कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५
6891

ढिलासुस्तीका कारण अधिकांश पूर्वाधार सम्बन्धि विकास आयोजनाहरु थला परेको अवस्थामा बेनीमा सञ्चालीतनदी नियन्त्रण योजनाको कामभने लक्ष्य अघिनै सम्पन्नभएको छ ।

 जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालय बागलुङले जोखिमयुक्त  जिल्ला सदरमुकाम बचाउ कार्यक्रम अन्तरगत म्याग्दी र पर्वतको बेनीबजार संरक्षणका लागि छुट्टा छुट्टै पाँच वटा योजना सञ्चालन गरेको छ । जस मध्यम्याग्दी बेनीबजार संरक्षण योजनाको दोस्रो प्याकेज र पर्वतको पुलचोक क्षेत्रको नदीकिनारमा पक्कि पर्खाल निर्माणको कामलक्ष्य अघिनै सकिएको हो ।

६ करोड २६ लाख पाच हजार ९२२ रुपैयामा एक वर्षमा सम्पन्नगर्ने लक्ष्य सहित २०७४ कार्तिक २६ गते समानान्तर बिएन जेभीले ठेक्का सम्झौता गरेको कालीपुलमा कालीगण्डकीको बायाँकिनारमा १२० मिटर र मंगलाघाट स्थित म्याग्दी नदी किनारमा ३२४ मिटर लामो मेसीनरी पर्खालका साथै म्याग्दी र कालीगण्डकीको दोभानमा १०० मिटर आरसीसी पर्खाल निर्माणको कामगत बैशाखपहिलो हप्तानै सम्पन्न गरेको छ ।

कार्ययोजना बनाई मजदुर संख्या वृद्धी र उपकरणको ब्यवस्थापन गरेर एक वर्षको काम तोकिएको परिणाम र गुणस्तर अनुसार सात महिनामा सकेको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले बताए । कालिगण्डकी नदी किनारमा ३८० मिटर आरसिसी पर्खाल निर्माण गर्न पाँच करोड ८ लाख ३२ हजार रुपैयामा ठेक्कासम्झौता गरेको खड्का कृष्ण जेभीले कामलाई निरन्तरता दिइरहेको छ ।

साँघुरो क्षेत्रमा खोला तर्काएर कामगर्दा अप्ठ्यारो भएकाले बर्खाअघि नसकेपनि निर्धारीत समयमा काम सकिने कम्पनीकाप्रतिनिधि रविन्द्र कार्कीले दावी गरेका छन् । यसैगरी जलजला गाउँपालिका ३ मा पर्ने पुलचोक स्थित कालिगण्डकी किनारमा ११५ मिटर लम्बाई र सात मिटर उचाईको आरसिसी पर्खाल निर्माणका लागि एक करोड २९ लाख रुपैयामा ठेक्का लिएको सोमरस निर्माण सेवाले लक्ष्य भन्दा तिन महिना अघिनै काम सकेको कम्पनीका सञ्चालक प्रदिप सापकोटाले बताए ।