सागर परियार
बुधवार, जेठ १४, २०७७
663

जुम्लामा कालीमार्सी धानको रोपाइँ सुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ सुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसय क्षेत्रमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ धमाधम हुदै छ ।

जिल्लाको गुठिचौर क्षेत्रमा भने जेठको पहिलो सातादेखि धान रोप्न सुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ । सिंजा, पानसय र चौधविस गरी तीन क्षेत्रमा विभाजीत जुम्लामा जेठ पहिलो साताबाट रोपाई शुुरु हुन्छ । असी क्षेत्र सदरमुकाममा भने खेतीयोग्य जमिनहरुमा घर लगाउने तथा खरिद विक्री बढेपछि बजार क्षेत्रमा त्यति रोपाईको रौनकता छैन ।

तर पनि पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी रोपाईमा जागरण आएको छ । निकै सङ्घर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । यतिबेला देश निरन्तर लकडाउनमा हुँदा पनि मार्सी रोप्न यहाँका किसान बेस्थ भएका छन् ।
कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले मुलुक देखा परेको खाद्य संकटले कृषि क्षेत्रलाई प्रथामिकता दिनु पर्ने सिकाई सबैलाई भएको छ ।
स्थानीय किसान हस्त दमाई भन्छन,“जुम्लाको पहिचान संगै खाद्य संकटलाई समधान गर्न पनि मार्सी रोप्न आबश्यक छ । खेती योग्य जमिनमा बढ्दै गएको कंक्रीट जंगल(घर)ले गर्दा उत्पादकत्व घटेको छ । खेतीयाग्य जमिनमा घर लगाउने बेचविखनमा रोक लगाउनु पर्छ ।” लकडाउन छ भन्दैमा मार्सी नरोप्ने हो भने जुम्लामा खाद्य संकट भोग्न धेरै समय कुनै पदैन् अर्का किसान अझविरे सार्की भने,“हरेक किसानले थोरै भएपनि मार्सी उत्पादन गर्छ जसले गर्दा २-३ महिना भएपनि गुजारा चल्छ । अब स्थानीय सरकार जुम्लाको कृषिलाई प्रोत्साहन हुने बजेट ल्याउनुको विकल्प छैन ।”
जुम्लाको पातारासी गाउँपालिका समुद्र सतह देखि २८ सय ५० मिटर उचाईमा धान फल्ने छुमचौर ज्यूलोमा प्रत्यक वर्ष धान दिवशका दिन रोपाई महत्सव हुनथ्यो । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो । पर्यटकिय पर्वद्धनका लागि पनि धान रोपाई महत्सवको आयोजना गरिन्थ्यो ।
तर यस वर्ष लकडाउनका कारण धान दिवश मनाउने टुंगो छैन् । यदपी त्यहा रोपाई भने भईसकेको छ । त्यस्तै जुम्लामै पहिलो कालीमासी धान उत्पादन भएको तातोपानी गाउँपालिका स्थित गुरुफोक्टोमा पनि रोपाई महोत्सव हुने नहुने निश्चित छैन । तातोपानीका अध्यक्ष नवराज न्यौपानेले मार्सीको संरक्षणका लागि पालिकाले आबश्यक नीति बजेट ल्याउने उल्लेख गरे ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको छ । यहाँको रैथानी कालीमार्सी धान ४० प्रतिशत रोप्ने गरिन्छ । भने ६० प्रतिशत उन्नजातको धान रोप्ने गरेको तथ्यांक रहेको उनले बताए । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले सिफारिस गरेको चन्दननाथ १ र चन्दननाथ ३ नामको उन्नतजातको धान रोप्ने गरिएको छ ।