कारोबार संवाददाता
शुक्रवार, श्रावण १६, २०७७
339

खोटाङ-लकडाउनको कहर बाँकी रहेको र कोरोना भाइरसको संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मापदन्ड पूरा गरी सुरक्षित रहन सबै खोटाङगे दाजुभाइ तथा दिदी–बिहिनीलाई आग्रह गरेको छ । लकडाउनपछि पनि कोरोनाको कहर समाप्त नभएको भन्दै विश्व स्वास्थ्य संगठनले बनाएको माप्दण्ड पूरा गर्न आनाकानी भएको भन्दै प्रशानले बुधबार सूचना जारी गरेर कोरना भाइरसको संक्रमणबाट बञ्न सावधानी अपनाउन सचेत गराएको प्रशान कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईका अनुसार सामाजिक दूरी, माक्स अनिवार्य, गर्न आग्रह गरिएको जानकारी गराए ।

सेवा प्रदायक निकायले स्वास्थ्य सुरक्षाका न्यूनतम सावधानी अपनाएर सेवा दिन भनी प्रशासनको सूचनामा जनाएको छ । व्यक्ति, घर, समुदाय हुँदै हामी सबैलाई कोरोना भाइरसको संक्रमण हुने प्रवल सुरक्षाका मापदण्ड अनिवाई रुपमा पालना गराउन जानकारी गराइएको छ ।
सुरक्षा मापदण्ड पालना नगरी हिँड्डुल गरेको वा अनावश्यक भीडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने प्रशासनको चेतावनी छ ।