कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
556

मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको एक जिद्यालयमा इन्टरलक इटाबाट निर्माण भएको भवन सहायक प्रमुख जिल्ला अधिकारीले अनुगमन गरेका छन् । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ कार्कीवाडामा रहेको निम्न माध्यमिक विद्यालय निर्माणका लागि नगरपालिकासहित छायाँ नेपालको आर्थिक सहयोग र हिरिसडे नामक सस्थाको सहजीकरण भइरहेको छ । दुई ब्लक रहेको विद्यालय भवन निर्माणका लागि स्थानीय स्रोतसाधन, माटो, बालुवा, सिमेन्ट जोहो गरिएको छ भने योे इन्टरलक इटाबाट जिल्लामै पहिलो पटक निर्माण गर्न लागिएको भवन हो । सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले अनुगमन गर्दा निकै राम्रो र नेपाल सरकारको मापदण्डअनुसार निर्माण भइरहेको पाएको बताए ।