कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

पूर्वी पहाडि जिल्ला इलामका केही किसानले स्कुस बेचेरै गुजारा चलाउने गरेका छन् । स्कुसको मुन्टा, फल र जरासमेत खान सकिने भएकाले केही किसानले यसबाटै गुजारा चलाउने गरेका हुन् ।

752
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

नेपालमा बिहीबारदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

354
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

जुम्लाको मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि ज्ञान केन्द्र जुम्लाले सो विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्दै प्राङ्गारिक जिल्लाकै रूपमा पहिचान कायम गर्ने कार्यमा सघाउन किसानलाई आग्रह गरेको हो ।

334
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

सडक विस्तारका क्रममा जथाभावी डोजर प्रयोग गर्दा बझाङको चार वटा स्थानीय तहमा खाद्यान्न उत्पादनमा ४५ प्रतिशतले कमी आएको एक अध्ययनले देखाएको छ । खाद्य सुरक्षाका लागि नेपालको विभिन्न जिल्लामा काम गर्दै आएको फियान नेपालले गरेको अध्ययनअनुसार जयपृथ्वी नगरपालिकाको ४, ६, १०, ११, छबिस पाथीभरा गाउँपालिकाको १, २, ४, ५, बुंगल नगरपालिकाको ८, ९ र मस्टा गाउँपालिकाको २ नं. वडामा उत्पादन घटेको हो ।

325
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

तिब्बत विकास मञ्चको ल्हासामा सम्पन्न सम्मेलनले तिब्बतको विकास र यसका लागि चीन सरकारले अघि सारेको खुला तिब्बत नीतिमा जोड दिएको छ । विश्वका ३८ देशका प्राध्यापक, वैज्ञानिक, पत्रकार, कूटनीतिक क्षेत्रका जानकार, लेखकलगायतको सहभागितामा भएको सो सम्मेलन ल्हासामा सम्पन्न भएको हो ।

385
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

प्रदेश–३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले सामूहिक खेतीको अवधारणा अघि बढाएको बताएका छन् । राजधानीमा बजार प्रणाली विकासमा प्रदेश र नगरपालिकाको भूमिकाबारेको सम्मेलनमा मन्त्री लामाले प्रदेश सरकारले सिन्धुली र माडीमा सामूहिक खेती सुरु गरिसकेको तथा नुवाकोट र सिन्धुपाल्चोकमा गर्ने तयारी गरेको बताए ।

474
दीननाथ बराल
आइतवार, असार १, २०७६

रासायनिक तथा विषादीको प्रयोगले मानव जीवनमा प्रत्यक्ष असर पर्ने भन्दै पोखराका एक अगुवा कृषक अग्र्यानिक फलफूल तथा तरकारी उत्पादन गर्ने अभियानमा लागेका छन् । विगत तीन वर्षदेखि यो अभियानमा लागेका पोखरा–२२, पुम्दी–भुम्दी पोखरा भ्यूप्वाइन्टका अगुवा कृषक देवीलाल बरालले आगामी एक वर्षभित्र भने आफ्नो बारीमा पूर्णरूपमा अग्र्यानिक फलफूल तरकारी उत्पादन गर्ने अभियानमा रहेका हुन् ।

453
घनश्याम पौडेल
आइतवार, असार १, २०७६

अर्घाखाँचीका विभिन्न ठाउँमा बीउ उत्पादनमा कृषक सक्रिय भएका छन् । जिल्ला मकै र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भइसकेको छ । जिल्लामा उत्पादित बीउ अन्यत्रसमेत बिक्री हुन थालेको छ । पाणिनी गाउँपालिका–७ अड्गुरीमा सिमीको बीउ उत्पादन भएको छ । क्रियाशील गुणस्तरीय सिमी बाली बीउ उत्पादन कृषक समूहका २५ जना सहभागी कृषकले सिमीको बीउ उत्पादन गरेका हुन् । किसानका लागि उन्नत बीउविजन कार्यक्रमको अनुदानमा यहाँका कृषक बीउ उत्पादनमा सक्रिय भएका हुन ।

387
सागर परियार
शुक्रवार, जेठ ३१, २०७६

जुम्लामा मार्सी धानको इतिहास सार्वजनिक भएको छ । ११ सय वर्ष पहिले महापुरुष लछालकृति पैकलोले तातोपानी–२ को लाछुज्यूलोमा धान रोपेको किवंदन्ती सार्वजनिक भएको हो । किंवदन्तीअनुसार लछालकृति पैकेलो, तातोपानी–२ को झारखोली भन्ने जंगलमा बेवारिसे अवस्थामा थिए । ११ सय वर्षअघि कुचे बुढा भन्ने व्यक्तिले जंगलमा रोइरहेको अवस्थामा पैकलो नामको बच्चालाई भेटे । उसलाई घरमा ल्याएर लालनपालन गरेपछि एक दिन पैकलो आफैं गएर हाल धानका खेत रहेको लाछुज्यूलोको घना जंगलमा कालीमार्सी धान उत्पादन हुने भन्दै खन्न थाले ।

480
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

इन्द्रावती गाउँपालिकास्थित नवलपुरको एक कृषि फार्ममा २५ बढी प्रजातिका विरुवाको खेती हुने गरेको छ । अलैंचीको बेर्ना उत्पादनबाट सुरु भएको फार्ममा उत्पादन र परीक्षण गर्ने गरी खेती हुने गरेको हो ।

457
लक्ष्मण ढुंगाना
शुक्रवार, जेठ ३१, २०७६

देशभरका किसान अहिले बर्खे धान खेतीका लागि बीउ राख्ने तयारीमा छन् । कतिपय ठाँउमा ब्याड राखिसकिएको छ भने केही स्थानमा तयारी भइरहेको छ । तर, बर्दियाको राजापुर क्षेत्रका कृषक भने बीउ राख्न मात्र होइन पाकेर पहेंलपुर भएको चैते धान भिœयाउनसमेत व्यस्त छन् ।

419
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्षदिनमा ९ महिना उच्च हिमाली भेगमा बित्छ । घरखर्च चलाउनका लागि चौरी स्याहार्दै जंगली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन् । हरेक वर्षको पुसदेखि कात्तिकसम्म शेर्पाले बिकट हिमाली भेगमा रहेको चौरी खर्कमा बिताउने गरेका छन् । यो समयमा उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौरी र आसपासका चौंरीपालक किसानसँग मात्र हुन्छ ।

466
रासस
बिहिवार, जेठ ३०, २०७६

गुठीसम्बन्धी कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५ ले निजी गुठीलाई समाप्त पार्ने आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् ।

509
कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रको समृद्धिका लागि गरिवी निवारण पहिलो सर्त रहेको बताएकी छन् । नेपालले निर्धारण गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई सफल पार्न सबै प्रकारका गरिवीको अन्त्य गर्न सरकार लागि परेको उनको भनाइ छ ।

379
रासस
बुधवार, जेठ २९, २०७६

जाजरकोट बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने छात्रा पुष्पा बस्नेत, सुनिता बस्नेत र कौशिला बस्नेत पढाइसँगै गिट्टी कुट्दै ।

409