कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
371

आरोही कामीरिता शेर्पाले २२ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले बुधबार बिहान २२ औं पटक सगरमाथाको शिखरमा पाइला टेकेर अर्का आरोहीद्वय आप्पा शेर्पा र फुर्वा टासी शेर्पाको रेकर्ड तोडेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार बिहान साढे ८ बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ । यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान आफ्नो नाममा राखेका थिए । अघिल्लो वर्ष फुर्वा टासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान थियो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका ४८ वर्षीय कामीरिता सोलुखुम्बुको थामे गाउँमा जन्मिएका हुन् ।

 

सातामा धेरै पढिएको