सागर परियार
सोमवार, श्रावण २८, २०७५
620

जुम्ला-जुम्लास्थित हिँमा गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्ने विषयमा चर्को विवाद भएको छ । केन्द्र तोक्ने विषयमा जनप्रतिनिधिबीच मै विवाद हुँदा गाउँपालिकाले अहिलेसम्म प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष तीन महिना भइसक्दा समेत केन्द्र तोक्ने विषयमा सहमती नहुनु बिडम्वना भएको स्थानीयको आरोप छ ।
गाउँपालिका केन्द्र तोक्ने विषयमा अध्यक्ष रजबहादुर शाही र उपाध्यक्ष हिमालय रोकायाका बीचमा मत मतान्तर बढेको छ । गाउँपालिकाका अध्यक्ष शाही पक्षले हाल केन्द्र रहेकै स्थान जुगाडखोला वा प्राथमिक स्वास्थ्य चौकी रहेको स्थान आसपासमा केन्द्र बनाउन आन्तरिक तयारी थालेको छ । उपाध्यक्ष हिमाली रोकायाको पक्षले गाउँपालिकाको केन्द्र बाँझागाडको तल्लाखेतमा राख्नु पर्ने अडान कायम राखेपछि यो विषयले चर्को रुप लिएको हो ।