कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५
633

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवर (भुन्टु) ले वडाका १६३ जना जेष्ठ नागरिक, अपांग, दृष्टिविहीन र विपन्न परिवारलाई आफूले पाएको १ वर्षको तलब प्रतिव्यक्ति १ हजार ५ सयका दरले १६३ जनालाई रकम वितरण वितरण गरेका छन् । उनले १ वर्षको तलब २ लाख ६२ हजार रुपैयाँ वितरण गरेका हुन् । स्थानीय तहको निवार्चनको बेला मत माग्दा आफूले जितिसकेपछि पाँच वर्षसम्म सरकारी सुविधा नलिने वचन दिएका उनले निर्वाचित भएको १ वर्ष पुग्दा वाचा पूरा गरेका छन् । कांग्रेसबाट निर्वाचित अध्यक्ष कुवँरले भने, “यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोग स्वरुप दिएको हुँ ।” जेष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफूले परोपकारी काममा खर्चने अध्यक्ष कुवँरले बताए ।