कारोबार संवाददाता
सोमवार, श्रावण २८, २०७५
953

कालिकोट-कालिकोटमा शान्ति सुरक्षा व्यवस्थित गर्न गाउँ गाउँमा प्रहरी अभियान थालिएको छ । बालबिवाह, महिला हिंसा, चोरी डकैती जस्ता अपराधिक घटना कमी ल्याउन गाउँ गाउँ र घर घरमा प्रहरी अभियान सञ्चालन गरिएको हो ।
३ नगरपालिका र ६ वटा गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्नका लागि गाउँ गाउँ र घर घरमा प्रहरी अभियान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले प्रत्येक गाउँमा हुने घटना न्यूनीकरण गर्न टोलटोलमा प्रहरी खटाउने र एउटा गाउँमा एक जना प्रहरीको जिम्मामा १ सय देखि १ सय ५० घरमा दैनिक भेटघाटको व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी कार्यालय प्रमुख विनोद शर्माले बताए । प्रहरीले शान्ति सुरक्षा नै कायम गर्न सकेन भन्ने गुनासो रहेकोले समाधान गर्न अभियान सञ्चालन गरिएको उनले बताए ।

रमेश रावल