कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५
899

 डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयमा सीसी क्यामरा जडान गरिएको छ । १ लाख लागतमा सीसी क्यामरा जडान गरिएको सूचना प्रविधि अधिकृत हेमन्त बोहोराले जानकारी दिए । सीसी क्यामरा जडानले नगरपालिकाको कार्यालयबाट सम्पादन हुने सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त तथा प्रभावकारी बनाउनुका साथै नगर कार्यालयको सुरक्षा ब्यवस्थामा पनि सघाउ पु¥याउने नगरप्रमुख ओमबहादुर बुढाले बताए । प्रशासन, लेखालगाएतका ६ वटा शाखामा राखिएको सीसी क्यामेराले कार्यालयको सम्पूर्ण गतिविधिको जानकारी दिइरहेको नगरप्रमुख बुढाको भनाइ छ । हिमाली जिल्ला डोल्पामा २ नगरपालिका, ६ गाउँपालिका छन् ।