कारोबार संवाददाता
सोमवार, असार ११, २०७५

वैजनाथ गाउँपालिका–६ मा रहेको ५३० कित्तामध्ये २८ कित्ता जमिन स्रेस्ता बिना नै स्थानीय सरकारलाई कुनै जानकारी नगराई वितरण गरिएको पाइएको छ ।

820
कारोबार संवाददाता
सोमवार, असार ११, २०७५

बारा-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि १० हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् ।

851
भगवान खनाल
सोमवार, असार ११, २०७५

गतवर्ष ‘तदर्थ बजेट’मात्र ल्याएका स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष (२०७५-७६) का लागि पहिलोपटक व्यवस्थित बजेट ल्याएका छन् । गत वर्ष स्थानीय सरकार सञ्चालन ऐन नआउँदा अन्तरिम आदेशको भरमा बजेट ल्याएका स्थानीय तहले त्यसको तुलनामा आगामी आवको लागि प्रभावकारी बजेट ल्याएका हुन् । यद्यपि, अहिले पनि स्थानीय तहमा कानुनको अभाव छँदैछ ।

827
रासस
आइतवार, असार १०, २०७५

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजारलाई सुधार गरिएको छ । नगरपालिकामा दिक्तेल बाहेक अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक शुक्रबार हटिया लाग्ने पञ्चदोबाटो बजारको समग्र सुधार गरिएको हो ।

821
भगवान खनाल
आइतवार, असार १०, २०७५

सरकारले समपुरक र विशेष अनुदानको कार्यविधि तय नगरे पनि स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समपुरक र विशेष अनुदानका कार्यक्रम टेबुल गर्दैैछन् । बजेटमा समावेश नगरिकन कुनै पनि शीर्षकमा खर्च गर्न नपाइने भएकोले स्थानीय तहहरूले सशर्त र समानीकरण अनुदानका झैं समपुरक र विशेष अनुदानका योजना पनि टेबुल गर्दैछन् ।

1256
कारोबार संवाददाता
आइतवार, असार १०, २०७५

कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार मुलुक र जनताका आवश्यकता र चाहनालाई एकातिर पन्छाएर काल्पनिक योजनाका सपना बाँड्नेतिर मात्र लागेको बताएका छन् ।

742
राजेन्द्र बस्नेत
आइतवार, असार १०, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग धादिङको बेनीघाट–रोराङ गाउँपालिकामा चुनढुंगा खानी सञ्चालन गर्न सम्झौता गरेपछि स्थानीय उत्साहित भएका छन् ।

2125
रासस
आइतवार, असार १०, २०७५

के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो ।

1713
लक्ष्मी सापकोटा
आइतवार, असार १०, २०७५

सरकारले कर्णाली अञ्चलमा जन्म र मृत्युमा २० किलो चामल दिने कार्यक्रम लागू गरे पनि यसप्रति स्थानीयको आकर्षण घट्दै गएको छ । कर्णालीका ५ जिल्लामा जन्मँदा र मृत्युका बेला परिवारलाई वितरण गर्ने चामल लिन स्थानीय नआएपछि कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।

1128
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५

डडेल्धुराको आलिताल गाउँपालिकाले अवसरबाट वञ्चित र पिछडिएका वर्गको उत्थानमा टेवा पुग्ने किसिमका योजना तर्जुमा गरेको छ ।

859
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५

चालू आर्थिक वर्षमा करोडौं रुपैयाँ खर्च नभएर फ्रिज हुने अवस्थामा पुगेको छ । चालू आवको अन्तिम महिनामा पुँजीगत खर्च ५६.९४ प्रतिशतमात्र खर्च भएकाले विकासका लागि आएको रकम फर्कने निश्चित छ । यद्यपि, असारको महिनामा गरिने हतारको कामले केही बजेट खर्च भए पनि करोडौं रकम फ्रिज हुने अवस्था देखिएको हो ।

1216
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५

ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणका लागि छवटा कम्पनीले टेण्डर हालेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको टेण्डरमा धरहरा पुनर्निर्माणमा छवटा कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेश गरेका हुन् । प्राधिकणका सहसचिव राजुमान मानन्धरले नेपाली कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर टेण्डरमा भाग लिएको जानकारी दिए ।

2092
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५

जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीमा ६ वटा घर निर्माण भएका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेको मुसहर बस्तीमा ६ वटा घर निर्माण गरिएको हो ।

1045
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५

काठमाडौं महानगरपालिकाले ट्राफिक जाम न्यूनीकरणका लागि जीपीएस प्रणाली लागू गर्ने गृहकार्य अगाडि बढाएको छ । महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर जीपीएस प्रणाली लागू गर्ने गृहकार्य अगाडि बढाएको हो ।

656
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५

गैरआवासीय नेपाली संघले नेपाल पर्यटन प्रवद्र्धन उपसमितिको पहलमा नेपाल पर्यटन प्रवद्र्धनका लागि एक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

503