दिपक बोहरा
बुधवार, भदौ ६, २०७५

पाँचथरमा गरिबी निवारण कोषको करोडौं रुपैयाँको घुम्तीकोष जोखिममा परेको छ । विश्व बैंकको सहयोगमा ०६७ सालबाट सुरु भएको घुम्तीकोषको १७ करोड रुपैयाँ जोखिममा परेको हो ।

812
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा प्रविधिको अभाव छ । कार्यालयमा एक जना प्राविधिकबाट थप गरी हाल ८ जना प्राविधिक भए पनि उनीहरूले परीक्षण गर्ने कुनै प्रकृतिको प्रविधि भने प्रयोग गर्न नपाएको कार्यालयका प्रमुख कासीराज दाहालले बताए ।

541
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

प्यूठान नगरपालिका–९ मरन्ठाना बुढादेवीका एक किसान माछापालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । स्थानीय दिनबहादुर जिसीले १४ वर्षदेखि गर्दै आएको माछापालनबाट राम्रो आम्दानी लिएका हुन् । उनले २०६१ सालबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको गतिलो माध्यम बनेको छ ।

796
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

दोलखामा दैनिक कीर्तिमान हुने गरी नागरिकता वितरण भइरहेको छ । बिहान झिसमिसेमै जिल्ला प्रशासन कार्यालयमा नागरिकहरु आइपुग्छन्, साँझ अबेरसम्म कार्यालय खुल्छ ।

700
शिव बोहरा
बुधवार, भदौ ६, २०७५

नेपालमा सवारीसाधन भित्र्याउँदा न्यूनतम युरो–थ्री सरह मापदण्ड पूरा भएको हुनुपर्ने व्यवस्था छ । युरो स्ट्यान्डर्ड नै नभएका मोटरसाइकल जतिसुकै वातावरणमैत्री भए पनि भित्र्याउन पाइँदैन ।

1247
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ ।

1320
रासस
मंगलबार, भदौ ५, २०७५

 विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । 

974
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

बाढीले बाँधमा क्षति पुराएपछि म्याग्दी र मुस्ताङस्थित करिब १६ मेगावाट क्षमताको दुईवटा जलविद्युत् आयोजना बन्द भएका छन् ।

1028
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

यहाँको सिद्धिचरण नगरपालिका–९, ज्यामिरेका शुक्रबहादुर मग्राती कुनै बेला ओखलढुंगा सदरमुकाम र सोब्रु वरपर मागेर खान्थे । उनी हातखुट्टाको सहाराले घिस्रँदै अरूसँग हात थापेर जीवन गुजारा गर्थे । जन्मजातै गोडा झिना र लुला भएका कारण उनको अवस्था दयनीय थियो । १४ वर्ष अगाडि जीवन गुजाराका क्रममा सोब्रु पुगेका शुक्रबहादुरमाथि मिसन अस्पतालमा आएका विदेशी डाक्टर ‘स्कट’ को आँखा प¥यो । डाक्टर ‘स्कट’ ले तत्कालै उनको अवस्था बुझे र उपचार सहयोग गरिदिए । उपचारपश्चात् उनी कम्तीमा हिँड्न सक्ने भए ।

642
सागर परियार
मंगलबार, भदौ ५, २०७५

न्यायिक समिति क्रियाशील बन्दा जिल्ला अदालत जुम्लामा विगतमा भन्दा उजुरी कम पर्न थालेको पाइएको छ । गाउँघरमा हुने विभिन्न घटनाको मेलमिलाप कार्य न्यायिक समितिले गाउँमै गर्न थालेपछि अदालतमा उजुरी कम पर्न थालेका हुन् ।

837
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

ढुंगा माटोको सानो चिटक्क परेको झुपडी, अनि खरको छानो हालेको दुई तले घरमा गुजारा चलेको थियो । त्यो पनि २०७२ वैशाखमा आएको भूकम्प तथा त्यसपछि आएका पराकम्पनले भत्कायो । घर भत्के पनि उनको मन भने भत्किएको थिएन ।

678
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

जैमिनी नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित योजना वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी नियम बनाएको छ । वर्षायाम सुरु भएपछि योजना सम्झौता गर्ने र काम थाल्ने परिपाटीको अन्त्य गर्न बागलुङको जैमिनी नगरपालिकाले उक्त बाध्यकारी नियम बनाएको हो ।

379
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एन्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता गरिएको हो ।

544
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

नेपाल–भारत जोड्ने दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ५ तिगरममा रहेको झोलुङ्गे पुल बन्द भएको छ । शनिबार राति परेको अविरल वर्षासँगै तिग्रम पुलमा नेपालतर्फबाट पहिरो गएपछि पुलमा आवतजावत बन्द गरिएको हो ।

1096
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

बर्दियाको सबैभन्दा सानो गाउँपालिका गेरुवाले आफ्नो प्राथमिकतामा पूर्वाधार विकाससम्बन्धी योजनालाई राखेको छ । ‘समृद्ध गेरुवा गाउँपालिका निर्माणको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मूल नीतिलाई निरन्तरता दिँदै आर्थिक वर्ष ०७५/७६ का लागि पूर्वाधार विकाससम्बन्धी योजनालाई प्राथमिकतामा राखेको हो ।

1241

सातामा धेरै पढिएको