कारोबार संवाददाता
शुक्रवार, जेठ ९, २०७७
662

सरकारले प्राकृतिक स्रोतमा आधारित निकासीजन्य वस्तुको अध्यायन गर्ने तयारी गरेको छ । पानी, ढुंगा, काठलगायतको निकासी सम्भावनाको अध्ययन गरी सम्भाव्य बजारको खोजी गर्न अध्यायन गर्न लागिएको हो । सरोकारवालाहरूले पनि प्राकृतिक स्रोतमा आधारित निकासीजन्य वस्तुको बजार पहिचान गर्न तथा यसको निकासी बढाउन सरकारले पहल अगाडि बढाउनुपर्नेमा सुझाव दिएका छन् । नेपालमा काठ आयात भइरहेको भन्दै अब काठ उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यातलाई बढाउन सरोकारवालाहरूले माग गर्दै आएका छन् ।
सरकारको आगामी आर्थिक वर्ष (२०७७-७८) को नीति तथा कार्यत्रममा पनि प्राकृतिक स्रोतमा आधारित निकासीजन्य वस्तुको सम्भाब्य बजारको पहिचान गर्न अध्ययनलाई प्रथामिकता दिने उल्लेख छ । “निर्यात लागत कम गर्न निर्यात गृह स्थापना गर्नुका साथै एउटै वस्तु उत्पादन गर्ने उत्पादकहरूको समूह बनाई सामूहिक ट्रेडमार्कको प्रयोग गरिनेछ,” नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “निर्यात प्रवद्र्धन र व्यापार विस्तारका लागि समग्र व्यापार क्षेत्रको गुरुयोजना तयार गरिनेछ ।”

निर्यात व्यवसायी महासंघले पनि विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणसँगै विदेशमा रहेका हजारौं नेपालीहरूको रोजगारी गुम्ने खतरा भईरहेको भन्दै उनिहरूलाई वन, कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा संक्रिएर गराउँदा मुलुकको उत्पादन बृद्धि हुने भएकाले अव निर्यातमा जोड दिनुपर्ने बताएको छ । निर्यात व्यवसायीहरूको छाता संगठनको रूपमा स्थापित भएको महासंघले मुलुकको अर्थतन्त्रको सुधारमा जोड दिदै निर्यात बढाउन सरकारालाई सुझाव समेत पेश गरेको हो ।
महासंघका सचिव गोविन्द घिमिरेले जडिबुटी तथा अन्य प्राकृतिजन्य वस्तुको निर्यात बढाएर अन्तराष्ट्रिय बजारमा स्वदेशी वस्तुको व्यापार बढाउन सके मुलुकको बृत्तिय विकास सम्भव भएको बताए । “नेपाल प्राकृतिक स्रोतमा धनि छ, भनिन्छ तर यहाँको प्राकृतिक स्रोतले राम्रो बजार पाउन सकेको छैन,” उनले भने, “सरकारले प्राकृतिकजन्य वस्तुको निकासी सम्भाव्य बजारको अध्ययान गर्ने लक्ष्य लिएको छ, अध्ययान हुनुपर्छ तर यसको कार्यन्वयन पनि गर्नुपर्छ ।”
सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले पनि वनजन्य उत्पादन बढाएर निर्यात बढाउनसके मात्रै मुलुकको अर्थतन्त्र विकासमा टेवा पुग्ने बताएकी छिन् । “वनजन्य तथा अन्य प्राकृतिक वस्तुहरू प्रशस्त छन्, अब प्राकृतिक स्रोतमा धनी मात्रै भनेर चित्त बुझाउने बेला छैन, यसको सही रूपमा उपभोग गर्दै अर्थतन्त्र वृद्धिमा टेवा पु-याउनुपर्छ,” उनले भनिन्, “यसको बजार तथा निर्यात बढाउने विषयमा ठोस अनुसन्धान हुनुपर्छ ।”
नेपाल वन पैदावार उद्यम व्यवसायी महासंघका अध्यक्ष श्याम ढकालले पनि वनजंगलको धनी मुुलुकको रूपमा चिनिए पनि अझै अर्बौको काठ आयात भइरहेको भन्दै स्वदेशी वस्तु उत्पादनलाई बढाएर आयात प्रतिस्थापन गर्न माग गरेका छन् ।