कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५
1135

रेडक्रस : सबै ठाउँमा, सबैका लागि’ भन्ने मूल नाराका साथ मंगलबार नेपालभर विभिन्न कार्यक्रमसहित विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस मनाइएको छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको १९० औं जन्मदिवसको अवसरमा विश्व रेडक्रस दिवस विश्वभर मनाइन्छ ।
विश्वका जुनसुकै ठाउँमा रहेर रेडक्रसका १ करोड ४० लाख स्वयंसेवकहरुले पुर्याइआएकोे विविध मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउने अवसरको रुपमा लिइएको यस दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि ऐक्यवद्धता जनाएको छ । “नेपालका धेरै साना, अत्यन्त दुर्गम गाउँदेखि ठूला सहरका समुदायहरुमै रहेर हाम्रा स्वयंसेवकहरुले सेवा पुर्याउँछन्,” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले भने ।
यसैगरी नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले आफ्नो समय र विशेषज्ञताका साथ देशभरि सेवा पुर्याउने स्वयंसेकहरुलाई एकै स्वरमा धन्यवाद दिएका छन् । रेडक्रस अभियानले हालसम्म नेपाल सरकार, सर्वसाधारण र विभिन्न सरोकारवाला संघसंस्थाबाट प्राप्त सहयोगको लागि आभार व्यक्त गरेको छ ।