लक्ष्मी सापकोटा
मंगलबार, पुष २५, २०७४

मुलुकमा लोडसेडिङ कम हुँदै गए पनि इन्धनको आयात भने झनै बढेको छ । गत वर्षदेखि लोडसेडिङको समस्या कम हुँदै गए पनि इन्धनको आयात भने बढेको हो । विकास निर्माणको कामले गति लिएपछि इन्धनको आयात बढेको बताइएको छ ।नेपाल आयल निगमले गतवर्षदेखि लगातार इन्धनको आयातमा वृद्धि भइरहेको जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले लोडसेडिङ कम भए पनि इन्धनको आयात झनै बढ्दै गएको बताए । “काठमाडौं उपत्यकामा पूर्णरूपमा लोडसेडिङ अन्त्य भए पनि निगमले त्यसको अनुभूति गर्न पाएको छैन,” निमित्त कार्यकारी निर्देशक भट्टराईले भने, “स्थानीय तहमा विकास निर्माणको काम तिव्ररूपमा भइरहेकाले इन्धनको खपत बढ्दै गएको देखिन्छ ।”

1015
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

मनाङमा भारी हिमपात भएको छ । मनाङसहित देशका अधिकांश हिमाली जिल्लामा हिमपात भएको जनाइएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष केही ढिला हिमपात भएको छ । मनाङमा आइतबारबाट हिमपात भएको र दिउँसोको तापक्रम माइनस १६ डिग्री सेल्सियस छ भने मध्यरातको तापक्रम माइनस २२ देखि माइनस २७ डिग्री सेल्सियससम्म पुगेको छ । पानी जम्दा खानेपानीको समेत समस्या भएको छ । पानीमा बरफ जम्दा त्यसको असर विद्युत्मा पनि देखिएको छ ।

1173
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

चितवन, २३ पुस (कास: पूर्वी चितवनमा खिचरा महोत्सव हुने भएको छ । थारु संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २८ गतेदेखि पूर्वीचितवनको खैरहनी–५ जवकौलीस्थित गौचरनमा खिचरा महोत्सव हुन लागेको हो । थारु समुदायको मुख्य पर्व माघी (खिचरा) को अवसर पारेर सो महोत्सव हुन लागेको हो । महोत्सव आयोजक मूल समितिका संयोजक नारायण महतोले थारु संस्कृतिको संरक्षण गर्न महोत्सवले सघाउने बताए । था

569
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

पुरचौडी नगरपालिकाले यस आवमा एक पटक पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन् । आव ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्नेमा कर्मचारीको लापरबाहीका कारण सामाजिक सुरक्षा भत्ताको बजेट निकासासमेत हुन सकेको छैन ।

619
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

दोलखाको मेलुङ गाउँपालिका–७ मेलुङमा ६१ वटा बालमैत्री धारा निर्माण गरेको छ । ठूला र बच्चालाई समेत प्रयोग गर्न सहज हुने गरी ती धारा निर्माण भएका हुन् ।

797
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

भरतपुर महानगरपालिकाले ६ महिनालाई लक्षित गरी बजेट सार्वजनिक गरेको छ । पहिलो नगरसभाले चालू आवका लागि अनुमानित बजेट सार्वजनिक गरेको हो ।

556
केदार दाहाल
आइतवार, पुष २३, २०७४

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ ।

607
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

निरन्तरको हुस्सुका कारण तराईका जिल्लाहरूमा सबै व्यापार व्यवसाय ठप्प बन्दै गएको छ भने जनजीवन नराम्ररी प्रभावित बन्न पुगेको छ । चिसो बढेसँगै हिँडडुल र काम गर्न समस्या भएपछि सातायता तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरूमा सबै क्षेत्र ठप्प भएका हुन् । अत्यधिक चिसोका कराण अहिलेसम्म तराईका विभिन्न जिल्लामा ९ जनाको मृत्यु भइसकेको छ ।

1275
लक्ष्मी सापकोटा
शुक्रवार, पुष २१, २०७४

सरकारले मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्यास उद्योगलाई बन्द गर्ने तयारी गरेको छ । ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन अनिवार्य गरिए पनि एक वर्ष बितिसक्दा अधिकांश उद्योगले गुणस्तर चिह्न नलिएपछि कारवाही गर्न लागिएको हो । मुलुकमा सञ्चालित अधिकांश ग्यास उद्योगले मापदण्ड पूरा नगरेपछि त्यसलाई सरकारले कडाइ गरेको हो ।

2394
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

वाणिज्य सचिव चन्द्र घिमिरेले राजस्व बढ्ने नाममा आयातलाई प्राथमिकता दिँदा मुलुकको व्यापार घाटा चुलिँदै गएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा गरेको ‘औद्योगिक विकास तथा व्यापार प्रवद्र्धन’ विषयक अन्तक्र्रियामा सचिव घिमिरेले आयात दर बढ्दै गएकाले व्यापार घाटा उच्च भएको बताएका हुन् ।

1112
सरस्वती ढकाल
बुधवार, पुष १९, २०७४

मुलुकमा नयाँ सरकारको प्रतीक्षा भइरहँदा अब बन्ने सरकारका लागि नीतिगत सुधारका पक्षमा भने धेरै काम गर्नुपर्ने देखिएको छ । प्रतिनिधिसभा निर्वाचनअघि सबै राजनीतिक दलले विकास र समृद्धिका आकर्षक नारा ल्याएकाले जुनसुकै समीकरणअनुसार सरकार बने पनि नयाँ सरकारका लागि आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न ऐन कानुनहरुको निर्माण, संशोधन र खारेजीलाई धेरै प्राथमिकता दिनुपर्ने अवस्था छ ।

1305
लक्ष्मी सापकोटा
बुधवार, पुष १९, २०७४

वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योगमा मानवीय कमजोरीका कारण आगलागी भएको स्थलगत अध्ययनले देखाएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको सरकारी छानबिन टोलीले निष्कर्ष निकालेको हो । सुपर ग्यास उद्योगमा हालै भएको दुर्घटनापछि त्यसको सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिले गरेको अध्ययनले व्यवस्थापकीय कमजोरीले दुर्घटना भएको फेला पारेको छ ।

951
कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४

वित्तीय अवस्था कमजोर भएका जलविद्युत् कम्पनीले साधारण सेयर निष्कासन(आईपीओ) गर्दा कम्पनीको अवस्थालाई स्पष्टसँग खुलाउनु पर्नेछ । नेपाल धितोपत्र बोर्डले कमजोर संस्थाले सेयर निष्कासन गर्दा लगानीकर्तालाई भुक्याउने गरेको हुनाले हाइलाइट गरेर विवरण निष्कासन गर्नुपर्ने व्यवस्था गरेको हो ।

884
कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४

नेपालमा रासायनिक विषादीको प्रयोग विश्वको तुलनामा निकै न्यून रहेको पाइए पनि प्रयोगमा भने असावधानी बढ्दो देखिएको छ । यस क्षेत्रसँगसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार कृषकले विषादी छर्केपछि पर्खनुपर्ने समय नपर्खीउपज बजारमा पठाउनाले उपभोक्ता स्वास्थ्य जोखिममा परेको छ ।

865
लक्ष्मी सापकोटा
सोमवार, पुष १७, २०७४

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मुलुकभर २ हजार ८ सयभन्दा बढी व्यावसायीक फर्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्ने जिम्मेवारी पाएको विभागले पछिल्लो चार महिनामा २ हजार ८ सय ७७ फर्ममा अनुगमन गरेको हो । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, तौलमा कमी, मिसावट, म्याद नाघेको सामान बिक्री, मनपरी मूल्य रोक्न विभागले दैनिकजसो बजार अनुगमन गर्ने गरेको छ । यस अवधिमा उपत्यकामा २ हजार ७ सय ३२ व्यवसायीमाथि अनुगमन गरिएको छ ।

1144