कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
513

बारा- लकडाउनका काण देशभर तीन लाख भन्दा बढि सार्वजनिक सवारीसाधन सञ्चालन हुन नसकेपछि करिव सात खर्बको वित्तीय कारोबार नियमित हुन छाडेको छ ।
देशभरका ९५ प्रतिशत वित्तीय संस्थाको लगानी रहेको सार्वजनिक सवारीसाधन लकडाउनका कारण तीन महिनादेखि थन्किएपछि लगानीको किस्ता, सावाँ, व्याजको कारोबार नियमित हुन नसकेको हो ।

देशभर चल्ने सार्वजानिक सवारी साधानमा ६० देखि ६५ प्रतिशतसम्म वित्तीय संस्थाको लगानी रहेको छ । वित्तीय क्षेत्रको आर्कषण मानिने यातायात नगद कारोबार हुने किस्ता ब्याज आइरहने भए पनि लकडाउनको दोस्रो महिनादेखि ऋणी नै सम्पर्क विहीन बनेपछि वित्तीय संकटसँगै जोखिम बढ्दै गएको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले देशभर पाँच प्रतिशत सार्वजनिक सवारीसाधनमात्र बिना ऋण सञ्चालन भएको बताए । उनले देशभर चल्ने बाँकी सबै सार्वजनिक सवारीमा बैंक तथा वित्तीय संस्थाको ७ खर्ब लगानी रहेकोे बताए ।