झटपट झोला छ कि छैन भनेर सोधीखोजी गर्ने गर्छिन् । झटपट झोला नहुने घरमा झटपट झोला राख्न उनी सुझाउन थालेकी छन् । लोङठोङकी अर्की टेकम तामाङ र शान्ति तामाङ पनि मेलापात जाँदा होस् वा घाँस दाउरा जाँदा सबैलाई झटपट झोलाका बारेमा सम्झाई बुझाई गर्छिन् ।

1051
शिव बोहरा
आइतवार, मंसिर १०, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै देशमा संघीयता पूर्ण कार्यान्वयनमा आउँदै छ । तर, यसअघि आञ्चलिक संरचनामा रहेका कार्यालय तथा निकायहरू अब भने केन्द्र, प्रदेश र स्थानीय तह कुन मातहतमा कसरी काम गर्ने हो भन्नेमा अन्योलमा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दर्ता कहाँ गर्ने, लाइसेन्स कुन निकायले दिने, अहिले भएका सवारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सामान्य छलफलभन्दा कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।

804
जगन्नाथ दुलाल
शुक्रवार, मंसिर ८, २०७४

राष्ट्रिय जनता पार्टीले नेपालले नेपाल बहुराष्ट्रिय देश भएको बताएको छ । महोत्तरीको जलेश्वरमा बिहिबार सार्वजनिक घोषणापत्रमा नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुराष्ट्रिय देश भएको उल्लेख छ । ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने मूल नारासहित राजपाले घोषणापत्र सार्वजनिक गरेको हो ।

802
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारले ७२ घण्टा सीमा नाका बन्द गर्ने भएको छ । निर्वाचन आयोगको निर्देशनपछि गृह मन्त्रालयले मंसिर ८ देखि ३ दिनसम्म चीन र भारतसँग सीमा जोडिएका देशभरका साना–ठूला सबै भन्सार÷नाका, चेकप्वाइन्ट बन्द गर्न लागेको हो । गृह मन्त्रलयका प्रवक्ता नरायणप्रसाद शर्मा दुवाडीले मंसिर ८, ९ र १० गतेसम्म सबै नाका वन्द गर्न निर्देशन दिइएको बताए ।

805
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १०, २०७४

करिब २० वर्षअघि सुरु भएको पाल्पाको ऐतिहासिक रानीमहल पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भग्नावशेष परिणत भएपछि पुरातत्व विभागको पहलमा मर्मत सम्भार सम्पन्न भएको हो । प्रेमको प्रतीकको रूपमा मानिने रानीमहल पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ । रानीमहल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य हो । रंगरोगन तथा मर्मत सम्भारपछि दरबारको मुहार फेरिएको छ । रानीमहल सदरमुकाम तानसेनबाट १७ किमिको दूरीमा अवस्थित छ ।

751
कारोबार संवाददाता
आइतवार, आश्विन २९, २०७४

विभिन्न निकायको सहयोगमा १ सय ४० भन्दा बढी विद्यालय पुनर्निर्माण भइसकेका छन् भने ८५ विद्यालय निर्माणाधिन रहेका छन् । पुनः २ सय ५० वटा विद्यालयमा ७ लाख २७ हजारका दरले ट्रस निर्माण गर्न रकम आएको शिक्षा मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा पुनर्निर्माण प्राधिकरणको सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत १७ विद्यालयको निर्माण सम्पन्न भएको छ ।

668
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १०, २०७४

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा झापाका निर्माण व्यवसायी आन्दोलित भएका छन् । सोमबार घरबाट अफिस जानेक्रममा काठमाडौंको बानेश्वरमा गौचनका गोली हानी हत्या भएपछि यहाँका व्यसायीहरु आन्दोलित बनेका हुन् । निर्माण व्यवसायी संघ झापाले गौचनको हत्याको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

669
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

कणालीमै पहिलो पटक विज्ञान प्रयोगशाला संचालनमा आएको छ । प्रयोगशाला भवनको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गरिन् । बुधबार जुम्लामा आयोजित एक कार्यक्रमका बिच भण्डारीले प्रयोगशालाको भवन औपचारिक उद्घाटन गरेकी ह’न् । उनले कर्णालीका बालबालिकालाई बैज्ञानिक शिक्षा तर्फ अग्रसर गराउने हेतुल विज्ञान प्रयोशाला निर्माण गरिएको प्रति खुसी समेत व्यक्त गरिन् ।

573
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

छथर गाउँपालिका–१ आङदिमका ज्ञानेन्द्र कार्कीले वैदेशिक रोजगारी छाडी गाईपालनबाट मनग्ये आमदानी गरेका छन् । उनको गोठमा अहिले विभिन्न जातका १२ वटा दुहुना गाई छन् । उनले वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गरेको बताए ।

557