कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
525

 सरकारले मुक्त हलिया तथा कमैया परिवारलाई  जग्गा खरिद अनुदान उपलब्ध गराएको छ । आर्थिक सर्वेक्षण २०७६-०७७  ले मुक्त हलिया पुर्नस्थापना र मुक्त कमैयाको वृत्ति विकासका लागि सरकारले केही परिवारलाई जग्गा खरिद अनुदान उपलब्ध गराएको बताएको छ । सरकारले मुक्त हलिया तथा कमैया परिवारलाई  जग्गा खरिद अनुदान उपलब्ध गराएको छ । आर्थिक सर्वेक्षण २०७६-०७७  ले मुक्त हलिया पुर्नस्थापना र मुक्त कमैयाको वृत्ति विकासका लागि सरकारले केही परिवारलाई जग्गा खरिद अनुदान उपलब्ध गराएको बताएको छ ।सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५-०७६ मा मुक्त हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत ४ सय ८६ परिवारलाई जग्गा खरिद अनुदान प्रदान गरिएको छ । ४ सय ५० परिवारको स्रोत हस्तान्तरण गरिएको सर्वेक्षणममा उल्लेख छ  । साथै ४५० परिवारलाई घर निर्माण अनुदान प्रदान गरिएको छ । ६ सय ३९ परिवारको स्रोत हस्तान्तरण गरिएको छ । ३ हजार १ सय परिवारलाई घर मर्मत अनुदान र ४ सय ९६ परिवारको स्रोत हस्तान्तरण गरिएको छ । सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५-०७६ मा मुक्त कमैया वृत्ति विकास कार्यक्रमअन्र्तगत ३ सय ६१ परिवलाई जग्गा खरिद अनुदान र ३ सय ९४ परिवारको स्रोत हस्तान्तरण गरिएको छ । १० हजार २ सय ८ परिवारलाई काठ खरिद अनुदान र १ हजार ८० परिवारको स्रोत हस्तान्तरण गरिएको छ । घर निर्माण भुक्तानी बाँकी रहेका ४  हजार परिवारलाई बाँकी भुक्तानी उपलब्ध गराइएको सर्वेक्षणमा उल्लेख छ ।