सागर परियार
शुक्रवार, श्रावण १६, २०७७
363

जुम्ला-कर्णालीकै लामो तथा एतिहासिक जात्रा यस वर्ष जुम्लामा नहुने  भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जात्रा स्थगीत गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । पुस्तौ पहिलेदेखि संचालन हुदैँ आएको जात्रा यस वर्ष कोरोना त्रासले स्थगीत गर्नु परेको प्रजिअ थापाको भनाई छ ।
सरकारले लकडाउन अन्त्य गरे पश्चात कोरोना संक्रमण बढेकाले आम नागरिकलाई बचाउनका लागि भएपनि जात्रा रोक्नु पर्ने देखिएको हो । करिब एक हप्ता जात्रामय हुने जुम्ला,करोडौ आर्थिक कारोबार हुने बेला कोरोना महामारी गर्दा पुर्खादेखि मनाउदै आएको जात्रा स्थगीत गर्दा यहाँका स्थानीय भने निकै रुष्ट छन् । तर आम नागरिकको रक्षाका लागि प्रशासनले जात्रा नमनाउने  निर्णय गरेको हो ।

जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिन देखि शुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ । यस वर्ष साउन २० गतेबाट शुरु हुने जात्रा कोरोना त्रासका कारण रोकिएको हो । पहिलो दिन गाइजात्रा,दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र रमाइला आइटम तथा चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिन्थ्यो । भने पाँचौ दिन अर्थात कृष्णजन्माअष्टमीका दिन लाखे नचाउने अन्त्यमा लाखे काटि जात्रा समाप्त हुन्थ्यो ।
दिवंगत भएका आफन्तहरुको सम्झनामा आत्माशान्त्तिको कामना गर्दै गाइजात्रा पर्व मनाइएको हो । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवरका सदस्यहरुको सम्झनामा प्रतिकको रुपमा मानिसलाई गाईको रुपमा सृंगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन छ । नगरपरिक्रमा गर्दा श्रद्धालुहरुले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफुल दही, चिउरा दान गर्ने चलन समेत थियो ।

जुम्ला जात्राको एतिहास
लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले पुत्रशोकले भाव विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । शुत्र शोकमा डुबेकी उनलाई विभिन्न उपाय लगाउँदा पनि खुसी नभएको गाईजात्रा लगाएपछि खुसी भएको रानीको मन शान्त भएको किवदन्ती छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृती र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिन्छ । हरेब वर्षको एक पटक आउने जुम्लाको जात्रा हेर्न छिमेकी जिल्ला अछाम। जाजरकोट, कालिकोट मुगु लगायतका जिल्लाबाट गरी करिब २० हजार जात्रुको सहभागिता रहन्थ्यो ।
जात्राले एकाफर्त संस्कृति बचाउन्थ्यो भने, अर्को तर्फ बढेको चहलपहलले जुम्लाका होटल व्यवसायीको आम्दानी बढ्थ्यो तर यस वर्ष कोरोनाले गर्दा सबै धरासयी भएको दौतरी होटलका मालिक पदम महतले बताए । सदियौ देखि चल्दै आएको जात्रा यस वर्ष कोरोना गर्दा जात्रा नलाग्ने भएपछि उक्त अवधिमा बजारमा भिडभाड नगर्न समेत प्रशासनले सबैमा आग्रह गरेको छ ।