कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
378

बारामा मास्क लगाउनेलाई स्थानीय प्रशासनले जरिवाना तिराउने भएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको हो ।
बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु तथा पैदल यात्रीलाई समेत मास्क अनिवार्य गरिएको छ । मास्क नलगाए सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । यो नियम असार १९ गते शुक्रबारदेखि लागू हुने प्रशासनको सूचनामा उल्लेख छ ।

संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार प्रशासनले मास्क नलगाउनेलाई जरिवाना लगाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार ३ दिन सचेतना अभियान चलाएपछि यो नियम लगाइने छ ।
लकडाउन खुला भएको मौका छोपेर मानिसहरु मास्क नलगाई हिँड्न थालेपछि प्रशासनले मास्कमा कडाइ गरेको हो । कोरोना भाइरसका कारण बारामा दुई जनाको मृत्यु भएको छ भने १९ जना संक्रमित अहिले आइसोसनमा छन् । त्यसैगरी १९१ जना क्वारेन्टाइनमा छन् ।