प्रकाश पाक्साँवा
बुधवार, श्रावण ९, २०७५
1050

तेह्रथुम-म्याङ्लुङ नगरपालिका–७ जिरिखिम्ती बस्ने तिलबहादुर श्रेष्ठले तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । ४९ वर्षीय श्रेष्ठले ब्यावसायिक तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेका हुन् ।
श्रेष्ठले आफूसँग भएको ९ रोपनी र भाडामा ११ रोपनी जग्गा लिएर २० रोपनी जग्गामा तरकारीखेती गरेको बताउँछन् । हाल उनले ३ रोपनीमा वर्षे तरकारी, १४ रोपनीमा हिउँदे तरकारी र ३ रोपनी जग्गामा बेमौसमी तरकारीखेती गरिरहेका छन् । वर्षमा काउली ४० क्विन्टल, ब्रोकाउली ५ क्विन्टल, बन्दा ३० क्विन्टल, टमाटर २ क्विन्टल, आलु ५० क्विन्टल, मुला १० क्विन्टल र गाजर १ क्विन्टल गरी १३८ क्विन्टल तरकारी उत्पादन गरिरहेको उनले बताए । जसबाट वार्षिक ३ लाख ५० हजारभन्दा बढी आम्दानी गरिरहेको श्रेष्ठको भनाइ छ । उत्पादन गरेको तरकारी जिरिखिम्ती र म्याङ्लुङ बजारमा बिक्री हुने गरेको छ ।

उनको परिवारमा श्रीमती, २ छोरा, १ बुहारी र १ नाति छन् । साधारण लेखपढसम्मको अध्ययन गरेका श्रेष्ठले तरकारीखेती गर्नुभन्दा अगाडि आफूले लगाएको खेतीले तीन महिनामात्र खान पुग्ने गरेको उनी बताउँछन् । बर्खामा मात्र बाली लगाउने र हिउँदमा खाली छाड्ने चलनले जीवन धान्न कठिन भएपछि उनले जिरिखिम्ती बजारमा ५ वर्षसम्म होटल सञ्चालन गरेका थिए । एक दिन होटलमा एकजना बूढी बजुलाई एक मुठा सागसँग एक कप चिया साट्न आग्रह गर्दा बजुले खेती गर्न गाह्रो छ गरेर देखाउ भनेपछि तरकारीखेती गर्ने प्रेरणा जागेको श्रेष्ठ बताउँछन् । “होटलबाट पनि परिवारलाई पोलनपोषण गर्न समस्या भइरहेको बेला परिवारसँग सरसल्लाह गरी विगत १२ वर्षदेखि ब्यावसायिक तरकारीखेती गर्दै आएको छु,” श्रेष्ठले भने, “ब्यवसायी तरकारीखेती, छोटो समयमा धेरै फाइदा रहेछ, मेरो जीवनको आधार यही हो,” उनले भने । “तरकारी खेतीबाटै तीन वर्ष अगाडि घरनजिकै ७ लाख ५० हजारमा ५ रोपनी जग्गा जोड्न सफल भएँ,” श्रेष्ठले खुसी ब्यक्त गर्दै भने ।

उत्कृष्ट कृषक पुरस्कारसहित सम्मान
कृषक श्रेष्ठको तरकारीखेतीमा ब्यावसायिकता, कडा मिहिनेत तथा लगाव देखेर जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले आव ०७३/०७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार नगद १० हजारसहित दोसल्ला ओडाएर सम्मान गरेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । कृषकहरूले पनि सम्मान र पुरस्कार पाउँदा रहेछन् श्रेष्ठले गहभरी आँसु पार्दै भने । उनको ब्यवसायलाई अझ राम्रो तथा दिगो बनाउन कृषि कार्यालयले प्राविधिक सेवा तथा बीउ बिजन सहयोग गर्ने गरेको छ । यसैगरी युवा लक्षित ब्यावसायिक तरकारीखेती कार्यक्रमबाट ४० हजार अनुदान प्रदान गरेको अधिकृत घिमिरेले बताए । उनले खेती गरेको देखेर छिमेकी १३ जना कृषक पनि यो क्षेत्रमा लागेका छन् । यसबाट लगानी गरे अनुसारको प्रतिफल प्राप्त हुने भएकाले दिगो ब्यवसाय अगाडि बढाउन विभिन्न संघसस्थाले आधुनिक कृषिका लागि सहयोग गर्नुपर्ने कृषक श्रेष्ठको भनाइ छ । नयाँ उन्नत जातको बीउ प्रयोग, विभिन्न रोग तथा किराको पहिचान गरी समाधान गर्ने, प्राङ्गारिक र वनस्पतीको विषादी बनाउन, कम्पोस्ट मल बनाउन आफूसँग ज्ञान नभएको उनको भनाइ छ ।
भविष्यमा दिगो कृषि पेशा अपनाउने, यसको क्षेत्र विस्तार गर्ने, छिमेकीलाई पनि आफूले सिकेको कुरा सिकाउने र यो पेसालाई सबैले दिगो र ब्यावसायिक बनाउनु पर्ने उनको भनाइ छ । पहिला ज्यालादारी र होटलमा काम गर्दा निम्नस्तरमा हेरे पनि अहिले समाजले राम्रो दृष्टिले हेर्न थालेको उनले बताए । “मिहिनेत गरे बारीमा नै सुन फल्छ भनेको सुनेको थिएँ मलाई त्यस्तै भएको छ,” श्रेष्ठले भने । विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाएर ब्यावसायिक तरकारी खेती गर्ने हो भने राम्रो आम्दानी लिन सकिने श्रेष्ठको भनाइ छ ।